सीमामा करोडौंको चरेससहित महिला पक्राउ
नेपालगन्ज, १५ चैत – नेपाल–भारत सीमाबाट करौडौं मूल्य बराबर चरेससहित एक जना नेपाली महिला पक्राउ परेकी छन् ।पक्राउ परेकी महिला रुकुम जिल्लाकी सयपुरा बुढा हुन् । उनलाई उत्तर प्रदेशको बहराइच जिल्लाको रुपैडिहामा नेपाल–भारत सीमामा तैनाथ ४२ वाहिनीका जवानले करोडौंको चरेससहित पक्राउ गरेका हुन् । सीमा नाकाबाट पक्राउ परेकी महिला तस्करले विशेष कपडाले बनेको झोलामा ७ किलो ४०० ग्राम नेपाली चरेस लुकाएर सीमा पार गरिरहेकी थिइन् ।
तर महिलालाई सायद थाहा थिएन कि भारतीय सैनिकहरू सीमामा तैनाथ छन् । ती महिला सैनिकको चेकिङ पोइन्टमा पुगेपछि त्यहाँ तैनाथ एसएसबीका महिला सिपाही रोशनी बेन, प्रीति कौर, निशा यादव, अर्चना कुमारीलाई शंका लागेको थियो । त्यहाँ उपस्थित अन्य एसएसबी जवानहरू कुकुर लिएर त्यहाँ पुगे । महिलाको चेकजाँच गर्दा उनको शरीरबाट लुगामा लुकाएर राखिएको करोडौं मूल्यको चरस बरामद भएको थियो ।
चरससहित...









