
नेपालगन्ज, ४ चैत – केन्द्रीय लागू औषध नियन्त्रण विभागद्वारा १५.९० ग्रामसहित कारोबार गरिरहेको अवस्थामा एकजनालाई पक्राउ गरिएको छ ।
केन्द्रीय लागुऔषध नियन्त्रण बिभागले नेपालगन्ज उपमहानगरपालिका वडा १९ सुर्जिगाउँ बस्ने बर्ष ४५ का साबिर अलि बेहनालाई लागू औषध (ब्राऊन सुगर)सहित पक्राउ गरिएको स्रोतले जनाएको छ ।
पक्राउ गरिएका साबिर अली बेहनाको घरमा खानतलासी गर्दा १५.९० ग्राम ब्राउन सुगर भेटेको बताईएको छ । थप अनुसन्धानको लागि लागि साबिर अली बेहनालाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाईएको छ ।
