Friday, February 7सत्यम खबर
Shadow

सीमामा करोडौंको चरेससहित महिला पक्राउ

नेपालगन्ज, १५ चैत – नेपाल–भारत सीमाबाट करौडौं मूल्य बराबर चरेससहित एक जना नेपाली महिला पक्राउ परेकी छन् ।
पक्राउ परेकी महिला रुकुम जिल्लाकी सयपुरा बुढा हुन् । उनलाई उत्तर प्रदेशको बहराइच जिल्लाको रुपैडिहामा नेपाल–भारत सीमामा तैनाथ ४२ वाहिनीका जवानले करोडौंको चरेससहित पक्राउ गरेका हुन् । सीमा नाकाबाट पक्राउ परेकी महिला तस्करले विशेष कपडाले बनेको झोलामा ७ किलो ४०० ग्राम नेपाली चरेस लुकाएर सीमा पार गरिरहेकी थिइन् ।


तर महिलालाई सायद थाहा थिएन कि भारतीय सैनिकहरू सीमामा तैनाथ छन् । ती महिला सैनिकको चेकिङ पोइन्टमा पुगेपछि त्यहाँ तैनाथ एसएसबीका महिला सिपाही रोशनी बेन, प्रीति कौर, निशा यादव, अर्चना कुमारीलाई शंका लागेको थियो । त्यहाँ उपस्थित अन्य एसएसबी जवानहरू कुकुर लिएर त्यहाँ पुगे । महिलाको चेकजाँच गर्दा उनको शरीरबाट लुगामा लुकाएर राखिएको करोडौं मूल्यको चरस बरामद भएको थियो ।


चरससहित पक्राउ परेकी महिलालाई रुपैडिहा प्रहरीको जिम्मा लगाइएको एसएसबीका अधिकारीले बताएका छन् । प्रहरीले चरेस बरामद गरी पक्राउ परेका महिलालाई आजै जेल चलान गरेको छ ।
सोही क्रममा रुपैडिहा प्रहरी र एसएसबीको टोली पनि चरेस तस्करीमा संलग्न अन्य व्यक्तिको सूचना संकलनमा व्यस्त छ । किनकी पक्राउ परेकी महिलाले धेरै खुलासा गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *