Thursday, February 13सत्यम खबर
Shadow

पूर्वसचिव लेख्छन्- लुम्बिनीमा १० अर्बमा बन्यो अन्तर्राष्ट्रिय विमानस्थल, चिनियॅा ऋणले बनेको पोखरामा २२ अर्ब खर्च कसरी?

काठमाण्डौ, १५ चैत – नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सेतो हात्ती बनिरहेको बताएका छन्।

बाह्रखरी अनलाइनमा लामो लेख लेख्दै कार्कीले भनेका छन्, ‘लुम्बिनीमा १० अर्बमा अन्तर्राष्ट्रिय एयरपोर्ट बनेको छ । लुम्म्बिनीको भन्दा सानो पोखरामा बनेको अन्तर्राष्ट्रिय एयरपोर्टमा २२ अर्ब खर्च भएको छ । पोखरा एयरपोर्टको लागत कृत्रिम रूपले दुई गुणाभन्दा बढी बनाइएको देखिन्छ।’ यो विमानस्थल चीनको ऋणमा बनेको हो।

पोखरा वरिपरिको भूगोल र एयरपोर्टको फिजिकल फिचर (भौतिक सुविधा)ले न्यारोबडी एयरक्राफ्टलाई मात्र सेवा पुर्‍याउन सक्ने उल्लेख गर्दै उनले त्यो न्यारोबडी एयरक्राफ्टले पनि पूरा लोड लिएर टेकअफ ल्यान्डिङ गर्न नसक्ने देखिएको बताएका छन् ।

‘एकातिर पोखरा वरिपरिको भूगोल र एयरपोर्टको फिजिकल फिचर (भौतिक सुविधा)ले अन्तर्राष्ट्रिय एयरलाइन्सहरू पोखरामा उडान गर्न इच्छुक हुने देखिँदैनन् भने अर्कातिर नेपाल भ्रमणमा आउने पर्यटकका लागि पोखरा मात्र गन्तव्यको केन्द्र हुन नसक्ने भएकाले पोखरा एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान हुन सक्ने सम्भावना देखिँदैन,’ उनले लेखेका छन्, ‘पोखरा एयरपोर्टले फगत आन्तरिक उडानमा सीमित रहने निश्चित देखिन्छ । पोखरा एयरपोर्ट अर्थतन्त्रका लागि सेतो हात्ती बन्दै छ । यो सेतो हात्तीले देशको अर्थतन्त्रमा दूरगामी नकारात्मक प्रभाव पार्नेछ । पोखरा एयरपोर्टले कतै श्रीलंकाको कोलम्बो पोर्ट सिटी र हम्बनटोटा पोर्टले भोगेको नियति भोग्ने त हैन भन्ने भय पैदा गर्दै छ ।’

पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण अर्थतन्त्र र रणनीतिक दृष्टिकोणले आवश्यक थियो भनेर पुष्टि गर्ने कुनै आधार नदेखिने उल्लेख गर्दै उनले भनेका छन्, ‘तर पनि पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट बन्यो । जुन बेलामा पोखरा एयरपोर्टबारेमा छलफल भइराखेको थियो, विभिन्न सरोकारवालाले पोखरा एयरपोर्ट नबनाउन आफ्नो दलिल नराखेको भने होइन । तर, एकथरी मान्छेहरू – जो शक्तिकेन्द्रसँग नजिक थिए, त्यो एयरपोर्ट बन्दा व्यक्तिगत लाभ प्राप्त गर्थे । तिनको प्रयास र प्रभावले पोखरामा २२ अर्बको लागतमा एयरपोर्ट बनेरै छाड्यो।’ नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *