
नेपालगन्ज १ चैत – भेरी अस्पतालमा रिपोर्टिङका क्रममा पुगेका जि नेपाल टेलिभिजनका संवाददाता अभिषेक गुप्तामाथि दुरव्यवहार भएको छ । अभद्र व्यवहारप्रति मधेश मिडिया मिसन नेपाल बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार संकलनका लागि उक्त अस्पताल पुगेका पत्रकार गुप्तामाथि अस्पतालमा कार्यरत सुरक्षा गार्डले दुव्र्यवहार गरेका हुन् ।
सो क्रममा क्यामेरा खोस्ने दुष्प्रयास गरेकाे पत्रकार गुप्ताले जानकारी दिएका छन् । सञ्चारकर्मीमाथि भएको यस्तो दुव्र्यवहारप्रति मधेश मिडिया मिसन नेपाल बाँके शाखाले घोर भत्सर्ना एवं निन्दा व्यक्त गर्दै उक्त घटना प्रेस स्वतन्त्रताका विपरित भएको संस्थाकाे ठहर छ । मधेश मिडिया मिसन नेपाल बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले घटनाको भत्सर्ना गर्दै यश अघि समेत झाेरा सामुदायिक वनमा काठकाे विषयमा झगडा हुँदा दुबै पक्ष भेरी अस्पतालकाे ईमरजेन्सीमा भेट्न जाँदा राेक लगाईएकाे विषयमा तत्काल अस्पतालका अध्यक्ष विरेन्द्र शाहलाई जानकारी गराईएकाे तथा अब उप्रान्त त्यस्ताे हुँदैन भनी जवाफ दिएकाे हप्ता दिनमा पुनः यस्ताे घटना अस्पतालमा खटिएका सुरक्षा गार्डबाट घटाईनु दुखद रहेकाे अध्यक्ष त्रिपाठीले बताएका छन् ।
सम्बन्धित पक्षले घटनाकाे तत्काल छानबिन गरि दोषीमाथि कार्वाही गर्न स्थानिय प्रशासनसँग माग गर्दै सुचना सम्प्रेषण गर्ने सञ्चारकर्मी माथि यस्ताे किसिमकाे दुव्र्यवहार अगामी दिनमा नदोर्होयाउन चेतावनी दिदै दोषी माथिआवश्यक कारबाहीको माग गर्दछौं ।
जि एच डी नेपालका अध्यक्ष आशिष गुप्ताले दिएकाे जानकारी अनुसार अस्पतालमा खटिएका सुरक्षा गार्डले लिखित रूपमा माफि माग्नु पर्ने बताउँदै भेरी अस्पतालमा हाल धेरै कुरामा लापरवाही हुँदै आईरहेकै हुँदा सार्वजनिक हुन नपाओस भनी सञ्चारकर्मीहरू माथि राेक लगाउने प्रयास भईरहेकाे बताएका छन् ।
पत्रकार गुप्तामाथि भएकाे दुर्व्यवहारप्रति खेद व्यक्त गर्दै जि एचडी नेपालका अध्यक्ष आशिष गुप्ता, प्रेस युनियन बाँके सचिव भिष्मा लाेध, मधेश मिडिया मिसन नेपाल बाँके लगायतले ध्यानाकर्षण भएकाे प्रेस विज्ञप्तीमार्फत जनाएका छन् ।