Monday, June 29सत्यम खबर
Shadow

अपराध

अबैध भन्सार छलिको सामान बरामद, हराएको मोटरसाईकल सवारीलाई बुझाउँदै

अबैध भन्सार छलिको सामान बरामद, हराएको मोटरसाईकल सवारीलाई बुझाउँदै

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ बैशाख – भारतबाट भन्सार छली अबैव रुपमा छली चोरी निकासी पैठारी गरी ल्याईरहेको २ लाख १० हजार बराबरको सामान सवारीसाधन सहित पक्राउ गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ बाट चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान तथा उक्त ढुवानी गर्ने व्यक्ति एवम् ढुवानीमा प्रयोग गरिएको साधन सहित पक्राउ गरी नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ । त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ बागेश्वरी रोधी घर अगाडी पार्किङ् गरी राखिएको अवस्थामा हराएको मोटरसाईकल सम्बन्धित सवारी धनीलार्इी बुझाईएको प्रहरीले जनाएको छ । मिति २०८१ बैशाख २ गतेका दिन राती करीब ८ बजेको समयमा घर अगाडी पार्किङ गरी राखिएको मोटरसाईकल हराईको सूचना कार्यालयमा पाउन साथ तत्काल कार्यालय...
चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा गर्‍यो नौ सैनिक अभ्यास

चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा गर्‍यो नौ सैनिक अभ्यास

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख –चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा जापान, अस्ट्रेलिया र अमेरिकासँगै संयुक्त नौ सैनिक अभ्यास सञ्चालन गरेको छ । पछिल्लो समय दक्षिण चीन सागरका विषयलाई लिएर चीन र फिलिपिन्सबीच तनाव बढ्दै गइरहेको छ । यससँगै चीनले फिलिपिन्सलाई कुनै किसिमको अभ्यास सञ्चालन नगर्न चेतावनी दिएको थियो । फिलिपिन्सले दक्षिण चीन सागरमा रहेको सेकेण्ड थोमस शोल नजिकै नौ सैनिक अभ्यास सञ्चालन गरेको हो । यो स्थान फिलिपिन्सको पलवान टापुबाट १ सय ९४ किलोमिटर र चीनले आफ्नो सार्वभौमिकता दाबी गर्ने मिशसेफ रिफबाट ३२ किलोमिटरको दुरीमा रहेको छ ।त्यसअघि चीनको रक्षा मन्त्रालयका प्रवक्ता वु चियानले सेकेण्ड थोमस शोलमा समेत आफ्नो मुलुकको दाबी रहेको भन्दै सो क्षेत्रमा कुनै पनि उत्तेजक गतिविधि नगर्न चेतावनी दिएका थिए । सेकेण्ड थोमस शोल क्षेत्रमा फिलिपिन्सको बीआरपी सिएरा माद्रे पानीजहाज रोकिएको ...
इजरायलमाथि इरानको ड्रोन आक्रमण

इजरायलमाथि इरानको ड्रोन आक्रमण

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ बैशाख – इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ । सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ । इजरायली च्यानल १२ ले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन् । नेपाल पाना...
जघन्य अपराधका ६४ मुद्दामा ५४ फर्च्यौत

जघन्य अपराधका ६४ मुद्दामा ५४ फर्च्यौत

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ बैशाख – बाँके प्रहरीले चालु आर्थिक वर्षको ८ महिनामा जघन्य प्रकृतीका ६४ मुद्दामा ५४ वटा मुद्दाको फर्च्यौत गरेको छ । बाँके सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीसँगको पत्रकार परिचयात्मक अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले यस्तो विवरण जानकारी गराएको छ ।अन्तरक्रियामा प्रहरीको कार्य प्रगति विवरण सार्वजनिक गर्दै बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले कर्तव्य ज्यान मुद्दामा ८ मुद्दा दर्ता भएकोमा ६ वटा फर्च्यौत भएको, मानव वेचविखन तथा ओसारपसारमा ९ मुद्दा दर्ता भएकोमा ८ वटा फर्च्यौत भएको, डाँका चोरीमा ५ मुद्दा दर्ता भएकोमा ३ फर्च्यौत भएको जानकारी गराएका छन् । त्यसैगरी बाँकेमा जबरजस्ती करणीमा ४२ मुद्दा दर्ता भएकोमा ३७ मुद्दा फर्च्यौत भएको प्रहरी प्रवक्ता डिएसपी डाँगीले जानकारी दिए । प्रवक्ता डाँगीका अनुसार साईबर अपराध सम्बन्धी उजुरीमा ९८ वट...
इजराइलमाथि सिरियामा वाणिज्य दूतावासमा हमला गरेको आरोप

इजराइलमाथि सिरियामा वाणिज्य दूतावासमा हमला गरेको आरोप

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २७ चैत – क्षेत्रीय तनाव बढ्ने गरी इजराइलमाथि दोष लगाइएको घातक हमलाले तेहरानको दमास्कसस्थित वाणिज्य दूतावासलाई ध्वस्त पारेको एक सातापछि इरानका विदेशमन्त्रीले सोमबार सिरियाली राजधानीको भ्रमण गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । दमास्कसको प्रमुख सहयोगी तेहरानले गत सोमबार इरानी दूतावासको कन्सुलर खण्डमा भएको हवाई हमलाको बदला लिने वाचा गरेको छ । उक्त हमलामा दुई जनरलसहित सात इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजिसी) का सदस्य मारिएका थिए । उक्त हमला इजराइल र हमासबीच जारी युद्धको पृष्ठभूमिमा भएको थियो । अक्टोबर ७ मा इजराइलमाथि हमासबाट सुरु भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० जनाको ज्यान गएको थियो । दमास्कस र तेहरानले हमलाका लागि इजराइललाई दोष दिएका छन् तर इजराइलले यसबारेमा कुनै टिप्पणी गरेको छैन । इरानी विदेशमन्त्री होसेन अहिर–अब्दुल्लाहियानले एक दिन...
नरैनापुरमा सामुदायिक वनको जमिन कब्जा गर्न खोज्दा तनाव

नरैनापुरमा सामुदायिक वनको जमिन कब्जा गर्न खोज्दा तनाव

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २३ चैत – बाँकेको विकट पिछडिएको क्षेत्रको रुपमा केही समय अगाडी पहिचान कमाएको नरैनापुर गाउँपालिकामा रहेको सामुदायिक वन क्षेत्र कब्जा गर्न खोज्दा विवाद श्रृजना भएको छ ।स्रोतले दिएको जानकारी अनुसार भूमिहीन संघर्ष समितिले बाहिर जिल्लाबाट करीब ४०० बढीलाई सो क्षेत्रमा ल्याएर सामुदायिक वन कब्जा गर्ने गरी बस्न खोजेपछि स्थानीयहरुले विरोध गर्दा विवाद श्रृजना भएको बताईएको छ । बाँकेको नरैनापुर वडा नं १ स्थित गरीब नवाज सामुदायिक बनको जग्गा भूमिहीनको नाममा कब्जा गर्न खोजेपछि कटकुईयामा शुक्रबार दिउँसो तनाव उत्पन्न भएको छ ।कब्जा गर्न खोज्ने र स्थानीयबीचको विवादले तनाव उत्पन्न भएको हो ।बाहिरी जिल्लाबाट आएका करिब ४०० जना व्यक्तिले अनाधिकृत कब्जा गर्न खोजेपछि झडपको सम्भावना उत्पन्न भएको प्रहरी स्रोतले जनाएको छ । जिल्ला वन कार्यालय प्रमुख डिभिजन वन अधिकृत अजीत कुमार कर्णले दिएको जानकारी अनु...
गाजामा ६०० इजरायली सैनिकको मृत्यु

गाजामा ६०० इजरायली सैनिकको मृत्यु

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० चैत – इजरायली सेनाले गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६०० जना इजरायली सैनिकको मृत्यु भएको जनाएको छ । इजरायली भूमिमा अक्टोबर ७ का दिन गाजामा सक्रिय हमास लडाकूले आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले हमास विरुद्ध युद्ध सुरु गरेको थियो । हमासको आक्रमणमा एक जना २० वर्षीय सैनिक जवान नाडाभ कोहेनको मृत्यु भएसँगै गाजा युद्धमा मारिने सैनिकको संख्या ६०० पुगेको इजरायली सेनाले जनाएको छ । यद्यपी यस युद्धमा इजरायली बमबारीमा परेर गाजामा ३२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् । गाजामा चलिरहेको यस भीषण कारबाहीबाट सर्वसाधारण निहत्था नागरिकको मृत्यु भएपछि राष्ट्रसंघ समेत अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम गर्न इजरायल सरकारमाथि दबाब दिइरहेका छन् । खबरहब...
म्यानमार-चीन सीमाबाट आठ सय बढी ठगीकर्ता पक्राऊ

म्यानमार-चीन सीमाबाट आठ सय बढी ठगीकर्ता पक्राऊ

अपराध, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० चैत – म्यान्मारस्थित चीनको राजदूतावासले म्यान्मार र चीनको संयुक्त प्रहरी अपरेसनमा इन्टरनेटमा आधारित सीमापार संगठित अपराध (स्क्यामिङ) मा संलग्न आठ सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको जानकारी गराएको छ । चीन र अन्य देशका नागरिकलाई प्रलोभनमा पारी सीमाक्षेत्रमा बन्धक बनाएर ठगीका काम गर्न बाध्य पारिएको भेटिएको छ । इन्टरनेटमा आधारित यस धन्धाको व्यवसाय अर्बौं डलरको रहेको अनुमान गरिएको छ । त्यस्ता प्रकारको अपरेसनहरू गर्न बेइजिङले म्यान्मारको सैनिक सरकारलाई निरन्तर आग्रह गरिरहेको थियो । चीन सरकारले आफ्ना म्यानमार समकक्षीलाई म्यान्मारको शान राज्यमा भइरहेका संगठित अपराध र ठगीका बारेमा जानकारी गराएको थियो । म्यान्मार प्रहरीले विज्ञप्ति मार्फत सीमापार अपराधमा संलग्न भएको आरोपमा आठ सय जनालाई पक्राउ गरेको र उनीहरुबाट कम्प्युटर, मोबाइल फोन बरामद गरेको उल्लेख गरेको छ । पक्राउ...
अफगानिस्तानमा विस्फोट हुँदा नौ बालबालिकाको मृत्यु

अफगानिस्तानमा विस्फोट हुँदा नौ बालबालिकाको मृत्यु

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० चैत – अफगानिस्तानको गजनी प्रान्तमा बेवारिसे विस्फोटक पदार्थ बिस्फोट हुँदा नौ बालबालिकाको ज्यान गएको जनाइएको छ । आइतबार दिउँसो चारदेखि दश वर्ष उमेर समूहका ती बालबालिकाले बेवारिसे बम खेलाउँदा अचानक बिस्फोट भएको थियो । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको बख्तरले गजनीका सूचना र संस्कृति विभागका निर्देशक मुल्लाह हमिदुल्लाह निसारलाई उद्धृत गर्दै जनाएको छ । गत मार्च २२ मा पनि दक्षिणी हेलमन्ड प्रान्तमा एक बम बिस्फोटमा परेर तीन बालबालिकाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । अफगानिस्तान विश्वको सबैभन्दा युद्धग्रस्त तथा बढी बारुदी सुरुङयुक्त देशहरू मध्ये एक हो जहाँ विगत चार दशक भन्दा बढी समयदेखिको युद्ध र नागरिक द्वन्द्वका कारण बिस्फोट नभएका उपकरणहरू जथाभावी फालिएका छन् । खबरहब...
राष्ट्रिय युवा संघका नेता कार्यकर्तामाथि हातपात सहित आक्रमण

राष्ट्रिय युवा संघका नेता कार्यकर्तामाथि हातपात सहित आक्रमण

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ चैत - राष्ट्रिय युवा संघको डुडुवा गाउँपालिकामा भएको पालिका अधिबेशन र पार्टी प्रबेस कार्यक्रममा तरुण दल आवद्द युवाहरुले आफ्नो रवाफ देखाउँदै प्रहरि प्रशासन र नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका नेता कार्यकर्तामाथि हातपात सहित आक्रमण गरेका छन् । राष्ट्रिय युवा संघ बाँकेले डुडुवा गाउँपालिकामा राखेको पालिका अधिवेशन र पार्टी प्रवेश कार्यक्रममा आएका नेता कार्यकर्ताहरु कार्यक्रमको समापन पछि कोहि खाना र कोहि नास्ता खान चोकमा निस्किदा पुलिसले अचानक हातहतियार छकी भनेर सोधपुछ समेत गर्यो अनि युवासंघको टोलिले हामी लफडा गर्ने मनसाय भएका ब्यक्ति नै हैनम हाम्रो कार्यक्रम भएको भखरै समापन भयो अब खाना नास्ता खान आको जवाफ दिदा दिदै प्रहरिले गरेको सोधपुछ पछि केहि पर चोक निर जाँदै गर्दा अराजक मनसायले लिप्त भएका नेपाली काङ्ग्रेसको भातृ संगठन तरुण दलका केही अराजक युवाहरुले हातपात गर्दा य...