Friday, February 7सत्यम खबर
Shadow

आफ्नै श्रीमतीकाे हत्या

काेहलपुर १३ चैत – बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाईप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भएका तर हाल अस्थायि रुपमा कोहलपुर १४ मा बस्दै आएका वर्ष २२ का अनिल विकले बर्ष २१ कि श्रीमती शुसिला सुनारको हत्या गरेका हुन् ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको र चेकजांच गरी आइसिजी गर्दा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेको प्रहरीले जनाएको छ।

श्रीमान अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिइसकेको छ। शवलाई शव गृहमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यययका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *