Thursday, February 13सत्यम खबर
Shadow

चीनले विस्तार गरिरहेको चक्रपथबाट काठमाडौं महानगरको बोर्ड चोरी, प्रहरीमा उजुरी

काठमाण्डौ, १५ चैत – चीनको अनुदानमा अघि बढ्ने भनिएको चक्रपथको दोस्रो खण्डको काम अझै अघि बढेको छैन। सन् २०१५ मा सक्नुपर्ने काम २०२४ लाग्दा समेत सुरु नै नभएपछि तीव्र आलोचना भइरहेको छ।

यसबारे काठमाडौं महानगरपालिकाले सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि काठमाडौं महानगरले बोर्ड राखेको थियो। तर, बोर्ड भने चोरी भएको छ। ‘त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुख नदेख्ने निर्माणकर्ताहरूले ती १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन्,’ काठमाडौं महानगरका मेयर बालेन शाहले फेसबुकमा लेखेका छन्, ‘समय सकिएको ९ वर्षपछि पनि काम नसक्ने संस्थाले ‘कथित अल्टिमेटमको समय’ सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न् ।’

महानगरले बोर्ड चोरी भन्दै कारबाहीको मागसहित जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी नै दिएको छ।

चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत कलंकी–बसुन्धरा सडकखण्डको विस्तारका लागि चिनियाँ पक्षले सरकारलाई कूटनीतिक नोट पठाएको थियो। चिनियाँ पक्षले सडक विस्तार गर्ने प्रयोजनका लागि डिप्लोमेटिक नोट पठाएकाले अहिले निर्माणको फाइल अर्थ मन्त्रालय पुगेको छ । नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *