
नेपालगन्ज, २३ पाैष – लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जकाे टिमद्वारा आज लागु औषध खैरो हेरोईन २६६ ग्राम ५६० मिलिग्राम सहित १ जना मानिस पक्राउ गरिएकाे छ ।
लागू ओैषधसहित पक्राउ गरिएकाे वर्ष ३३ का भारतकाे उत्तरप्रदेश जिल्ला बहराईच, जमील, लाैकाहीका फिरोज खान रहेकाे प्रहरी स्राेतद्वारा जनाईएकाे छ ।

प्रहरी स्राेतले दिएकाे जानकारी अनुसार आज बुधबार राती १७:४५ बजेको समयमा बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं. ११ लालपुरबाट पक्राउ गर्न खोज्दा भाग्ने प्रयास गर्दा २ राउण्ड गोली हानेको बताईएकाे छ ।

जस मध्ये १ राउण्ड निजको दाहिने खुट्टामा लागेको तथा गोली लागे पश्चात् निजलाई नियन्त्रणमा लिई कानुन बमोजिम खानतलासी गर्दा निजले लगाएको पाईन्टको दाहिने खल्ती भित्र लागू औषध खैरो हेरोईन फेला पारिएकाे बताईएकाे छ ।

फेला परेकाे खैराे हेराेईनलाई डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक सहित २८३ ग्राम र प्लाष्टिक हटाई शुद्ध तौल २६६ ग्राम ५६० मिलिग्राम रहेकाे तथा निजकाे साथमा रहेकाे ३ थान मोबाइल थान-३ सहित जिल्ला प्रहरी कार्यालय बर्दियमा बुझाएको छ । थप अनुसन्धानकाे क्रममा रहेकाे बताईएकाे छ ।
