Thursday, May 8सत्यम खबर
Shadow

अपराध

नरैनापुरमा अपांगता भएको किशोरी माथि बलात्कार

नरैनापुरमा अपांगता भएको किशोरी माथि बलात्कार

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २५ बैशाख - बाँके नरैनापुरमा एकजना शारीरिक र मानसिक अपांगता भएकी किशोरी माथि जबरजस्तीकरणी भएको तथ्य बाहिर आएको ।   नरैनापुर गाउँपालिका वडा नं.१ स्थित एक २१ वर्षिया आपांगत भएकी किशोरी जबरजस्तीकरणीको शिकार भएको विषयमा ईलाका प्रहरी कार्यालय भगवानपुरमा विहिवार जाहेरी पेश गरिएको छ । घरमा कोही नभएको मौकामा विहिवार विहान अं.१० बजेको समयमा घरमा एक्लै रहेकी किशोरी माथि नरैनापुर गाउँपालिका वडा नं.१ बनियागाउँ बस्ने २५ वर्षिय अजमल साईंले जबरजस्तीकरणी गरेको आरोपमा उजुरी परेको प्रहरीले जनाएको छ ।   घटना सम्बन्धमा उजुरी आएको छ, प्रहरीले भन्यो, बाँकी विवरण अनुसन्धान पछि खुलासा हुनेछ । तीन दिन अघि नरैनापुर गाउँपालिका वडा नं.१ का वडा सदस्य रियाज खाँ माथि जबरजस्तीकरणी उद्योग मुद्दा दर्ता भएको छ ।   यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षकल...
भारतको ‘अपरेशन सिन्दूर’ मा खुला सीमा सम्वाद समूहले जनायो समर्थन

भारतको ‘अपरेशन सिन्दूर’ मा खुला सीमा सम्वाद समूहले जनायो समर्थन

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, २४ बैशाख – भारत सरकारद्वारा हालै पाकिस्तानका नौ स्थानमा गरिएको “अपरेशन सिन्दूर” मा नेपाल–भारत खुला सीमा संवाद समूहले पूर्ण समर्थन प्रकट गरेको छ । समूहका केन्द्रीय अध्यक्ष डा.राजीव झाले बुधबार प्रेस विज्ञप्ति जारी गरी पूर्ण समर्थन रहेको जनाएका छन् । ‘यस अपरेशनअन्तर्गत भारतीय सुरक्षा फौजले आतंकवादको जरो उखेल्ने प्रयासस्वरूप ती स्थलहरूमा रहेको आतंकवादी अड्डाहरूलाई लक्षित आक्रमण गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ । उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी विशेष रूपमा स्मरण गराउन चाहन्छौं कि ती आतंकवादीहरू नेपाली नागरिक सुदीप न्यौपानेको निर्मम हत्या र भारत तथा अन्य मुलुकमा ठूला आतंकवादी हमला गर्ने योजनामा संलग्न थिए ।’ यस्तो अवस्थामा भारतीय सुरक्षाबलद्वारा गरिएका आक्रमण सम्पूर्ण मानवता र शान्तिका लागि भएको कारबाहीको संज्ञा दिएका छन् । खुला सीमा सम्वाद समूहले भारतीय कारबाहीप्रति नेप...
नागरिक उनमुक्ति पार्टी का संरक्षक रेशम चौधरी पक्राउ

नागरिक उनमुक्ति पार्टी का संरक्षक रेशम चौधरी पक्राउ

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौँ, १७ बैशाख – नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशम चौधरी बुधबार दिउँसो १ बजेतिर पक्राउ परेका छन्। उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए। उनको आममाफीविरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले रेशमलाई तत्काल पक्राउ गरी थुना राख्न आदेश दिएकाले उनलाई पक्राउ गरिएको अधिकारीले बताए। ‘सर्वोच्च अदालतले तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएकाले पक्राउ गरेका हौँ’, उनले भने। २०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषि ठहर भएका चौधरी २०८० सालमा गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए। आममाफीविरुद्ध सारदा बोहोरा कठायतले रिट दर्ता गराएकी थिइन्। उक्त रिटको सुनाइ गर्दै पक्राउ गरेर थुनामा पठाउन अदालतले आदेश दिएको प्रहरी प्रमुख अधिकारीले बताए।...
वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?

वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
भक्तपुर, १६ बैशाख – ठूलोले जे गरे पनि हुने, सानोलाई मात्रै कानुन लाग्ने भन्दै भक्तपुरको काक्राबारीका जनताले प्रश्न तेर्साएका छन् । सियो खसेको देख्ने वडा अध्यक्ष अनि नगरपालिकाले तीस वढी डोजर दैनिक चलाउँंदा किन देखेनन् भनी स्थानीयले प्रश्न उठाएका हुन् । भक्तपुरको रोल्पा रुकुम भनेर चिनिने जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ कांक्राबारीमा पूरै क्षेत्रमा झण्डै तीन दर्जन डोजरहरु दिनरात चले पनि उनीहरुमाथि कारबाही नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् । यो ठाउँ जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ (साविक नंखेल गाविस वडा नं. ४ क र ख) काँक्रा बनस्थित घिसिङ डाँडामा रहेको छ । यो आयोजना निक भुजिकिक हाउजिङ् कम्पनीले सञ्चालन गरिहेरको हो । टाढाबाट हेर्दा कमिला जत्रा देखिने डोजर तथ स्काईभेटर चलाएर सामुदायिक भित्री बनको क्षेत्र अतिक्रमण गरेर काम भइरहेको महिनौ विते पनि कसैले वास्ता नगरेको भ...
सार्वजनिक हरियो रुख कट्ने वडा अध्यक्ष इशाक जोलाहलाई कारवाही मांग गर्दै जाहेरी दर्ता

सार्वजनिक हरियो रुख कट्ने वडा अध्यक्ष इशाक जोलाहलाई कारवाही मांग गर्दै जाहेरी दर्ता

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नरैनापुर, १० बैशाख – केही दिन अगाडी नरैनापुर गाउँपालिका वडा नं. १ कटकुईयामा रहेको सार्वजनिक सरकारी जग्गामा लागेको रुख कटान गरेकोमा आवश्यक कारवाही गरी जिउ ज्यानको सुरक्षा गरी पाउँ भनी नरैनापुर गाउँपालिका वडा नं. १ बस्ने बालकराम चमारले जिल्ला प्रशासन कार्यालय बाँकेमा जाहेरी दर्ता गरेका छन् । उक्त जाहेरीमा “उपरोक्त मुद्दामा श्री बाँके जिल्ला कटकुईया गा.वि.स. वडा नं. ३ ख कि.नं. ३४५ को जग्गामा सार्वजनिक÷सरकारी कुलो रहेको छ । उक्त कुलोको दुबै देउमा आप सिसौ जामुन लगायत विभिन्न जातका लागेका रुख मध्ये पुरानो लगभग २० फिट गोलाईको हरियो फलेको आंपको रुख थान–१ र करीब १० फिल गोलाईको सिसौ थान–१ र सोही ठाउँमा रहेको म निवेदकको कि.नं. ३३७ को जग्गामा लागेको सिसौं थान–१ गरी ३ थान रुखहरु नरैनापुर वडा नं. १ का वडा अध्यक्ष इशाक जोलाहले ०८१ चैत्र २३ गते काटी नरैनापुर–५ मा निज इशाक जोजाहले सञ्चालन गरेको इट्ट...
७० लाख मूल्य बराबरको चरेससहित नेपाली तस्कर पक्राउ

७० लाख मूल्य बराबरको चरेससहित नेपाली तस्कर पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २८ चैत – लागूऔषध तस्करी रोक्न र तस्करीमा संलग्न अपराधीहरूलाई पक्राउ गर्न बहराइचका प्रहरी उपरीक्षकले सञ्चालन गरिरहेको अभियानका क्रममा अतिरिक्त प्रहरी उपरीक्षक (ग्रामीण) दुर्गाप्रसाद तिवारी र इलाका अधिकारी नानपारा प्रद्युम्न सिंहको नेतृत्वमा र इन्चार्ज इन्स्पेक्टर रूपैदिहा दद्दन सिंहको निर्देशनमा सञ्चालित चेकजाँच अभियानको क्रममा नेपालबाट आउँदै गरेको एक लागूऔषध तस्करलाई १ किलो ८०० ग्राम अवैध नेपाली चरेससहित पक्राउ गरिएको छ । इन्चार्ज इन्स्पेक्टर रुपैडिहा दद्दन सिंहले भने कि रुपैडिहा प्रहरी र एसएसबीको संयुक्त गस्तीको क्रममा, जसमा सब इन्स्पेक्टर अशोककुमार, चौकी इन्चार्ज शिवपुर मोहर्निया र युएन सन्तोषकुमार यादव र एसएसबीको संयुक्त टोली थियो । जब उनीहरू आइ.सी.पी.मा सवारी साधन र आउने–जाने मानिसहरूको जाँच गरिरहेका थिए । रोड चेक पोस्ट रुपैडिहामा एक नेपाली व्यक्ति नेपालबाट आउँदै ग...
विश्वास, प्रेम, धोखा, जहाँ बिखण्डन भयो एक परिवार….

विश्वास, प्रेम, धोखा, जहाँ बिखण्डन भयो एक परिवार….

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २४ चैत – भनिन्छ जहाँ विश्वास हुन्छ त्यहाँ जीवन हुन्छ । यसैको आधारमा दुई परिवारका बीच सम्बन्ध स्थापित भई बंश अगाडी बढाईन्छ । जहाँ एक परिवारको पक्षबाट केटा हुन्छ भने अर्को परिवारको पक्षबाट केटीलाई सामाजिक परम्परा अनुसार एक सुत्रिय बन्धनमा बाँधी पुण्य कमाईन्छ भन्ने मान्यता रही आएको छ । सोही विश्वासलाई आधार मानि श्रीमान श्रीमति बीच गहिरो प्रेम सम्बन्ध स्थापित भई जीवनयापन हुने गरेको कतिपय उदाहरण आज पनि समाजमा हेर्न पाईन्छ । तर जब विश्वासमा कुठाराघात हुन्छ त्यही बेला घर बेघर भई समाजमा नानाथरीका भनाईहरु आउने गरेको पाईन्छ । सोही विश्वासलाई आधार बनाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ बस्ने नन्कु साहु तेलीले बर्दिया शान्तिपुर बस्ने माया चन्द बीच २२ वर्ष अगाडी सामाजिक परम्परा अनुसार सम्बन्ध स्थापित भई घरजाम गरेका थिए । उनीहरु बीच विश्वास, माया प्रेमले भरिपूर्ण सबथोक थियो । जसले ...
रवीन्द्र मिश्र, धवल शम्शेरसहित ११ जनाविरूद्ध राजद्रोहको मुद्दा

रवीन्द्र मिश्र, धवल शम्शेरसहित ११ जनाविरूद्ध राजद्रोहको मुद्दा

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
४१ जनालाई बनाइयो प्रतिवादी, १० दिन म्याद थप गर्न माग काठमाडौं, १७ चैत - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणासहित ११ जनालाई राज्य विरूद्धको कसुरमा म्याद थप गरिने भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले मिश्र र राणासहित ११ जनालाई राज्य विरूद्धको कसुर तथा संगठित अपराधमा अनुसन्धान गर्न लागेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा १० दिनेको म्याद माग गरेको सरकारी वकिल प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले सेतोपाटीलाई जानकारी दिए। बाँकी ३० जनाविरूद्ध छुट्टै मुद्दामा अनुसन्धान गर्ने तयारी छ। चैत १५ गते तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंको आह्वानमा प्रदर्शनपछि तोडफोड, आगजनी, लुटपाट भएको थियो। प्रसाईंको प्रदर्शनला...
सावधान ! भारतको लखनऊमा यसरी लुटिन्छन् नेपाली बिरामीहरु

सावधान ! भारतको लखनऊमा यसरी लुटिन्छन् नेपाली बिरामीहरु

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ चैत्र – सावधान ! भारत उत्तर प्रदेशको राजधानी लखनऊमा सञ्चालित कृष्णा सोसाइटीमा नेपालबाट त्यहाँ उपचार गराउन जाने बिरामीहरुलाई लुटिने क्रम जारी रहेको छ । लखनऊमा कृष्णा सोसाइटी फर मेडिकल रिलिफ एण्ड रुरल डेभलेवमेन्ट, के.के. इन्स्टिच्यूट अफ पारा मेडिकल साइन्स सञ्चालनमा रहेको छ । 57/88 नविउल्लाह रोड रिभर बैंक कलोनीमा यो अस्पताल सञ्चालनमा रहेको छ । यस अस्पतालमा नेपालबाट अधिकांश बिरामीहरु त्यहाँ उपचार गराउन जाँदा रहेछन् । अस्पतालमा उत्कृष्ट प्रकारको योग्य चिकित्सकहरु रहेका छैनन् । अस्पताल अत्याधुनिक र सर्वसुलभ छ । यसकारण कोही नेपाली बिरामी त्यहाँ उपचार गराउन जाँदा के.के. अस्पतालले बाहिरबाट चिकित्सक आफ्नो यहाँ ल्याई त्यहाँ उपचार गर्ने गर्छ । एक किसिमले यहाँ उपचार गराउने ठेक्का नै हुन्छ । सबैलाई जाने बुझेको कुरा हो, लखनऊमा कैयन उत्कृष्ट प्रकारको अस्पतालहरु रहेका छन् । जसमा सेवाको ...
ट्यांकरकाे ठक्करबाट दुई बालककाे मृत्यु, आक्राेशित भिडद्वारा आगजनी

ट्यांकरकाे ठक्करबाट दुई बालककाे मृत्यु, आक्राेशित भिडद्वारा आगजनी

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० चैत - बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार दुई जना बालकको घट्नास्थलमै मृत्यु भएको छ। आइतबार अपरान्ह स्थानीय नौरीगौढी ईंगलिश मिडियम स्कुलबाट पढेर घर फर्कंदै गरेका दुईजना बालकलाई भे १ ख १४१७ नम्बरको ट्यांकरले ठक्कर दिंँदा दुबैजना बालकको घट्नास्थल मै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार मृत्यु हुने बालकमा विशालकुमार गोडिया र शिवकुमार गोडिया रहेको जानकारी प्राप्त भएको छ। आक्रोशित भएका स्थानीयले साइकललाई ठक्कर दिने ट्यांकरलाई आगो लगाएर ध्वस्त पारिदिएका छन्। प्रहरीका अनुसार सो घट्नाको विरोधमा बेतहनी चोकमा चक्काजाम गरेर स्थानीयले प्रदर्शन गरिरहेका छन् भने ट्यांकर चालकलाई बेतहनी प्रहरी चौकीमा राखिएकोले केही स्थानीयले चौकी घेरेर चौकीमाथि ढुंगा प्रहार गरेका छन्। बाँक...