गैर जिम्मेवार नेपालगन्ज उद्योग वाणिज्य संघ !
अजय कुमार गुप्ता
मितिः २०८३ बैशाख ७ गते, सोमबार
नेपालगन्ज उद्योग वाणिज्य संघको गतिविधि विगतदेखि नै गैर जिम्मेवारपूर्ण रहेको छ । सानो व्यापारी समस्यामा पर्दा नदेखे जस्तो गर्ने, ठूलो व्यापारी समस्यामा पर्दा सक्रिय हुने त्यसको नानीदेखि लागेको बानी हो । पूर्वका संघ अध्यक्षहरु अच्युतप्रसाद प्रसाई, शतिस चन्द्र अग्रवाल, दामोदरप्रसाद आचार्य, सुनिल शर्मा, कृष्णप्रसाद आचार्य, अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ लगायतको कार्यकाल केही सन्तोषपूर्ण थियो । तर वर्तमान कार्यसमिति आफ्नो असक्षमता देखाउँदै आएकोले यस प्रति अधिकांश व्यापारीहरुमा असन्तोषको भावना व्याप्त छ । केही वर्षदेखि नेपालगन्जको बजार सुक्दै गएको छ । यो बजारलाई बचाउन अहिलेसम्म संघले कुनै प्रकारको ठोस पाईला चालेको छैन । अधिकांश समय संघको कार्यालयमा बसी वर्तमान समयका पदाधिकारीहरु सुख सयल गर्दै आएका छन् । मुलुकमा बालेन शाह नेतृत्वमा नयाँ सरकार अस्ति...








