Saturday, November 14सत्यम खबर
Shadow

मौसम

विरोध प्रदर्शनले चीनलाई हल्लाएको एक वर्ष, अर्को ज्‍वालाको संकेत

विरोध प्रदर्शनले चीनलाई हल्लाएको एक वर्ष, अर्को ज्‍वालाको संकेत

मौसम, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० मंसिर –चीनको कठोर 'शून्य-कोभिड' नीति र बढ्दो अधिनायकवादको विरोध गर्न एक वर्षअघि ली हौचेन सांघाईको सडकमा 'स्वतन्त्रता' को नारा लगाउँदै थिए। उनी चीनभरि प्रदर्शन गर्ने हजारौं मानिसहरूमध्ये एक थिए, जसलाई श्वेत आन्दोलन भनिन्छ। प्रदर्शनकारीहरूको कागजका खाली पानाहरूले देशको कडा सेन्सरशिप नियन्त्रणहरू प्रतिनिधित्व गर्न प्रयोग गरिएको थियो। तर एक वर्ष पछि, चीनले विरोधलाई दमन गर्ने नीति अवलम्बन गर्‍यो। गिरफ्तारी र धम्कीको साथ मार्च तोड्दै प्रदर्शन निस्तेज पार्ने रणनीति चिनियाँ सत्ताले अवलम्बन गर्‍यो। विरोध प्रदर्शनहरू अवज्ञाको छोटो ज्वाला थियो, दशकहरूमा कम्युनिष्ट पार्टीको अख्तियारको लागि सबैभन्दा प्रत्यक्ष चुनौती पनि बन्‍यो। यसमा भाग लिएका युवाहरूको लागि यो उनीहरूको पहिलो विरोध थियो। अब, तिनीहरूमध्ये धेरैले अब के हुन्छ भनेर सोचिरहेका छन्। ली आजभोलि आफ्नो मातृभूमि छोडेर निर्...
चीनमा बाढी व्यवस्थापन चुनौतीपूर्ण बन्दै

चीनमा बाढी व्यवस्थापन चुनौतीपूर्ण बन्दै

मौसम, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३१ भाद्र – स्पन्ज सिटी कार्यक्रमको केन्द्रबिन्दुमा (चरम) सहरीकरण, प्रदूषण, पानीको कमी, बाढी, साथै जलवायु परिवर्तन सम्बन्धी अन्य चुनौतिहरूले चीनमा पानी सुरक्षा सम्बन्धी समस्याहरू बढाएको छ र यस सम्बन्धी समस्याहरूलाई न्यूनीकरण गर्ने समावेश भएको बताइएको छ। जुलाई-अगस्ट २०२३ मा, जनवादी गणतन्त्र चीन (पीआरसी) भारी वर्षा र विनाशकारी बाढीबाट प्रभावित भएको थियो, टाइफुन डोक्सुरीका अवशेषहरूले गर्दा, जसले देशको उत्तरी र दक्षिणी क्षेत्रहरूमा धेरै शहरहरूमा व्यापक विनाश देख्यो। बेइजिङमा एक शताब्दीभन्दा बढी समयको सबैभन्दा भारी वर्षा मानिने बाढीको परिणाम हो, जसले विभिन्न प्रान्तका करिब पाँच प्रतिशत जनसंख्यालाई असर गरेको अनुमान गरिएको छ। बाढीको आगमन पछि पीआरसीले कुल १.०७ बिलियन डलरको राहत घोषणा गर्यो। यद्यपि, यी बाढीहरुको कारण हालको कुल अनुमानित क्षतिको एक दशांश मात्र हो। चाखलाग्दो कुरा के...
बायु प्रदुषण नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

बायु प्रदुषण नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ भाद्र – बायु प्रदुषण नियन्त्रणका लागि नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । बाँकेका नागरिक समाजले दिन प्रतिदिन बढदै गएको बायु प्रदुषणको नियन्त्रणका लागि तत्काल पहल गर्न आग्रह गरिएको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट नेतृत्वको समुहले बाँके निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीमार्फत बन तथा वाताबरण मन्त्रीलाई विहिबार ज्ञापनपत्र पठाइएको छ ।बायु प्रदुषण नेपाल विश्व कै तेस्रो स्थान रहेको सन्दर्भमा नेपाललाई नै स्वच्छ सफा वातावरण मैत्री बनाउनका लागि र नेपालको संविधानको धारा १६ मा सम्मानपुर्वक बाँच्न पाउने हकधारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थभई बाँच्न पाउने हक छ भनि वातावरणको हकको बारेमा व्यवस्था गरेको छ । वायु प्रदुषण न्युनीकरणका लागि नेपाल सरकारसँग तपसिलका माग गरिएको छ ।१ सर्वाेच्च अदालतबाट स्वच्छ हावा र वाता...
राप्रपाद्वारा विद्यालयमा बृक्षारोपण

राप्रपाद्वारा विद्यालयमा बृक्षारोपण

आस्था, प्रदेश ५, मौसम, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २६ श्रावण – राष्ट्रिय प्रजातांत्रिक युवा संगठन बाँकेले युवा दिवसको अवसरमा बृक्षारोपण कार्यक्रमको आयोजना गरी हरित नेपालगन्ज बनाउने ‘‘हाम्रो अभियानमा हाम्रो हाते मालो’’ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिक १० स्थित रहेको श्री शारदा आधारभूत विद्यालयमा बृक्षारोपण गरेको छ ।राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालगन्ज नगर अध्यक्ष बिबेक गिरीको आयोजनमा सम्पन्न गरिएको कार्यक्रमको लुम्बिनी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठले समुदघाटन गर्नु भएको थियो ।नेपालगन्ज १० मा रहेको श्री शारदा आधारभूत बिद्यालयको पर ५० भन्दा बढी नीम, जामुन, अमला मोरिंगा, गुलमोहर लगायतका बिरुवाहरू बृक्षारोपण गरिएको हो ।बृक्षारोपण कार्यक्रममा रा प्र पा सहायक महामंत्री ऋषि राज देवकोटा, लुम्बिनी प्रदेश उपाध्यक्ष नीतू चन्द, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, रा.प्र.पा. युवा लुम्बिनी प्रदेश अध्यक्ष हुकुम के. सी, रा.प्र.पा. युव...
चीन: अमेरिकी जलवायु दूत जोन केरीको भ्रमणबाट कुनै ठोस प्रगति भएन

चीन: अमेरिकी जलवायु दूत जोन केरीको भ्रमणबाट कुनै ठोस प्रगति भएन

मौसम, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ श्रावण – संयुक्त राज्य अमेरिकाका जलवायु दूत जोन केरी चीनसँग जलवायु मुद्दाहरूको छलफल सुरु गर्न बेइजिङ भ्रमण गरेपछि चिनियाँ पर्यवेक्षकहरूले वार्ताबाट थोरै ठोस प्रगति हुने आशा गरेका थिए। केरी आइतवार बेइजिङमा अवतरण गरे र यद्यपि पर्यवेक्षकहरूले जलवायु वार्तालाई हालका महिनाहरूमा अमेरिकी अधिकारीहरूले द्विपक्षीय सम्बन्धलाई नियन्त्रणयोग्य स्थितिमा लैजानका लागि गरेको उच्च-स्तरीय भ्रमणको भएको उल्लेख गर्दै हलुका रुपमा लिएपछि जलवायु परिवर्तन रोकथामका सम्बन्धमा अपेक्षाकृत प्रगति हासिल हुन सकेन। बिहीबार क्यापिटल हिलमा सांसदहरूसँग कुरा गर्दै केरीले चीनसँग मिथेन उत्सर्जन घटाउने, कोइलाबाट टाढा हुने, वन फँडानीविरुद्ध लड्न र नवीकरणीय ऊर्जा प्रविधिको संयुक्त रूपमा विस्तार गर्ने विषयमा वार्तामा प्रगति हुने आशा राखेको ग्लोबल टाइम्सले अमेरिकी मिडियालाई उद्धृत गर्दै जनाएको छ। ग्लोबल टाइम्स च...
अध्यक्ष बर्माकाे पहलमा ६० भन्दा बढी बाेरिङ्ग जडान

अध्यक्ष बर्माकाे पहलमा ६० भन्दा बढी बाेरिङ्ग जडान

अवधी, आर्थिक, आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ अषाढ - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपककुमार बर्माद्वारा किसानहरूकाे लागि पानीकाे उचित व्यवस्थापन गर्ने गरिएकाे प्रतिबद्वता पूरा गरिएकाे छ ।उपमहानगर भित्र अन्य वडाभन्दा पहिले नै पारित बजेट खर्च गरि अन्य केन्द्र तथा संघद्वारा पहल गरि ल्याईएकाे बजेट समेत वडा नं. १८ का वडाबासीहरूकाे चाैतर्फी विकासका लागि खर्च गरि धमाधम विभिन्न याेजनाहरूसहित आज किसानहरूकाे लागि सिंचाईकाे व्यवस्थापन गर्ने प्रतिबद्वता समेत पूरा गरेका छन् ।आफ्नाे सार्वजनिक सञ्जाललाई प्रयाेग गर्दै जनप्रिय वडाध्यक्ष बर्माले "नेपालगन्ज उप-महानगरपालिका वडा नं. १८ चालू आर्थिक बर्ष ०७९ /०८० मा कृषि सिंचाइका लागि ६० भन्दा बढी बोरिङ्ग जडान कार्य सम्पन्न गरेका छौं । यस कार्यमा बजेट उपलब्ध गराउने संघिय सरकारका मेरा शुभचिन्तक सरहरु, खटिने प्राविधिक सर, बोरिङ्ग जडानका गर्ने टीम, कृषक दाजुहरु लगायत सहयोग गर्...
कालो पट्टीका कारण, कार्यपालिका बैठकमा उपस्थिती निषेध !

कालो पट्टीका कारण, कार्यपालिका बैठकमा उपस्थिती निषेध !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ५ असार - डुडुवा गाउँपालिकाको कार्यपालिका बैठकमा हातमा कालो पट्टी बाँधी गएका वडा नं.५,६ का वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई कालो पट्टी बाँधी बैठकमा उपस्थित गराउन नसक्ने अध्यक्ष चौधरीले भनेका हुन । डुडुवा गाउँपालिका भित्र भई रहेको भ्रष्टाचार, अनियमितता, तानाशाह बिरुद्ध १० बूँदे माँग सहित २०८० ज्येष्ठ १२ गतेदेखि शुरु भएको आन्दोलनमा आज ६ वटै वडाका स्थानिय वासीहरु तथा वडा नं.५ का वडा अध्यक्ष झंक थापा र ६ का वडा अध्यक्ष मोहनराम मिश्र लगायत कार्यपालिका सदस्य शिवकुमार जयसवाल, लिला सुनार, जवन्ती महाउतले हातमा कालो पट्टी बाँधी माँग सम्बोधन गराउन बिरोध प्रदर्शन गरेका हुन । बिहान भएको बिरोध प्रदर्शन पश्चात पालिकाले आयोजित गरेको दिउँसो ३ः३० बजे कार्यपालिका बैठकमा वडा अध्यक्ष द्वय थापा र मिश्रा तथा कार्यपालिका सदस्य तीन जना लगायत ५ जना बैठकमा गई जनताको माँगको बारेमा कार्यपालिक...
तराई-मधेशका अधिकांश स्थानमा उखरमाउलो गर्मी

तराई-मधेशका अधिकांश स्थानमा उखरमाउलो गर्मी

अवधी, आस्था, प्रदेश ५, मौसम, समाचार
काठमाण्डौ, २८ जेठ – तराई-मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ । यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बन्दै आएको छ । दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी किसान रामपरी यादवले भने, ‘खेतीपातीको काम त बिहान-बेलुका गर्छौँ । विगतमा भन्दा यो वर्ष त साह्रै गर्मी भएजस्तो लाग्छ । पहिला गर्मी हुँदा शीतलमा बस्न ठूलाठूला रुख हुन्थे, अहिले त रूख पनि कहाँ पाउनु रु बुढाले छाता ओड्नुभयो भने म सलको सप्को टाउकोमा हाल्छु, बुढाले टाउकामा फेटा बाँधे म छाता ओड्छु । यो घाम त वर्षौँदेखि छाता र सप्कोले छल्दै आएका छौँ ।’ मिथिला नगरपालिका–६ ढल्केवर निवासी आरती कुमारीले भनिन्, ‘घरबाट निस्किँदा घामबाट जोगिन ‘सनब्लक’ प्रयोग गरेकी थिएँ, पसिनाले सबै गयो । छाताले पनि घाम छेक्दैन । अहिले...
माँग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प !

माँग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १६ जेठ-डुडुवा गाउपालिका वडा नं.५ र ६ का वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यले बुझाएको १० बूँदे माँग सहितको ज्ञापन पत्र माथि कुनै सुनुवाई नभएपछि आज डुडुवा गाऊ पालिका कार्यालय २ घण्टा घेराउ गरी काम कार्यवाही ठप पारिएको हो । मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन १० बूँदे माँग सहित डुडुवा गाऊँ पालिका अध्यक्षलाई बुझाएको ज्ञापन पत्र माथि हाल सम्म कुनै सुनुवाई नभएको भन्दै वडा अध्यक्ष झंक बहादुर थापा र मोहन राम मिश्र, कार्यपालिका सदस्य शिव कुमार जयसवाल, जवन्ती महाउत र लीला सुनार लगायत ५ र ६ का वडा सदस्य समेतको सामूहिक निर्णयले डुडुवा गाऊँ पालिका कार्यालय घेराउ गरी २ घण्टाका लागि ठप्प पारिएको कुरा वडा अध्यक्ष थापाले बताएका छन । उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाउपालिकामा रहेका कुनै पनि व...
भारतबाट आयो युरिया मल, तर भएन ढुवानी

भारतबाट आयो युरिया मल, तर भएन ढुवानी

आस्था, प्रदेश ५, मौसम, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० माघ – मल ढुवानीकर्ताको नयाँ ठेक्का नलाग्दा कृषि सामग्री कम्पनीको युरिया मल सहज रूपमा ढुवानी हुन सकेको छैन । दुई सातायता भारतबाट ‘जी टु जी’ प्रकृयाबाट ठूलो परिमाणमा युरिया मल प्राप्त भइसक्दा पनि कृषि सामग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयले करिब एक चौथाइ मल मात्र परिचालन गर्न सकेको छ । कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा आइतबार साँझ सम्ममा ४ हजार ७ सय ५० मेटन युरिया मल भित्रिसक्दा १ हजार ४ सय ४१ मेटन मातहतका कार्यालयमा परिचालन गरेको छ ।कार्यालयका सूचना अधिकृत आलोक कुमारका अनुसार, माघ ४ देखि ८ सम्मको ५ दिनको अवधिमा यति परिमाणमा मल परिचालन भएको हो । यस अवधिमा सबैभन्दा बढी रौतहटमा ४ सय ७० मेटन, धुलिखेलमा २ सय ३ मेटन, काठमाडौंमा १ सय ३६ मेटन, गजुरीमा २१ मेटन, त्रिशूलीमा ६० मेटन, हेटौंडामा २ सय ४१ मेटन, सिन्धुलीमा १ सय १३ मेटन, भरतपुरमा १७ मेटन, पर्वतमा १ सय ३० मेटन र...