Thursday, March 6सत्यम खबर
Shadow

मौसम

आगलागीबाट २५ लाख बराबरको क्षति

आगलागीबाट २५ लाख बराबरको क्षति

प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ बैशाख – बाँकेको राप्तीसोनारी गाउँपालिका-८ स्थित बालापुरमा आज भीषण आगलागी भएको छ । बालापुरका स्थानीय चुनलाल थारू, कमला गिरी र तुलसा गिरीको दुई गोठ र दुई घरसहित चार संरचनामा आगलागी हुँदा क्षति भएको राप्तीसोनारी –८ का वडाध्यक्ष शालिकराम डाँगीले जानकारी दिए। उनका अनुसार थारुको घरमा रहेको अन्नपात, लत्ताकपडालगायत गरगहनासमेत जलेर नष्ट भएको छ । स्थानीय गिरी परिवारको एकएक गोठमा लागेको आगलागीमा परेर भेडा, बाख्रा, भैँसी जलेर मरेको वडाध्यक्ष गिरीले उल्लेख गरे । घटनाको सबै विस्तृत विवरण आएको नआएको र क्षतिको विवरण संकलन भइरहेको बताइएको छ । करिब दुई घण्टा लगाएर अग्नि नियन्त्रक उपकरणका साथै दमकलसहित गएको टोलीले करिब तीन घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो । विद्युतीय अनियमितता कारण एक्कासि सल्किएको आगो केहीबेरमै नियन्त्रण बाहिर जाँदा त्यहाँ रहेका लत्ताकपडा, गरगहना, घर पालुवा जना...
काम्तोक बाँधले पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै आलोचना

काम्तोक बाँधले पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै आलोचना

आस्था, मौसम, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ बैशाख – तिब्बतमा चीनले निर्माण गरिरहेको काम्तोक बाँधले पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै आलोचना शुरु भएको छ । तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधि डा. छेवाङ ग्याल्पो आर्यले दिर्चु नदीमा चीनले बनाइरहेको बाँधले पर्यावरणमा असर पर्ने भन्दै विरोध गरेका हुन् । चीनले दिर्चु नदीमा ११ लाख किलोवाट जलविद्युत परियोजनाका लागि बाँध निर्माण गरिरहेको छ । यस बाँधले सो क्षेत्र आसपास रहेको पर्यावरण र ६ वटा ऐतिहासिक एवम् सांस्कृतिक महत्वका गुम्बामा असर पर्ने जोखिम रहेको जनाइएको छ । उक्त बाँध निर्माणका लागि सो परियोजना निर्माण स्थल नजिकै पर्ने माथिल्लो वोन्तो र शिपा गाउँका हजारौँ मानिसहरू विस्थापित हुने जोखिम पनि रहेको जापान फरवार्डले उल्लेख गरेको छ । यससँगै सो क्षेत्रमा बसोबास गर्ने मानिसहरूको परम्परागत जीवनशैलीमा पनि नकारात्मक असर पर्ने डा. आर्यले उल्लेख गरेका छन् । जापान...
पर्यावरण जोगाउने भन्दै भव्य घोषणा गरेको चीन तमाशा परेड गर्छ

पर्यावरण जोगाउने भन्दै भव्य घोषणा गरेको चीन तमाशा परेड गर्छ

आस्था, बिचार, मौसम, राजनीति, विचार/अन्तर्वार्ता, विदेश, शिक्षा/स्वास्थ्य
काडमाण्डौ, २५ चैत –चीनमा गर्मी बढ्दै जाँदा, यसले उत्तरपश्चिमी प्रान्त सिनजियाङमा बालुवाको आँधी चलाउँछ। बालुवाको आँधी भौगोलिक सिमानालाई बेवास्ता गर्दै सुक्खा क्षेत्रहरू मात्र नभई देशको सुदूर उत्तर र मध्य भाग हुँदै पूर्वी समुद्री तटहरूमा पनि पुग्छ। आँधीको क्रोधको कुनै सीमा छैन, उत्तरी र मध्य चीनका ११ प्रान्तमा विनाश मच्चाउँदै जान्छ। चीनको विशाल विस्तारमा दुईवटा शक्तिशाली मरुभूमि छन्, प्रत्येकको आफ्नै चरित्र र आँधीपूर्ण विरासत छन्। पहिलो, ताक्लिमाकान मरुभूमि, सिन्जियाङ स्वायत्त प्रान्त र यसको छिमेकी क्षेत्र देशको उत्तर पश्चिमी भागमा फैलिएको छ। यसको नाम पुरानो प्रतिध्वनिसँग प्रतिध्वनित छ, पानीबाट वञ्चित भूमि, एक सुकेको उजाड स्थान जहाँ जीवन सहन संघर्ष गर्नुपर्छ। दोस्रो, गोबी मरुभूमि चीनको उत्तरी प्रान्त भित्री मङ्गोलियामा फैलिएको छ। यसको समकक्ष जस्तै, गोबी बालुवा र हावाको लागि कुनै अपरिचि...
रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु

रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु

आस्था, मौसम, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ चैत – मंगलबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । न्युयोर्क पोस्टले रूसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि आइएल-७६ विमान जङ्गलमा खसेको जनाएको छ । सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रु सहित १५ जना थिए । अझैसम्म यात्रुहरूको परिचय तथा गन्तव्य भने स्पष्ट हुन सकेको छैन । न्युयोर्क पोस्टले टेलिग्राम च्यानल–११२ मा सम्प्रेषण गरिएको फुटेजमा विमानको एउटा इन्जिनमा आगो लागेको र तीव्र गतिमा उचाइ गुमाएको देखाइएको रिपोर्ट गरेको छ । अनलाइन समाचार माध्यामहरूले दुर्घटनामा पर्ने सबैको मृत्यु भएको रिपोर्ट गरेका छन् । ‘मस्कोको स्थानीय समयअनुसार दिउसो एक बजे एक आइएल–७६ सैन्य यातायात विमान इभानोवो क्षेत्रमा निर्धारित उडा...
चीनमा पहिरो जाँदा ३९ जनाको मृत्यु

चीनमा पहिरो जाँदा ३९ जनाको मृत्यु

मौसम, यता पनि, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ माघ – दक्षिणपश्चिम चीनको दुर्गम पहाडी क्षेत्रमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सो पहिरामा परी अझै पाँच जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन । युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा यो विपद् आएको हो । चिसो तापक्रम र हिमपातको बीचमा खोजी र उद्धार कार्य जारी राखिएको छ । घटनास्थलमा एक्साभेटर, ड्रोन र उद्धार गर्ने कुकुरको सहयोगमा १ हजार भन्दा बढी उद्धारकर्ताले काम गरिरहेको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ । बाँचेका दुई जनाको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्थानीय विज्ञहरूले गरेको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै भनिएको छ कि उक्त पहिरो ठाडो चट्टान क्षेत्रको भत्किएर आएको थियो, जसमा करिब १०० मिटर चौडाइ, ६० मिटर अग्लो र औसत ६ मिटर गहिराइमा भत्किएको ...
डुडुवाका शैक्षिक संस्था चिसो बढेपछि बन्द

डुडुवाका शैक्षिक संस्था चिसो बढेपछि बन्द

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ माघ – अत्याधिक चिसो बढेपछि बाँके डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भएका छन ।केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठन–पाठन प्रक्रियामा असहज वातावरण हुने भएपछि आज शुक्रबार माघ ५ गतेदेखि माघ ७ गतेसम्म शैक्षिक संस्था बन्द हुने भएको छ । गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक विद्यालय, मदरसा, गुरुकुल र बालविकास तथा संस्थागत विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो । शाखाप्रमुख कर्णले आजएक सूचना जारी गरि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जनाउनु भएको छ ।चिसो अत्याधिक बढेपछि गाउँपालिकाले विभिन्न सार्वजनिक स्थानमा आगो (धुनी) ताप्नका लागि दाउराको व्यवस्थापन गरिरहेको जनाएको छ ।...
ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु

ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु

आस्था, मौसम, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १ माघ – ब्राजिलको दक्षिणपूर्वी शहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । आइतबार बिहान आएको आँधीले शहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास, बेलफोर्ड रोक्सो र साओ जोस डे मेरिटीलाई प्रभावित गरेको स्थानीय अधिकारीले जनाएका छन् । बाढीका कारण सयौँ मानिसले आफ्नो घर खाली गर्नुपरेको दमकल विभागले जनाएको छ । उनीहरूलाई प्रभावित क्षेत्रबाट सुरक्षित क्षेत्रमा स्थापना गरिएका शिविरहरूमा राखिएको छ । शिविरहरूको व्यवस्थापनको लागि सुरक्षाकर्मीलगायतका विपद् व्यवस्थापन निकायका अधिकारीलाई खटाइएको छ । शहरका मेयर एडुआर्डो पेसले आपतकालीन स्रोत साधन र बाढीबाट प्रभावित मानिसहरूको हेरचाहका लागि संकटकालीन अवस्थाको घोषणा गरेका छन् । खबरहब...
जापान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, ५२ जना बेपत्ता

जापान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, ५२ जना बेपत्ता

मौसम, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ पौष – सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यामहरूले जनाएका छन् । बिहिबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ जना बेपत्ता रहेको पुष्टि भएको छ । यसैगरी भूकम्पका कारण कम्तीमा ५६७ जना घाइते भएको सार्वजनिक प्रसारक एनएचके टेलीभिजनले जनाएको छ । मृत्यु हुनेमध्ये सुजु सहरमा ९८, वाजिमा ८३, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा चार, शिका र हाकुई सहरमा एक-एक जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । क्षेत्रीय सरकारले भूकम्प तथा अन्य आठ प्रकोपसँग सम्बन्धित मृत्युको समेत पुष्टि गरेको छ । भूकम्पको जोखिमबाट बाँचेका तर आर्थिक विपन्नताका कारण भूकम्पपछिको शारीरिक र मानसिक पिडा तथा चोटपटकले गर्दा मृत्युवरण गरेको सरकार क्षेत्रीय सरकारले जनाएको छ ।...
पर्यावरणको क्षेत्रमा भारत विकासशील देशहरूको आवाज

पर्यावरणको क्षेत्रमा भारत विकासशील देशहरूको आवाज

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ पौष – भारत केन्द्रिय पर्यावरणमन्त्री भूपेन्द्र यादवले भने, पर्यावरण सम्बन्धी मामिलामा वैश्विक स्तरमा भारत विकासशील देशहरूको आवाज भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आज दुनियाँले भारतको क्षमतालाई चिनेको मात्र छैन जबकि स्वीकार पनि गरेको छ। जी-20 शिखर सम्मेलन अवधि दिल्ली घोषणा अन्तर्गत ''हरित विकास''- को प्रस्तावित अवधारणालाई दुनियाँले स्वीकार गरेको छ। प्रधानमन्त्री मोदीको नेतृत्वमा विश्वमा भारतको प्रतिष्ठा बढ़ेको छ। भूपेन्द्र यादवले मङ्गलवार यहाँ सम्पन्न एक सम्वाददाता सम्मेलनमा भने, चन्द्रयान मिशनबाट हामीले सारा दुनियाँलाई हाम्रो क्षमता के हो भन्ने देखाइदियौं। यसको साथै चन्द्रयान मिशनबाट हामीले विश्वलाई यो कुरा पनि बतायौं, न्यूनतम बजेटमा हामी चाँदसम्म पुग्नसक्छौं। भारतले मिशन चन्द्रयानलाई सञ्चालन गरेर आफ्नो क्षमताहरूलाई सिद्ध गरिसकेको छ। भारतले कम वित्तीय ...
चीनमा भूकम्प, १०० जना बढीको मृत्यु

चीनमा भूकम्प, १०० जना बढीको मृत्यु

आस्था, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ४ पौष – चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भूकम्पमा परी २२० जना घाइते भएका छन् । मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा बढी क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प १० किलोमिटर गहिराइमा गएको जनाएको छ । यसैबीच, चिनियाँ राष्ट्रपति सी चीनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरूको उद्धार, राहत र घाइतेहरूको उपचारमा सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् । आपतकालीन कामदारहरूले चिसो मौसमको सामना गर्दै उद्धारकार्यलाई जारी राखेको समाचारमा जनाइएको छ ।...