
जलवायु परिवर्तन बारे कमल चलाउन आग्रह
नेपालगन्ज, ४ फागुन – एनआईआरसीले नेपाली मिडियामा जलवायु परिवर्तन बारे छलफल कार्यक्रम सम्पन्न गरेको छ । गहन अध्ययन गरी जलवायु परिवर्तन बारे कमल चलाउन आग्रह गरिएको थियो ।
नेपाली मिडियामा जलवायु परिवर्तन बारे कसरी रिपोर्ट गरिन्छ भन्ने विषयमा केन्द्रित रहेको थियो । जसमा मिडियाको फ्रेमिङ र जनधारणालाई कसरी प्रभाव पार्छ सहभागी सञ्चारकर्मीहरुद्वारा विश्लेषण गरिएको थियो ।
जलवायु परिवर्तन अहिले विश्वभरकै गम्भिर चुनौतीको रुपमा देखिएको छ । नेपाल यसको प्रत्यक्ष प्रभावमा परेका शिर्ष १० मुलुकहरु मध्ये एक रहेको छलफलमा बताईएको थियो । बढ्दो तापक्रम, अनियमित वर्षा, हिमनदीहरु पग्लने क्रम, बाढी, पहिरो जस्ता जलवायु जन्य विपदहरुले नेपालमा कृषि, जल स्रोत, जैविक विविधता र मानव बस्तीहरुमा ठूलो असर पु¥याईरहेको छ । नेपालको ऊर्जा उत्पाद न मुख्य रुपमा जलविद्युतमा निर्भर रहेको जसमा मौसमको परिवर्तनले प्रत्यक्ष अ...