Wednesday, June 17सत्यम खबर
Shadow

सूचना-प्रबिधि

स्थानीय तहमा विपत सम्वन्धी ऐनको कार्यान्वयन गर्न सुझाव

स्थानीय तहमा विपत सम्वन्धी ऐनको कार्यान्वयन गर्न सुझाव

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १४ अषाढ - रणनितिक रुपमा बाढी विपतको व्यवस्थापन गर्न स्थानीय सरकारले निर्माण गरेको ऐन कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने जोड दिइएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जको संयुक्त आयोजनामा आज सोमबार आयोजित भर्चुअल अन्तरसम्बादका सहभागिहरुले अहिले बाढी प्रकोपको समय भएकाले त्यसबाट बच्न पुर्वतयारीमा विशेष ध्यान पुर्याइ समुदाय स्तरमा सर्तकता अपनाउनु पर्नेमा जोड दिइएको थियो । कार्यक्रममा बोल्ने सहभागिहरुले बाँके जिल्ला बाढी प्रकोपको क्षेत्रमा अति प्रभावित जिल्ला भएकाले क्षति न्युनीकरणका लागि विशेष तयारी गर्नुपर्ने भन्दै बाढी र डुबानको दिर्घकालिन समस्या समाधानका लागि संघिय सरकारको सहयाेग रहेको बताएका थिए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जिल्लामा विपतब...
कृत्रिम घटना अभ्यासमा रेडक्रसबाट प्राथमिक उपचार सेवा

कृत्रिम घटना अभ्यासमा रेडक्रसबाट प्राथमिक उपचार सेवा

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
प्रहलाद विश्वकर्मा,नेपालगन्ज, ११ अषाण - जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा राप्तीनदीमा भएको बाढी कृत्रिम घटना अभ्यासका क्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाबाट प्राथमिक उपचार सेवा प्रदान गरिएको छ । डुडुवा गा.पा. वडा ४ काम्दीका १० जना व्यक्ति घाँस दाउरा लिन राप्तीनदी पारी गएको र बाढीको सतह बढेपछि घरफर्कन नसके पछि आपत्कालीन कार्यसंचालन केन्द्रमा प्राप्त सूचनाका आधारमा सुरक्षा निकायका उद्धारकर्मीहरुले उद्धार गरेको परिदृष्य देखाइएको थियो यसैगरी हराएका मध्ये १ जनाको मृत्यु भएको दृष्य समावेश गरिएको थियो । सुरक्षा निकायका उद्धारकर्मीहरुले उद्धार गरेका सबैजनालाई रेडक्रसका प्राथमिक उपचारक स्वयंसेवकले प्राथमिक उपचार गरी अस्पताल पठाएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक रथि हरेन्द्र पाठक, प्रमुख...
पत्रकारहरुका लागि भर्चुअल मानवअधिकार तालिम

पत्रकारहरुका लागि भर्चुअल मानवअधिकार तालिम

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २२ जेष्ठ – पत्रकारहरुका लागि मानवअधिकारका विषयमा एक दिने भर्चुअल तालिम नेपालगन्जमा सम्पन्न गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज शनिबार भर्चुअल अनलाईन तालिम गरेको हो ।तालिममा मानवअधिकार, अवधारणा, सिद्धान्तका बारेमा राष्ट्रिय मानवअधिकार आयोगका पुर्ब सदस्य मोहना अन्सारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार कार्यान्वयनको फ्रेमवर्कका बारेमा कानूनविद अधिबक्ता मोहनलाल आचार्य र मानवअधिकारका सवालको पहिचान, रिर्पोटिग र पत्रकारहरुको भुमिकाका बारेमा वरिष्ठ पत्रकार धमेन्द्र झाले सहजीकरण गर्नुभएको थियो । तालिम पश्चात सहभागी पत्रकारहरुले मानवअधिकार सवालको पहिचान तथा त्यस अन्तर्गतका विषय बस्तुहरुमा रिपोर्टिग गर्ने विश्वास लिइएको छ । तालिममा बाँके र बर्दिया जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब दुई दर्जन सक्रिय ...
छैटौं र्याली अफ होप : शान्तिमय संसार निर्माण गर्न पहल गर्ने

छैटौं र्याली अफ होप : शान्तिमय संसार निर्माण गर्न पहल गर्ने

आस्था, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २६ बैशाख – कोरियाली प्रायद्वीपको शान्तिपूर्ण पुनर्मिलनका लागी र ‘थिंक ट्यांक २०२२’को स्थापनाको घोषणा आज गरिएको छ । यहि बैशाख २६ गते आईतबार दक्षिणा कोरियामा छैटौं र्याली अफ अन्तर्गत भएको समारोहमा यूपीएफका सहसंस्थापक डा.हाक जा हान मुनले यस्तो घोषणा गर्नुभएको हो ।युनिभर्सल पीस फेडरेशन (यूपीएफ) द्वारा आयोजना गरिएको छैटौं र्याली अफ होपमा नेपाल लगायत संसारभरका बिभिन्न टेलिभिजन तथा सामाजिक सञ्जाल मार्फत लाइभ प्रसारण गरिएको कार्यक्रममा करौडौले सहभागिता जनाएका थिए ।युपीएफको यो शान्ति पहलकदमीले विश्व शान्तिमा केन्द्रित भई विश्वभरिका लाखौं मानिसहरूको ध्यान तान्दै आएको छ । यूपीएफका सातओटा अन्तर्राष्ट्रिय संघसँग जोडिएका “पेशागत विज्ञहरुको समूह” सम्पुर्ण क्षेत्रका विषेशज्ञहरुको विश्वव्यापी संजाल समावेश हुनेछ । यसरी तयार गरिएको विज्ञहरुको समूहले वेबिनार, तथ्य पत्ता लगाउने भ्रमण, परामर्श, आत्मव...
तीनदिने यूपिएफको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

तीनदिने यूपिएफको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १९ बैशाख – संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पीस फेडेरेसन (यूपीएफ) ले आयोजना गरेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । यहि बैशाख १६ देखि १८ सम्म भर्चुयल माध्यमबाट भएको सम्मेलनमा उत्तरपूर्वि एशिया क्षेत्रका दर्जनौ देशहरूबाट ७ हजार भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको युपीएफले जनाएको छ । उतरपूूर्बि एशिायमा शान्तिको पहलकदमी अभियान अन्तर्गत सम्मेलनको आयोजना गरेको हो । सम्मेलनको उद्घाटन सत्रमा फिलिपिन्सका पूर्वसभामुख जोसे डे भेनेसिया, युफिएफ अन्तर्राष्ट्रिका अध्यक्ष डा.थोमस जिबाल्स लगायतले सम्बोधन गरेका थिए ।बिश्व एकताको आधारसिलामार्फत कोरियन प्रायदिप शान्तिपूर्ण एकिकरण प्रयास बिषयमा हुने छलफलमा राष्ट्र प्रमुखहरू, सांसदहरू, अन्तर धार्मिक नेतृत्वहरू, महिला नेतृत्वहरू, आमसंचार, शिक्षा व...
अवधी भाषा–साहित्यको वेबनार सम्पन्न

अवधी भाषा–साहित्यको वेबनार सम्पन्न

अवधी, आस्था, प्रदेश ५, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १९ बैशाख – भाषा र साहित्यको सम्बर्धन र प्रवद्र्धन गर्न अमेरिका स्थित अप्रवासी मातृभाषी नेपालीहरुको संस्था अन्टाले नेपालको तराईका भाषा र साहित्यमा विविध कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । त्यही कार्यक्रमको उद्देश्य अनुरुप मे १ तारीखका दिन साँझ अवधी भाषा–साहित्यको वेबनार कार्यक्रम ग¥यो । अमेरिकी प्रबासमा रहेका अवधी भाषी, नेपाल तथा भारतका अवधी भाषी स्रष्टा तथा यसका अनुरागीहरुलाई एकजुट गराउने उद्देश्यले अन्टाले निरन्तर वेबनार आयोजना गर्दै आएको छ ।सो वेबनारको दोस्रो भाग अन्तर्गत शनिवारका दिन तीन वटा प्रस्तुतीकरण भयो । अवधी लोक साहित्यका विविध पक्ष शीर्षकमा विक्रममणि त्रिपाठी, वर्तमान अवधी साहित्य तथा भावी कार्यदिशामाथि हंसावती कुर्मी र अवधी सहित्यको स्वरिणम काल विषयमा भगवान यादवले प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रमको प्रारम्भमा अन्टाकी अध्यक्ष अपरिजता झाले कोरोना संक्र...
विभेदपूर्ण सदस्यता वितरण अविलम्ब सच्याउन अवधी पत्रकार संघ नेपालको माग

विभेदपूर्ण सदस्यता वितरण अविलम्ब सच्याउन अवधी पत्रकार संघ नेपालको माग

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, १८ चैत – नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा पठाईएको सदस्यता वितरण नामावलीमा विभेदपूर्ण तरिकाले सदस्यता वितरण गरेको रत्यसलाई अबिलम्ब सच्याउन अवधी पत्रकार संघ नेपालले माग गरेको छ ।अवधी पत्रकार संघ नेपालका महासचिव गुरमुरत यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा “नेपाली पत्रकारहरुको छाता संगठनको रुपमा नेपाल पत्रकार महासंघ रहेको छ । यसको गरिमा मान मर्यादाको पालना तथा रक्षा गर्न हामी सम्पूर्ण पत्रकारहरुको जिम्मेवारी पनि हो । त्यसै अनुरुप पत्रकार महासंघ संस्था पनि अघि बढनुपर्ने हो । तर निर्वाचनका क्रममा सदस्यता वितरण गरिने कार्यले विवाद तथा राजनितिक बृत्त देखाएको छ ।” भनी उल्लेख गरिएको छ । विज्ञप्तीमा अगाडी – “त्यसैले गैरराजनितिक ढंगले पत्रकार महासंघको विधान बमोजिम सदस्यता वितरण गर्नुपर्ने हो । तर त्यस्तो भएको छैन । बाँके जिल्लामा अहिले वितरण गरिएको सदस्यता प्रक्रियाप्रति अवधी पत्...
जोशीका विषयमा आएका समाचारमा काउन्सिलको गम्भीर ध्यानाकर्षण

जोशीका विषयमा आएका समाचारमा काउन्सिलको गम्भीर ध्यानाकर्षण

प्रदेश १, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ४ चैत – प्रेस काउन्सिल नेपालले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशी विषयमा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै जोशीका विषयमा कतिपय सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले निधन भएको भनी गलत र भ्रमपूर्ण समाचार सामग्री सम्प्रेषण गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । काउन्सिलका उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार तथा सञ्चारमाध्यमले जिम्मेवारी बोधको समेत ख्याल नगरी हल्ला र अनुमानका भरमा तथ्यहिन÷पुष्टि नभएका सामग्री सम्प्रेषण भएको देखिएकाले त्यस्ता सञ्चारमाध्यमलाई कारबाही प्रकृया अगाडी बढाउनुका साथै सामाजिक सञ्जालबाट पोष्ट गर्ने पत्रकारलाई सचेत गराएको उल्लेख छ ।को पहिला हुने भन्ने होडबाजीमा पुष्टिबेगर मानिसको जीवनसँग सम्बन्धित मानवीय संवेद...
बाँकेमा अनलाइन पत्रकार संघ गठन

बाँकेमा अनलाइन पत्रकार संघ गठन

प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २ चैत – बाँकेमा सञ्चालित अनलाईन मिडियालाई व्यवस्थित गर्नुका साथै अनलाइन मिडियाको समग्र विकासका लागि नेपालगन्जमा अनलाइन पत्रकार संघ गठन गरिएको छ ।सोमबार नेपालगन्जमा भएको अनलाइन मिडियाका प्रकाशक, सम्पादक र प्रतिनिधी लगायतको बुहत भेलाले सेतोखरी मिडिया प्रालीका प्रकाशक तथा प्रधानसम्पादक कमल न्यौपानेको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । भेलाले जावेद अन्सारीलाई सहसंयोजक, रामु ओलीलाई सचिव संगीता पाठक (सन्ध्या) लाई सहसचिव र असलम खाँलाई कोषाध्यक्षमा चयन गरेको छ । कार्य समिति सदस्यमा सुनिता पन्त, प्रेरणा गिरी, भिष्म लोध, दिक्षा विसीलाई चयन गरेको छ । गठित तदर्थ समितिको पहिलो बैठक सोमबार नै बसेको छ । उक्त बैठकले हरेक महिनाको १५ गते मासिक नियमित बैठक बस्ने, संघ आधिकारीक दर्ताका लागि आवश्यक प्रक्रिया अघि बढाउने, नविकरण र दर्ता नभएका अनलाईन दर्ताको प्रक्रिया अघ...
हुलाक टिकट टाँस्ने कार्यको अवधी पत्रकार संघ नेपाल बाँके शाखाद्वारा विरोध

हुलाक टिकट टाँस्ने कार्यको अवधी पत्रकार संघ नेपाल बाँके शाखाद्वारा विरोध

प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २५ फागुन – नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले पत्रिकाहरुमा टिकट टाँसे मात्र सो पत्रिकाहरु सम्बन्धित जिल्ला हुलाक कार्यालयले वितरण गर्ने प्रावधान ल्याएपछि बाँके जिल्ला हुलाक कार्यालयले जिल्लाबाट प्रकाशित हुने विभिन्न पत्रिकाहरुको वितरण कार्य रोक्दै प्रकाशित पत्रिकाहरु कार्यालयमा वितरण गराउन ल्याउँदा अनिवार्य रुपमा टिकट टाँस्ने कार्यमा पत्रपत्रिकाहरुलाई कडाई गरेको छ । जसको कारण बाँके जिल्लाबाट प्रकाशित साप्ताहिक पत्रिका र अन्य कैयन दैनिक पत्रिकाहरु आफ्नो पत्रिकाहरु बाहिरी जिल्ला र विभिन्न गाउँपालिकाहरुमा पठाउँदै आएका थिए । सो पत्रिका वितरण नभई हुलाक कार्यालयमा फर्किएको छ ।यस सम्बन्धमा बाँके जिल्ला हुलाक कार्यालयले एक सूचना टाँस गरि पत्रिकाहरु जिल्ला भित्र वितरण गर्दा २ रुपैयाँको टिकट अनिवार्य रुपमा प्रति पत्रिका टाँस्नु पर्ने र बाहिर जिल्लामा वितरणका लागि पठाउ...