Tuesday, October 22सत्यम खबर
Shadow

सूचना-प्रबिधि

‘शनिबार रातीसम्म निषेधाज्ञा जारी रहने’ प्रजिअ कुरूम्वाङ

‘शनिबार रातीसम्म निषेधाज्ञा जारी रहने’ प्रजिअ कुरूम्वाङ

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २० श्रावण– बाँकेमा गत शनिबार रातीदेखि जारी गरिएको निषेधाज्ञा थप ४ दिन बढाईएको छ । मंगलबार बसेको जिल्लास्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले तीन दिने निषेधाज्ञा थप बढाएर लैजाने निर्णय गरेको हो । समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएकोले मंगलबार बसेको बैठकमा आईतबारदेखि जारी निषेधाज्ञा आउने शनिबार राती १२ सम्म जारी रहने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिनुभयो ।...
निषेधाज्ञामा सुनसान देखियो नेपालगन्ज बजार, आज केही एरिया ‘सील’ गर्ने तयारी

निषेधाज्ञामा सुनसान देखियो नेपालगन्ज बजार, आज केही एरिया ‘सील’ गर्ने तयारी

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १८ श्रावण– विगत केही दिन यता समुदायस्तर मै कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि बाँकेमा निषेधाज्ञा जारी गरिएको छ । लकडाउन खुलेसँगै बाँकेमा कोरोना संक्रमण समुदायस्तर मै फैलिन थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले शनिवार राती १२ बजेदेखि लागु हुने गरी तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनको निषेधाज्ञापछि आईतवार बिहानैदेखि बाँकेको नेपालगन्ज बजार सुनसान जस्तै देखिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार, जिल्लामा भाइरसको जोखिम बढेकाले निषेधाज्ञा लगाउनु परेको हो । उहाँले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह समेत गर्नुभएको छ । स्थानीय प्रशासनले तीन दिने निषेधाज्ञामा रक्षाबन्धनलाई मध्यनजर गर्दै निजी सवारी साधन चल्न दिने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभयो । त्यसै आज आईतबार बिहान ११ बजे बस्ने जिल...
“‘लकडाउन अवधीमा छुटेको युनिटलाई समेटिएको हुँदा थप शुल्क देखिएको” प्रमुख मल्लिक  “जति जोगी आए पनि कानै चिरिएका”– उपाध्याय

“‘लकडाउन अवधीमा छुटेको युनिटलाई समेटिएको हुँदा थप शुल्क देखिएको” प्रमुख मल्लिक “जति जोगी आए पनि कानै चिरिएका”– उपाध्याय

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १४ श्रावण– नेपालगन्ज विद्युत कार्यालय भित्र प्रायः सबै कोठामा एसीसहितका रुमहरु रहेको पाईन्छ यो राम्रो हो, सेवा गर्दा आफूलाई आराममा राखी सेवा प्रदान गर्नु कदापि अनुचित ठान्न मिल्दैन । तर जब त्यही सेवालाई मेवा खाने भाडो बनाईन्छ, जनतामा आक्रोश उत्पन्न हुन्छ । हालको अवस्था त्यही भएको पाईन्छ । चैत्र महिनादेखि लकडाउनले गर्दा विद्युत मिटर रिडिङ्ग नभएको हुँदा सो अगाडी मिटरमा आउने अंकलाई अनलाईनमा समेटिएको भएपनि लकडाउन खुलेपछि घरघरमा मिटर रिडरहरुले गएर छुट भएको मिटर अंकलाई समेटिएको हुँदा यसपटक धेरै विद्युत महसुल आयो भनेर नेपालगन्ज विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुख ई. लखनलला मल्लिकको भनाई रहेको छ । केन्द्र प्रमुख ई. मल्लिकको भनाई अनुसार बत्ती गईसकेपछि पुनः बिद्युत आउँदा घरभित्रका सबै बत्तीहरु निभाईएको छैन भने मेन मिटरमा केही असर गर्दैन । तर यसबारे अन्य ईन्जिनियर र मिस्त्रीहरुबाट बुझ्द...
बाँकेका संचारकर्मीद्वारा सञ्चार मन्त्रीलाई ज्ञापन पत्र  सेवा सुविधा खोसिएकोमा बाँके बर्दियाका पत्रकारहरु मर्कामा

बाँकेका संचारकर्मीद्वारा सञ्चार मन्त्रीलाई ज्ञापन पत्र सेवा सुविधा खोसिएकोमा बाँके बर्दियाका पत्रकारहरु मर्कामा

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २ श्रावण– बाँके र बर्दियाका सञ्चारकर्मीहरुले नेपाल सरकारले नेपालगन्जबाट दिइआएको नियमित सेवा सुविधाहरुबाट एक वर्षदेखि वञ्चित हुँदै आएको गुनासो गर्दै नेपाल सरकारका सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले विहिबार प्रमुख जिल्ला अधिकारी मार्फत् आफ्ना ६ वूँदे मागहरु सहितको ज्ञापन पत्र बुझाएका हुन् । वरिष्ठ पत्रकार तथा साप्ताहिक पाक्षिक सञ्जाल बाँकेका सल्लाहकार पूर्णलाल चुकेद्वारा वाचन गरी प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङलाई उहाँकै कार्य कक्षमा बुझाइएको ज्ञापन पत्रमा गत वर्षसम्म नेपालगन्जबाट सञ्चार केन्द्र मार्फत् स्थानीय पत्रपत्रिका तथा सञ्चारकर्मीहरुलाई उपलब्ध गराउँदै आएको सेवा सुविधाहरु सञ्चार केन्द्रको खारेजी पछि प्रदेश अस्थाई राजधानीका नाममा रुपन्देही जिल्ला हुलाकलाई दिइएकोमा आपत्ती जनाउँदै उक्त जिम्मेवारी बाँके जिल्ला हुलाकलाई दिइनु पर्ने माग गरिएको छ । संघी...
जग्गा प्रकरणका विषयमा प्रेस यूनियनको ध्यानाकर्षण

जग्गा प्रकरणका विषयमा प्रेस यूनियनको ध्यानाकर्षण

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगंज, श्रावण १ गते–बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ४ मा रहेको सरकारी जग्गा प्रकरणका विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचारप्रति नेपाल प्रेस युनियन बाँकेको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त प्रकरणमा पत्रकारहरुको संलग्नता रहेको समाचारलाई लिएर पत्रकार तथा पत्रकारिताप्रति समाजमा नकारात्मक टिकाटिप्पणी भइरहेको पाइएकोले सो सम्बन्धमा आवश्यक छानविन भइ तथ्य बाहिर ल्याउन उपयुक्त हुने भएकाले उपरोक्त विषयका सम्बन्धमा सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउने युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षमा बुधबार बसेको बैठकले निर्णय गरेको छ । साथै उक्त प्रकरणको छानविनमा सहयोग पु¥याउनका लागि न्यायिक निकायबाट अन्तिम टुंगो नलाग्दासम्म युनियनका साधारण सदस्य चेतकान्त भट्टराईलाई साधारण सदस्यबाट निलम्बन गर्न नेपाल प्रेस युनियन केन्द्रिय समिति समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ । यस्तै ज...
“क्रिकेट खेलप्रेमीहरुले स्टेडियम पाउने आशा”

“क्रिकेट खेलप्रेमीहरुले स्टेडियम पाउने आशा”

प्रदेश ५, समाचार, सूचना-प्रबिधि
चन्द्रेश्वर राज त्रिपाठी नेपालगंज/असार– दशकौदेखि फुल्टेक्रामा रहेको ताललाई लिएर विवाद हुँदै आएको भएतापनि अब उक्त विवाद समाधान हुने निश्चित भएको छ । सोही फुल्टेक्रा तालको मुहार फेर्ने सोचका साथ नेपालगन्ज उपमहानगरपालिका र वडा नं. ६ ले बृहत योजना साथ अगाडी आएका छन् । फुल्टेक्रामा रहेको तालको जग्गालाई धेरैले कब्जा समेत गरी बसेका छन् । तर अब ती कब्जामा रहेको जग्गा समेत सरकारी नापीबाट पुनः सरकार कै अधिनमा आउने निश्चित देखिन्छ । बाँके जिल्लालाई खेलाडीको शहर भनेर समेत चिनिने गरिएको छ । यस बाँके जिल्लाबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिएको इतिहास हामी सामु रहेको पाईन्छ । यस इतिहासलाई कायम राख्न नेपालगन्ज उपलमहानगरपालिका र वडा नं. ६ ले पाईला चाल्ने भएका छन् । विगत केही महिना अगाडी क्रिकेटको स्टेडियन बनाउन जग्गाको खोजी गर्न नेपालगन्ज उपमहानगरपालिकाबाट वडा नं. २ का वडा अ...
कुसुममा पुग्ने भयो बिजुली,२३ गते उर्जामन्त्रीबाट उद्घाटन

कुसुममा पुग्ने भयो बिजुली,२३ गते उर्जामन्त्रीबाट उद्घाटन

प्रदेश ५, सूचना-प्रबिधि
सत्यम खबर बाँके,२१ असोज । बिगत लामो समय देखि टुकी र सौर्य उर्जाको भरमा रहँदै आएको बाँकेको पुर्वी क्षेत्र राप्तीसोनारी गाउँपालिका १ कुसुममा दशै अगाडि नै बत्ति बल्ने पक्कापक्की भईसकेको प्रदेश सांसद कृष्णा केसीले बताएकीछन । यसका लागि असोज २३ गते मंगलबार उर्जामन्त्री बर्षमान पुनले एक कार्यक्रमका बिच उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रदेश सांसद केसीले जानकारी दिइन् । यसअघि पटक–पटक म्याद थप्दासमेत विद्यूतीकरणको काम अलपत्र परेको थियो । प्रदेश सांसद नमुनाका अनुसार दशै अगाडि साविक खासकुश्माको सौरीदेखि बर्दापुर गाउँसम्म बिजुली बाल्ने तयारी गरिएको छ । कुसुमको राप्तीनदी पारीको क्षेत्र बाहेक वारीका सबै स्थानहरुमा बिजुली बल्ने भन्दै नेपाल विद्युत प्राधिकरण क्षेत्रीय प्रमुख मनोजकुमार सिंहले त्यसका लागि ९ वटा ट्रान्सफर्मर जडान गरी परिक्षण समेत गरिसकिएको बताए । लामो समयदेखि अवरुद्व रहेको विद्यूतीकरणको...
किसानका खेतखेतमा मन्त्रालयको टोली !

किसानका खेतखेतमा मन्त्रालयको टोली !

प्रदेश ५, सूचना-प्रबिधि
बाँके,१८ असोज । प्रदेश नम्बर ५ को कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयले किसानलाई उपलब्ध गराउने अनुदान बास्तविक किसानसँग पुर्याउन किसानका बारीमा टोली खटाएको छ । मन्त्री आरती पौडेलका स्वकीय सचिव सुर्य रोकाय बाँके बर्दियाका किसानको घरदैलोमा खटिदैं प्रदेश सरकारले उपलब्ध गराउने अनुदान बारे जानकारी गराउदै हिडेका छन् । पछिल्लो समय प्रदेश मन्त्रालयले ब्यावसायिक किसान र फर्मलाई कृषि अनुदानका लागि प्रस्तावना माग गरेको अवस्थामा मन्त्रीका स्वकीय सचिव रोकाय किसानको घरदैलोमै पुगेर अनुदान फर्म भर्ने तरिका लगायतका बारेमा जानकारी दिईरहेका छन् । सबै किसानसँग सूचनाको पहुँच नभएका कारण आफुहरु घरदैलोमा खटिएको रोकायले बताए । ‘सरकारले दिने अनुदान सिमित टाठाबाठा किसानले भन्दा पनि वास्तविक किसानले पाउनुपर्छ भन्ने मन्त्रालयको मान्यता रहेको छ’, रोकायले भने, ‘सरकारले किसानलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा बार...
खरेलको पहलमा खजुरामा कृषि क्याम्पस

खरेलको पहलमा खजुरामा कृषि क्याम्पस

प्रदेश ५, सूचना-प्रबिधि
बाँके,१५ असोज । बाँकेको खजुरा सन्तकुटीमा कृषि क्याम्पस संचालनका लागि महत्वपूर्ण निर्णय भएको छ । प्रदेशसभा सदस्य समेत रहेका क्याम्पसका संयोजक आईपी खरेलको पहल र सक्रियतामा कृषि क्याम्पसले सार्थकता पाएको हो । जनता नमूना माविको ९ बिघा जग्गामा कृषि क्याम्पस स्थापना हुन लागेको हो । हाल जनता नमूना माविको स्वामित्वमा रहेकोकित्ता नम्बर ११, २४,२५ र २६ को ६ बिघा तथा कित्ता नम्बर १० को क्षेत्रफलबाट ३ विघा गरि ९ विघा जग्गा प्रस्तावित खजूरा कृषि क्याम्पसका लागि उपलब्ध गराउने भन्दै विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, खजूरा गाउँपालिका, शिक्षा विकास तथा समन्वय ईकाईबाट सिफारिस लिएर प्रदेशसभा सदस्य खरेल शिक्षा मन्त्रालय पुगेका थिए । संघीय संरचना अनुसार स्थानीय तहले नै जग्गा भोगाधिकारका लागि उपलब्ध गराउन सक्ने भन्दै असोज १२ गते शिक्षा मन्त्रालयले सचिव स्तरीय निर्णय गरेको छ । मन्त्रालयको निर्णयपछि अब खज...