
नेपालगन्ज, २ चैत – बाँकेमा सञ्चालित अनलाईन मिडियालाई व्यवस्थित गर्नुका साथै अनलाइन मिडियाको समग्र विकासका लागि नेपालगन्जमा अनलाइन पत्रकार संघ गठन गरिएको छ ।
सोमबार नेपालगन्जमा भएको अनलाइन मिडियाका प्रकाशक, सम्पादक र प्रतिनिधी लगायतको बुहत भेलाले सेतोखरी मिडिया प्रालीका प्रकाशक तथा प्रधानसम्पादक कमल न्यौपानेको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ ।
भेलाले जावेद अन्सारीलाई सहसंयोजक, रामु ओलीलाई सचिव संगीता पाठक (सन्ध्या) लाई सहसचिव र असलम खाँलाई कोषाध्यक्षमा चयन गरेको छ । कार्य समिति सदस्यमा सुनिता पन्त, प्रेरणा गिरी, भिष्म लोध, दिक्षा विसीलाई चयन गरेको छ ।
गठित तदर्थ समितिको पहिलो बैठक सोमबार नै बसेको छ । उक्त बैठकले हरेक महिनाको १५ गते मासिक नियमित बैठक बस्ने, संघ आधिकारीक दर्ताका लागि आवश्यक प्रक्रिया अघि बढाउने, नविकरण र दर्ता नभएका अनलाईन दर्ताको प्रक्रिया अघि बढाउन प्रयास गर्ने निर्णय गरेको छ ।
बैठकले संघको सल्लाहकारमा रूद्र सुवेदी, प्रेम केसी, शंकर खनाल, विश्वराज पछल·या, डक्ट प्रसाद धिताललाई मनोनित गर्नका लागि बहस अघि बढाउनु निर्णय गरेको छ । आगामी बैठकले सल्लाहकार समितिका पदाधिकारीको मनोनय गर्नेछ ।
संघले स्थानीय तह लगायत सम्बन्धित निकायसँगको समन्वयमा अनलाईन पत्रकारिताको विकास र पत्रकारको क्षमता अभिवृद्धिका साथै पत्रकारको हकहित र अधिकारका बिषयमा विविध कार्यक्रम तथा गतिविधी सञ्चालन गर्ने भएको छ ।



