कृषि एपको सहयोगबाट मौसम अनुसार उत्पादनमा बृद्धि गर्न सकिने तालिम
रोहितकुमार मिश्रनेपालगन्ज, २४ फागुन – जानकी गाउँपालिका वडा नं. १ पचपोखरामा एक दिने तरकारी सम्बन्धी तालिम दिईएको छ ।आज सोमबार घरेलु महासंघ नेपालगन्जका मेराज बागवान, भिमी बुढाथोकी तथा विशाल विष्टले संयुक्त रुपमा जानकी वडा नं. १ पचपोखरामा २० जनालाई सहभागी गराई गाउँबाट उत्पादन हुने तरकारीलाई गाउँ मै बसी खरीद–बिक्री गर्न सकिने, तरकारीमा मौसम अनुसार कसरी उत्पादन बढाउन सकिन्छ भन्ने जानकारी एपबाट लिन सकिने तथा उत्पादित तरकारीमा कति मात्रामा मल (खाद्य) प्रयोग गरिन्छ लगायतका बारे जानकारी गराएका थिए ।
एक दिने तालिमबाट आफूहरु घर मै बसी अब आउने दिनमा बढीभन्दा बढी तरकारी उत्पादन गर्न सकिने बताउँदै तालिममा सहभागी उमेशनाथ मिश्रले भन्नुभयो– एपले गर्दा हामी अब घरबाट उत्पादन बृद्धि गर्न सक्छौं र उत्पादित तरकारी बिक्री गर्न समेत सकिने भएको हुँदा लाभदायक रहेको बताउनुभयो ।
तालिममा कृषि सामाग्रीलाई...









