
नेपालगन्ज, १८ चैत – नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा पठाईएको सदस्यता वितरण नामावलीमा विभेदपूर्ण तरिकाले सदस्यता वितरण गरेको रत्यसलाई अबिलम्ब सच्याउन अवधी पत्रकार संघ नेपालले माग गरेको छ ।
अवधी पत्रकार संघ नेपालका महासचिव गुरमुरत यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा “नेपाली पत्रकारहरुको छाता संगठनको रुपमा नेपाल पत्रकार महासंघ रहेको छ । यसको गरिमा मान मर्यादाको पालना तथा रक्षा गर्न हामी सम्पूर्ण पत्रकारहरुको जिम्मेवारी पनि हो । त्यसै अनुरुप पत्रकार महासंघ संस्था पनि अघि बढनुपर्ने हो । तर निर्वाचनका क्रममा सदस्यता वितरण गरिने कार्यले विवाद तथा राजनितिक बृत्त देखाएको छ ।” भनी उल्लेख गरिएको छ ।
विज्ञप्तीमा अगाडी – “त्यसैले गैरराजनितिक ढंगले पत्रकार महासंघको विधान बमोजिम सदस्यता वितरण गर्नुपर्ने हो । तर त्यस्तो भएको छैन । बाँके जिल्लामा अहिले वितरण गरिएको सदस्यता प्रक्रियाप्रति अवधी पत्रकार संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार महासंघ बाँके शाखा विभेदपुर्ण तरिकाले सदस्यता वितरण गरेको हुनाले त्यसलाई अबिलम्ब सच्चाउन हामी जोडदार माग गर्दछौ । जिल्लामा दसकौ बढीदेखि पत्रकारिता व्यवसाय गरिरहेका पत्रकारले पटक पटक सदस्यता आबेदन दिएपनि राजनितिक भागवण्डामा कहिलै नपर्ने गरेको घटनाप्रति संघले घोर आपत्ती गरेको छ । संघको विधानले समेत समाबेशीमुलक संस्था बनाएपनि त्यस अनुरुप नगरि अवधी भाषी पत्रकारहरुलाई विभेदपुर्ण तरिकाको व्यवहार देखाएको हाम्रो ठहर छ ।” भनी लेखिएको छ ।
विज्ञप्तीमा “महासंघको सदस्यता वितरणमा कुनै पनि भाषा, जातजाती, वर्ग समुदायको नभनि समाबेशी ढंगले सबैलाई सामान व्यवहार गर्न संघले हार्दिक अपिल गर्दछ । साथै केही अवधी भाषी पत्रकारहरुको सदस्यता नविकरण समेत नगर्दा त्यहा पनि अवधी पत्रकारलाई विभेद तथा अपहेलना गरिएको पाइएको छ । साथै सदस्यता विवादका विषयमा प्रेश चौतारी बाँकेले महासंघ कार्यालयमा गरेको तालावन्दीको सर्मथन समेत गर्दछ । आगामी दिनमा महासंघले गरेको कमी कमजोरीलाई तत्काल सुधार गर्न जोडदार माग गर्दछौ ।” भनी यादवद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

