Monday, April 20सत्यम खबर
Shadow

भारतका टीभी च्यानलहरूले कम्तीमा ३० मिनेटको सामाजिक सन्देशमूलक कार्यक्रम प्रसारण गर्नुपर्ने

काठमाण्डौ, २३ माघ – भारतको सूचना तथा प्रसारण मन्त्रालयले सोमबार निजी प्रसारणकर्ताहरूलाई हरेक दिन ३० मिनेट सार्वजनिक सेवा प्रसारण गर्न निर्देशन जारी गरेको छ।

यस निर्देशनअनुसार प्रासरित सामग्री एक पटकमा ३० मिनेटको हुनु अनिवार्य नभए पनि तर पटक–पटक गरी दिनमा कम्तीमा ३० मिनेटको हुनुपर्ने र यसबारे अनलाइन रिपोर्ट सम्बन्धित निकायमा पेस गर्नुपर्नेछ।

प्रसारणको विषयवस्तुमा शिक्षा र साक्षरताको प्रचार–प्रसार, कृषि तथा ग्रामीण विकास, स्वास्थ्य तथा परिवार कल्याण, विज्ञान तथा प्रविधि, महिला कल्याणलगायतका राष्ट्रिय महत्त्वका विविध विषय र सामाजिक सान्दर्भिक विषयवस्तु समेटिएको हुनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *