कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा दोस्रो वर्षका विद्यार्थीलाई क्लिनिकल प्राक्टिस अभिमुखीकरण
कपिलवस्तु, ६ पाैष - कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा एचए र सिएमएलटी अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरूका लागि क्लिनिकल प्राक्टिस अभिमुखीकरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका कार्यकारी निर्देशक तथा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले गर्नुभएको थियो। अध्यक्ष पाण्डेयले प्राविधिक शिक्षाले दक्ष, जिम्मेवार र मानवताप्रति संवेदनशील स्वास्थ्यकर्मी उत्पादन गर्ने उद्देश्य बोकेको उल्लेख गर्दै विद्यार्थीहरूलाई इमान्दारी, अनुशासन र सेवाभावलाई जीवनको मूल मन्त्र बनाउन आग्रह गर्नुभयो।
कार्यक्रममा प्रशासकीय अधिकृत तथा प्रशासकीय प्रमुख पुनीत कुमार मिश्रले क्लिनिकल अभ्यास स्वास्थ्य शिक्षा कै मेरुदण्ड भएको बताउँदै व्यवहारिक ज्ञान र पेशागत मर्यादाले नै विद्यार्थीलाई सफल स्वास्...









