जनमत रक्तदान अभियानको ६८ औं श्रृङ्खलामा ४ महिला सहित ४९ जनाले गरे रक्तदान
नेपालगन्ज, ७ चैत्र - गोपाल–नीना फाउण्डेसन, नेपाल र जनमत अर्ध साप्ताहिकद्वारा नेपालगन्जमा आयोजना गरिएको रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, औषधि व्यवसायी, नेपालगन्ज साइकल क्लबका प्रशिक्षार्थीहरु तथा नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान” भन्ने नाराका साथ शनिवार सम्पन्न जनमत रक्तदान अभियानको ६८ औं श्रृङ्खलामा ४ जना महिला सहित ४९ जनाले रक्तदान गरेका हुन् ।
गोपाल नीना फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सह–निर्देशक डा. तृप्तीपाल रमण, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवालले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा र होमराज गिरीलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
...









