
नेपालगन्ज, २ चैत्र – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा–५, नेपालगन्ज बाँकेको आयोजनामा विभिन्न स्थानमा ६ वटा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न हुने भएको छ ।

उक्त ६ वटा निःशुल्क शिविर ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा बैजनाथ गाउ“पालिकाको समन्वयमा कान स्वास्थ्य सम्बन्धित समस्या भएका बिरामीहरुलाई निःशुल्क प्राथमिक कान शिविरमा सेवा दिने उद्देश्यका साथ सञ्चालन गरिएकोमा आज सोमबार पहिलो सम्पन्न निःशुल्क कान उपचार शिविरमा ८८ जना बिरामीको परिक्षण गरिएको छ ।

आज सोमबार सम्पन्न शिविरमा महिला ५९ जना, पुक्ष २९ जना गरी जम्मा ८८ जनाको कान स्वास्थय चेकजाँच गरिएको थियो ।
जसमध्ये कान पाक्ने रोग १७ जनामा, काने गुजी १६ जनामा देखिएको थियो भने कानको अप्रेशन ४ जनाको गर्नुपर्ने जनाएका छन ।
वरिष्ठ कान जाँच सहायक भिषण कुमार थारुले दिएको जानकारी अनुसार बैजनाथ गाउ“पालिकाको विभिन्न ६ वटा स्थानहरुमा चैत्र २ गते आज सोमबारदेखि चैत्र ९ गतेसम्म कान उपचारका बिरामीहरुको निःशुल्क कान जाँच गरिने बताए । उनका अनुसार निःशुल्क कान शिविरमा औषधि निःशुल्क पाउनुका साथै कानको अपरेशन गर्नु परेको अवस्थामा १० प्रतिशतसम्म छुटको समेत व्यवस्था गरिने बताए ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले दिएको जानकारी अनुसार बैजनाथ गाउ“पालिकाको समन्वयमा आयोजना गरिएको ६ वटा क्याम्पहरुमा आज सोमबार नौवस्ता स्वास्थ्य चौकी, नौवस्ता, बाँके, भोलि मंगलबार चैत्र ३ गते चिसापानी स्वास्थ्य चौकी, चिसापानी, बा“के, चैत्र ४ गते बुधबार वनकट्वा प्राथमिक स्वास्थ्य केन्द्र, वनकटवा, बाँके, चैत्र ५ गते विहिबार आधारभूत स्वास्थ्य केन्द्र, गरही, चैत्र ६ गते शुक्रबार आधारभूत स्वास्थ्य केन्द्र, पेडारी, चैत्र ९ गते सोमबार टिटिहिरिया स्वास्थ्य चौकी, टिटिहिरिया, बाँकेमा सम्पन्न हुने बताएका छन् ।

उक्त ६ वटा निःशुल्क कान जाँच शिविरमा कान जाँच वरिष्ठ सहायक चिकित्सक तथा आउट रिच भिषणकुमार थारु, वरिष्ठ कान सहायक तिर्थमान चौधरीले सहकार्य गरेका थिए ।
