Tuesday, June 16सत्यम खबर
Shadow

श्रम/रोजगार

गोपाल नीना फाउन्डेशन नेपालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

गोपाल नीना फाउन्डेशन नेपालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, १४ चैत्र - गोपाल नीना फाउन्डेशन नेपालद्वारा आयोजित निःशुल्क एकदिने स्वास्थ्य शिविर आज शनिबार लक्ष्मणपुर–२ नरैनापुर गाउँपालिका बाँकेको प्राथमिक स्वास्थ्य केन्द्रमा, सफलतापूर्वक तथा भव्य रूपमा सम्पन्न भएको छ। यस अवसरमा गोपाल नीना फाउन्डेशन नेपालका प्रबन्ध निर्देशक डा. गौरव श्रेष्ठले भन्नुभयो कि- “हामी यो सेवा पछाडि परेका तथा पहुँच नभएका जनताका लागि सधैं निरन्तर रूपमा प्रदान गर्दै जानेछौं ।” उक्त स्वास्थ्य शिविरमा फिजिसियन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ तथा छाला रोग विशेषज्ञ लगायतका अनुभवी चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। शिविरमा चार सय स्थानीय बासिन्दाहरूले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि सेवा लिएका थिए। कार्यक्रममा स्थानीय जनसमुदायको उत्साहजनक सहभागिता रहेको थियो भने स्वास्थ्य सेवाबाट वञ्चित...
साहु समाजद्वारा बृहत् भण्डारा तथा दीप प्रज्वलन

साहु समाजद्वारा बृहत् भण्डारा तथा दीप प्रज्वलन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ चैत्र - प्रत्येक वर्ष झैं यस वर्ष पनि साहू समाज जिल्ला कार्य समिति एवम् साहू समाज युवा समितिले चेते दशैं श्रीराम नवमी (श्रीराम जन्माेत्सव) को उपलक्ष्यमा त्रिभुवन चोक नजिक बृहत भण्डार सम्पन्न गरेकाे छ । उक्त बृहत भण्डारामा साहु समाज जिल्ला कार्य समिति पदाधिकारी सदस्यहरूकाे सहभागिता हुनुका साथै युवा समितिकाे समन्वय रहेकाे सचिव प्रदीप शाहले बताउनुभयाे । सचिव शाहले आज शुक्रवार माननीय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) काे सपथ ग्रहण भएकाे हुँदा उहाँकाे सफल कार्यकाल सफलताकाे कामनाकाे लागि साहू समाज एवं साहू समाज युवा समितिले श्री राधाकृष्ण मन्दिर एवम् धर्मशालामा ५१ ओठा दीप प्रज्वलन गरी शुभ कामना समेत व्यक्त गरेकाे बताउनु भयाे ।...
बागेश्वरी मन्दिरमा विशाल भण्डारा

बागेश्वरी मन्दिरमा विशाल भण्डारा

आस्था, धार्मिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ चैत - रामनवमीको अवसरमा नेपालगन्ज स्थित बागेश्वरी मन्दिरमा डुडुवा गाउँपालिकाले विशाल भण्डाराको आयोजना गरेको छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरुले भण्डारामा प्रसाद ग्रहण गरेको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार सामाजिक तथा धार्मिक कार्य अन्र्तगत मन्दिरमा आएका भक्तजनका लागि बृहत भण्डारा गरिएको हो । भण्डारामा करिब बीस हजार श्रद्धालुहरुले प्रसाद ग्रहण गरेका थिए । भण्डारामा पालिका, पालिकाका कर्मचारी र जंगली कुम्हार लगायत विभिन्न व्यक्तीहरुले आर्थिक सहयोग गरेका थिए । भण्डारामा पालिकाका कर्मचारीले आएका भक्तजनहरुलाई प्रसाद वितरण गरेका थिए ।  ...
डिजिटल साक्षरता र नागरिक प्रविधि बारे तीनदिने कार्यशाला शुरु

डिजिटल साक्षरता र नागरिक प्रविधि बारे तीनदिने कार्यशाला शुरु

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ चैत – बाँकेका युवाहरुका लागि डिजिटल साक्षरता र नागरिक प्रविधि सम्बन्धी तीन दिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ । डिजिटल लोकतन्त्र पहल परियोजना एकाउन्टविलिटी ल्याबको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा नेपालगन्जमा शुक्रबारदेखि शुरु भएको कार्यशालामा सहभागी युवाहरुलाई डिजिटल प्रविधीको ज्ञान, सिप र त्यसको प्रयोगका बारेमा जानकारी गराइने छ । कार्यशालामा संबैधानिक कानूनी अधिकार, आधारभुत डिजिटल साक्षरता, डिजिटल विभाजन, डिजिटल सुरक्षा, नागरिक प्रविधी उपकरण, वकालतका लागि सामाजिक सञ्जाल, विषयबस्तुको पहिचान तथा उत्पादन लगायतका विषयमा जानकारी गराइने छ । कार्यशालामा अधिबक्ता विश्वजित तिवारी, रामु वली, राम प्रसाद आचार्य र राकेशकुमार मिश्रले सहजीकरण गर्नुहुनेछ । कार्यशाला पश्चात युवाहरुले सार्वजनिक सरोकारको विषय बस्तुको उत्पादन गरी सामाजिक सञ्जाल तथा वेभसाइट...
कर्णेराजा मेलामा चर्चित गायिका रेखाको दमदार प्रस्तुती

कर्णेराजा मेलामा चर्चित गायिका रेखाको दमदार प्रस्तुती

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ चैत्र – राती सोनारी गाउँपालिका–५ चाचरफर्का स्थित कर्णेराजा मन्दिर परिसरमा æकर्णेराजा मेला तथा सांस्कृतिक महोत्सव–२०८२Æ भव्य रूपमा आयोजना भैरहेको छ । स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेला तथा महोत्सव चैत ९ गतेदेखि सुरु भई १३ गतेसम्म सञ्चालन हुनेछ । मेलाको चौथो दिन चर्चित गायिका रेखा पोखरेलले आफ्नो सांगितिक प्रस्तुती प्रस्तुत गर्नुभएको छ । गायिका रेखा पोखरेलले थारु गित ऐना हेरेर, कपाल कोरेर बोलेको गित प्रस्तुत गर्दा दर्शक उफ्रि उफ्रि नाचेका थिए । गायिका पोखरेलले तिम्रो त भाग्यमा श्री छ भनेपछि झनै दर्शकको हुटिङले मेलाको महोल तातेको थियो । भगवानले जुराइदिएको जोडी हो हामी, एक अर्काले रोजेको पाउने हो भाग्यमानी बोलको गितले झनै दर्शक नाच्न सफल भएका थिए । यस्तै देखाउनलाई होइना नि माया, सिम्ता बजार, भाग्यले जहाँस...
विश्व क्षयरोग दिवसको अवसरमा हाईजिन किट वितरण

विश्व क्षयरोग दिवसको अवसरमा हाईजिन किट वितरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० चैत्र – विश्व क्षयरोग दिवसको अवसरमा आज मंगलबार नेपालगन्जमा एक विशेष स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ । क्षयरोग (TB) विरुद्ध जनचेतना अभिवृद्धि गर्ने तथा बिरामीहरूलाई सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यसैबीच, गोपाल नीना फाउन्डेशन नेपालका तर्फबाट पब्लिक म्यानेजर दिलीप गिरी तथा पब्लिक रिलेसन अफिसर विजेन्द्र जीसीको सहभागिता रहेको थियो । संस्थाले क्षयरोग अस्पताल, नेपालगन्जका बिरामीहरूलाई स्वच्छता सामग्री -हाइजिन किट) वितरण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको जनाएको छ । गोपाल नीना फाउन्डेशन नेपालले सामाजिक स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । कार्यक्रममा क्षयरोग अस्पताल समितिका अध्यक्षका रूपमा लक्ष्मण रेग्मी तथा आयोजक प्रमुखका रूपमा कमल ढकालको सक्रिय भूमिका रहेको थियो । त्यसैगरी, क्षयरोग अस्पतालबाट वरिष्ठ मेडिकल अधिकृत डा. सत्यकुमार शाहिद...
ब्रिनोजद्वारा बैजनाथ गाउँपालिकामा ८ सय १६ जनाको निःशुल्क कान जाँच

ब्रिनोजद्वारा बैजनाथ गाउँपालिकामा ८ सय १६ जनाको निःशुल्क कान जाँच

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ चैत्र – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा–५, नेपालगन्ज बाँकेको आयोजनामा विभिन्न स्थानमा ६ वटा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न गरिएको छ । उक्त ६ वटा निःशुल्क शिविर ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा बैजनाथ गाउ“पालिकाको समन्वयमा आज सोमबार सम्पन्न गरिएको छ । आज सोमबार सम्पन्न विभिन्न ६ वटा शिविरमा महिला ४२७ जना, पुरुष ३८९ जना गरी जम्मा ८१६ जनाको कान स्वास्थय चेकजाँच गरिएको थियो । जसमध्ये कान पाक्ने रोग १२७ जनामा, काने गुजी १०२ जनामा देखिएको थियो भने कानको अप्रेशन छनौटमा ३५ जना रहेको जनाएका छन् । वरिष्ठ कान जाँच सहायक भिषणकुमार थारुले दिएको जानकारी अनुसार बैजनाथ गाउ“पालिकाको विभिन्न ६ वटा स्थानहरुमा चैत्र २ गते सोमबारदेखि शुरु भई आज सोमबार चैत्र ९ गतेसम्म कान उपचारका बिरामीहरुको निःशुल्क कान जाँच गरिएको बताए । उनका अनुसार ...
बेमौसमी वर्षाले ९ करोड बढी काँचो ईटामा क्षति

बेमौसमी वर्षाले ९ करोड बढी काँचो ईटामा क्षति

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ९ चैत्र – दुई दिनसम्म परेको बेमौसमी वर्षाले करीब ९ करोड बराबरको काँचो ईटामा क्षति पुगेको बताईएको छ । ईटा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर ओलीले हरेक वर्ष बेमौसमी वर्षाको चपेटामा परेर जिल्लाका उद्योगीहरुले ठूलो क्षति बेहोर्नु परेको तितो सत्य रहेको बताए । उनले सरकारले काँचो ईटाको बिमा पनि नगर्ने र क्षतिपूर्ति पनि नदिने हुँदा व्यवसायीलाई ठूलो मर्का परेको तथा उक्त नोक्सानीले गर्दा बैंकको ऋण तिर्न समेत समस्या पर्ने बताए । ईटा उद्योग व्यवसायी संघ बाँकेका कार्यालय सचिव सूर्यमणि पौडेलका अनुसार २०८२ चैत्र ६ र ७ गते -शुक्रबार, शनिबार) परेको बेमौसमी वर्षा र हावाहुरीका कारण बाँके जिल्लाका ६० बढी इँटा उद्योगमा पकाउनको लागी तयार पारिएको ३ करोड काँचो ईट्टा गलेर नस्ट भएको बताए । उनले उत्पादनको अन्तिम चरणमा रहेका करोडौँ इँटा गलेर काम नलाग्ने बनेका छन् भने पकाउन तयार पारिएको प...
क्यान्सर पीडित बालकको मनाईयो जन्मदिन

क्यान्सर पीडित बालकको मनाईयो जन्मदिन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ चैत्र – खजुरा गाउँपालिका वार्ड नं.–७ खजुरा स्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा दुई महिनाको उमेरदेखि क्यान्सर रोग पिडित बालकलाई बचाउन सफल भई पहिलो जन्मदिन मनाइएको छ । क्यान्सर रोग जस्तो गम्भीर रोगसँग जुधिरहेको बर्दिया जिल्लाका संगम चौधरी निर्दोष बालकको पहिलो जन्मदिन जीवनसँगको संघर्ष बीचको साहस र आशाको प्रतीक हो । मोरङ्ग जिल्लाको बिराटनगरका सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा ३ वर्ष देखि कार्यरत पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा.सुभाष मेहताका अनुसार क्यान्सर रोगबाट पीडित बर्दियाका संगम चौधरीलाई बचाउन सफल भएको बताउनु भएको छ । सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा संगम चौधरीको १२ महिना पुगेको हो त्यसले जन्म दिन मनाइएको छ । ढाई वर्ष अगाडी ४ बेडबाट शुरु भएको बाल क्यान्सर उपचार वार्ड आईसुसेटप ६ बेडको रहेको छ, जसमा २ महिनाका १ जना, २ ...
नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५ औं जिल्ला शाखा गठन

नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५ औं जिल्ला शाखा गठन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ चैत्र – डोल्पा जिल्लाको दुनैमा नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५ औं जिल्ला शाखा शनिवार गठन गरिएको छ । ठूलिभेरी नगरपालिका वार्ड नं.–३ दुनैमा स्थानीय ब्लू सीप होटलको सभाकक्षमा डोल्पा जिल्ला अस्पतालका मे.सु. डा.सिजन रावलको अध्यक्षता र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यता, जिल्ला प्रशासनका कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलको बिशेष आतिथ्य४५ औं जिल्ला शाखा गठन कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजको यो ४५ औं जिल्ला शाखाको नव गठित सो भेलाले स्वास्थ्यकर्मी समेत रहनुभएका सामाजिक अभियन्ता राजन कुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । उपाध्यक्ष पदमा दिलमाया के.सी.,सचिव पदमा कर्ण वि.क., कोषाध्यक्ष पदमा मिनराज बुढा-बिबश) चयन भएका छ...