Thursday, July 10सत्यम खबर
Shadow

फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

नेपालगन्ज, ६ असार – नेपालगन्जका फोटोग्राफरअमित रावलले चौथो नेपालगन्ज फोटो फेस्टिवलकोपिपुल्स च्वाइस अवार्ड प्राप्त गर्न सफल भएका छन् । रावलले बर्दियाको बढैयातालमा खिचेको रेडसांक प्रजातिको चराहरुको फोटोले इसेवा भोटिङमा सर्वाधिक ६ हजार ७ सय ७७ भोट प्राप्त गर्दै ५० हजार १ सय ११ रुपैँया राशीको पुरस्कार सहित पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्न सफल भएको हो ।

अन्तरालको आयोजनामा भएको फेष्टिवलमा राष्टिूय फोटो प्रतिस्पर्धाबाट टप ३१ मा पर्न सफल फोटोहरु भोटिङका लागि इसेवामा राखिएका थिए । अर्वाड प्राप्त गरेपछि फोटोग्राफररावलले पुरस्कारले फोटो खिच्न र संरक्षणको काममा आफुलाई अझै प्रोत्साहित गरेको बताए । पुरस्कारको केही राशी परोपकारी काममा लगाउने बताउदै उनले भने ‘कोहलपुरका मृगौला रोग पिडित फिरोज बक्सलाई यस पुरस्कारबाट १० हजार रुपैँया दिने उद्घोष गर्दछु ।’

फेष्टिबलको समापन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य माया पुनले यस्ता कार्यक्रममले युवाहरुलाई सृजनात्मक काममा व्यस्त बनाउने बताइन् । स्वदेशमा सम्भावना नदेखेका युवाहरुका लागि यो कार्यक्रम प्रेरक हुन सक्ने उनको भनाई छ । यस्ता कार्यक्रममा सबैको साथ र सहयोगको खाँचो रहेको पुनले बताइन् ।

यस्तैसमापन कार्यक्रममा नेपालगन्ज १८ का तिलक गाहा मगरले खिचेको तस्बिरले खेलकुद विधामा उत्कृष्टहुँदै लुम्बिनी प्रदेश सभा सदस्य पुनबाट अवार्ड र पुरस्कार राशी प्राप्त गरेका छन् । कृषि विधामा बबी साई, संस्कृति विधामा सञ्जय महर्जन, दैनिक जीवन विधामा विजय थापा, प्रकृति र संरक्षण विधामारोमिन थारु, नेपाल स्माईल विधामा जीवन लामा, वाईल्ड लाइफ विधामा विनय रावल, टुरिजम विधामा मनोज पौडेल र न्युज विधामा बरम बुढाका तस्बिर विधागत उत्कृष्ट भएका छन् । विधागत उत्कृष्ट तस्विरको पुरस्कार राशी ५÷५ हजार रुपैँया रहेको थियो ।

प्रतियोगितामा आर्यन धिमालको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घर अघि रुँदै गरेकी महिलाको तस्बिरफोटो अफ द इयर भएको छ । उक्त तस्वीरले ५१ हजार १ सय ११ रुपैँया पुरस्कार प्राप्त गरेको छ । धिमाल कार्यक्रममा पुग्न नसकेकाले पुरस्कार उनीसम्म पुराउन व्यवस्था मिलाईने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

समापन कार्यक्रममा पर्यटन कार्यालय कोहलपुरका प्रमुख टंकनाथखनाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्ररिषि चौलागाई, पिजे क्लबका पुर्व अध्यक्ष एवम् प्रतियोगिताका निर्णायक विकास कार्कि लगायतको सहभागिता रहेको थियो । यसैगरि अन्तरालको आयोजनामा सन्चालन भएको २ दिने फोटोग्राफि तालिम पनि समापन गरिएको छ । तालिममा सहभागि ३९ जनालाई समापन कार्यक्रममा प्रमाणपत्र पनि वितरण गरिएको छ ।

प्रतिष्पर्धामा छानिएका १ सय ११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगन्ज, संघिय राजधानी काठमाण्डौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिने आयोजकले छ । यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने छ ।

A herd of Common Redshank birds at Badhaiya Lake Bardiya. This lake if shrinking day by day due to human interference in habitats. These lakes should be saved for better ecology.

वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटोहरु छनौट गरेको थियो । फेष्टिवलको पहिलो संस्करणमा रुकुमका मैत्या घर्ती मगर, दोश्रो संस्करणमा नेपालगन्जकी पत्रकार निशु जोशी र तेस्रो संस्करणमा मुगुका पत्रकार राजबहादुर शाहीलेउपाधि जितेका थिए ।
नेपाल पर्यटन बोर्ड प्रवद्र्धक, पर्यटन डिभिजन कार्यालय, कोहलपुरको सहकार्यमा आयोजना गरिएको चौथो नेपालगन्ज फोटो फेस्टिवललाई नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका लगायतको सहयोग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *