Thursday, July 10सत्यम खबर
Shadow

६५ लाख ५२ हजारको बजेट तर्जुमा गर्दै ७ नं. वडा भेला सम्पन्न

नेपालगन्ज, ७ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ ले वार्षिक योजना तर्जुमा तथा वडा भेला आज सम्पन्न गरेको छ ।
वडाअध्यक्ष प्रशान्त श्रेष्ठद्वारा वडाको वार्षिक बजेटमा शिक्षा, स्वास्थ्यलाई प्राथमिकता साथ राखेर वडाको बजेट विनियोजित गर्ने बताउनुभयो ।

वडाअध्यक्ष श्रेष्ठ यस आर्थिक वर्षमा प्राप्त ६५ लाख ५२ हजार बजेटमा अति विपन्न विद्यार्थीहरुको लागि छात्रवृत्तिका साथै वडा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजित गर्नुका साथै वडाबासीहरुद्वारा प्राप्त सल्लाह सुझाव अनुसार बजेट बिनियोजित गरिने बताउनुभयो ।

वडा भित्र रहेको स्वास्थ्य शाखा बारे संक्षिप्त भनाई राख्दै वडा स्वास्थ्य प्रमुखले बजेट सीमित भएता पनि स्वास्थ्यलाई विशेष ध्यान राखी थप बजेट प्रदान गर्नुपर्ने भनाई राखेका छन् ।

वडा नं. ७ का वडाबासीहरुद्वारा वडाध्यक्षले गरेका कार्यहरु बारे सकारात्मक टिप्पणी गर्नुका साथै छुटेका कार्यहरु यथासिर्घ सम्पन्न गर्नुपर्ने भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव इन्द्रबहादुर केसीद्वारा गरिएको थियो भने करीब १०० बढी वडाबासीहरुको सहभागिता रहेको थियो ।

भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *