
नेपालगन्ज, ७ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को वार्षिक योजना तर्जुमा तथा वडा भेला आज शनिबार नेपालगन्जमा भब्यरुपले सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक योजना तर्जुमा तथा वडाभेलाको अध्यक्षता वडाअध्यक्ष दिपककुमार बर्माले गरेका थिए ।
गत आर्थिक वर्ष २०८१/०८२ को कार्य प्रगति प्रतिवेदन सार्वजनिक गर्दै वडाअध्यक्ष बर्माले पाटेश्वरी आधारभूत विद्यालय, भेरी स्पोटस क्लब तथा कारकाँदो स्पोर्ट क्लबलाई खेलकुद सामाग्री वितरण, वडाबासीका लागि स्वास्थ्उय बिमा कार्यक्रम, दाह संस्कार तथा मृत्यु संस्कार, तिरुपति बालाजी मन्दिर निर्माण, शिव पार्वती मन्दिर सत्संग भवन निर्माण, कालीमाता मन्दिर निर्माण, फोहोर व्यवस्थापनका लागि ट्याक्टर खरीद, मानव धर्म सेवा समितिमा सिसिटिभि जडान, वडाको विभिन्न टोलमा पिसिसि तथा स्तरोन्नती, लग्दहवाको कब्रस्थानमा माटो तथा तारवार, वडाका विभिन्न स्थानमा माटो पटान तथा ग्राभेल, विद्युत पोल स्थानन्तरण, सडक वत्ती व्यवस्थापन, धारा जडान, मुश्लिम मृतकहरुलाई कब्रस्थान लैजाने खटिया, स्वास्थ्य चौकीमा सौन्दर्यकरण तथा मेसिनरी औजार खरीद, सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण, दुर्गा भगवति मन्दिर फिनिसि·, सन्तोषी माता मन्दिर पेन्ट तथा अन्य मर्मत, इनार तथा शिव मन्दिर निर्माण, भौतिक संरचना निर्माण तथा मर्मत लगायतका कार्यहरुमा धेरै जसो सम्पन्न भईसकेका छन् भने कही केही कार्यान्वयन वा सम्पन्न हुने अवस्थामा रहेको जानकारी गराउनु भयो ।
त्यसैगरी, आर्थिक वर्ष २०८२/०८३ मा बूँदागत रुपमा सम्बन्धित कार्यहरु बजेटमार्फत सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष बर्माले बताउनुभयो ।
यसैगरी, भौतिक पुर्बाधार सम्बन्धि नीति : यो वडामा बसाई सराई गरी आउने कम धेरै रहेको कारण भौतिक पुर्बाधारका कामहरु गर्न वडाको बजेट बाट मात्र सम्भव नभएको हुँदा प्राथमिकताको आधारमा बजेट बिनियोजन गर्ने निति लिईने छ ।, वडाको विशेष पहल र प्रयत्न बाट संघ र प्रदेश सरकारबाट प्राप्त बजेट कार्यक्रमको प्रभावकारी कार्यान्वयन लाई प्राथमिकता दिइनेछ ।, वडा कार्यालयको भवन जिर्ण भएको हुँदा नयाँ भवन निर्माणको लागि आवश्यक बजेटको लागि प्रयास गरिने अध्यक्ष बर्माले बताउनुभयो ।
यसैगरी, धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धि नीति : यस वडामा बिभिन्न धर्म तथा संस्कृति मान्ने समुदायका व्यक्तिहरुको बसोबास रहेको हुँदा आपसि सदभाव कायम गर्न उपयुक्त निति लिईने छ ।, वडा भित्र रहेका पुराना मठ मन्दिरको संरक्षण तथा जिर्णेद्धारको लागि आवश्यक पहल गरिने छ ।, वडा भित्र रहेका ताल तलैया तथा पार्कको स्तरउन्नती तथा नया निर्माण र तिनको संरक्षण तथा सम्बद्र्धनको लागि आवश्यक पहल गरिने अध्यक्ष बर्माले बताउनुभयो ।
यसैगरी, महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता सम्बन्धि नीति : वडा भित्रका बिपन्न महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गहरुको लागि आवश्यक बजेटको ब्यबस्था गरिने छ ।, वडामा हुने बाल बिबाह न्युनिकरणको लागि सचेतनामुलक कार्यक्रम गर्न आवश्यक बजेटको ब्यबस्था गरिने अध्यक्ष बर्माले बताउनुभयो ।
यसैगरी, शिक्षा तथा खेलकुद सम्बन्धि नीति : खेलकुद प्रति बालबालिकाको आकर्षण बढाउनको लागि कार्यक्रम गर्न आवश्यक बजेटको ब्यबस्था गरिने छ ।, खेलाडिहरुलाई प्रोत्साहन गर्नको लागि आवश्यक बजेटको ब्यबस्था गरिने छ ।, वडा भित्र रहेका सामुदायिक बिद्यालयहरुको भौतिक पुर्बाधारको लागि आवश्यक बजेटको व्यवस्था गरिने छ ।, शैक्षिक सुशासनको लागि बिद्यालय अनुगमन तथा सुपरिबेक्षणको कामलाई प्रभावकारी बनाईने छ ।, यस वडामा रहेको देउत्तादिन मा वि लाई उच्च माध्यमिक बनाउन आवश्यक भौतिक संरचना निर्माणका साथै अन्य आवश्यक पहल गरिने अध्यक्ष बर्माले बताउनुभयो ।
यसैगरी, सामाजिक सुरक्षा तथा पन्जिकरण सम्बन्धि नीति : वडा भित्रका सामाजिक सुरक्षा भत्ता खाई रहेका व्यक्तिहरुको भत्ता कार्ड नबिकरण गर्दा त्रुटि रहित बनाउनको लागि आवश्यक पहल गरिने छ ।, वडालाई पुर्ण घटना दर्ता वडा बनाउनको लागि आवश्यक पहल गरिने छ ।, सामाजिक सुरक्षा भत्ता हाल ने ग.उ.म.न.पा ०२ गुलमा अगाडि प्रभु बैकं बाट वितरण भइरहेकोमा यस आर्थिक वर्षमा यसै वडा कार्यालयको नजिक रहेको बैकं बाट वितरण गर्नको लागि खाताधारी सेवाग्राहीहरुको खाता खोलाई वितरणको लागि पहल गरिने अध्यक्ष बर्माले बताउनुभयो ।
यसैगरी, कृषि सम्बन्धि नीति : यस वडामा कृषि पेशामा आबद्ध किसानहरुको संख्या तथा कृषियोग्य जमिन धेरै भएको हुँदा किशानलाई निःशुल्क रुपमा बिउ बितरण गर्नको लागि आवश्यक बजेटको ब्यबस्था गरिने छ ।, किसानको खेतमा बोरिङ्ग जडानको लागि आवश्यक बजेटको ब्यबस्था गरिने छ ।, अति गरिब तथा खानेपानीको सुबिधा नभएका घर परिवारका लागि धारा जडान गर्न आवश्यक बजेटको ब्यबस्था गरिने अध्यक्ष बर्माले बताउनुभयो ।
यसैगरी, भुमि ब्यबस्था सम्बन्धि नीति : यस वडा भित्रको गाउँ ब्लक जग्गाको हाल सम्म पनि लालपुर्जा नबनेको हुँदा जग्गाको नापजाँच तथा नक्साङ्कन गर्न आवश्यक पहल गरिने छ ।, वडा भित्र रहेका सरकारी तथा सार्बजनिक जग्गाहरुको खोज तलास र पहिचान गरी संरक्षण गरिने छ ।, भुमिहिन, सुकुम्बासि तथा अव्यवस्थित बसोबासीहरु लाई जग्गाधनि प्रमाण पुर्जा उपलब्ध गराउन आवश्यक पहल गरिने अध्यक्ष बर्माले बताउनुभयो ।
यसैगरी, स्वास्थ्य सम्बन्धि नीति : महिला स्वास्थ्य स्वयंसेविकाको लागि आवश्यक बजेटको ब्यबस्था गरिने छ ।, महामारी जन्य रोग तथा बिपत जन्य रोगको लागि कार्यक्रम गर्न आवश्यक बजेटको व्यवस्था गरिने छ ।, यसै वडाको खास कारकादौ स्वाथ्य चौकीमा रगत जाच र अन्य जाँचको लागि ल्याब राखन आवश्यक पहल गरिने अध्यक्ष बर्माले बताउनुभयो ।
यसैगरी, सुशासन सम्बन्धि नीति : नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन प्रचलित कानूनहरुको पुर्ण रुपमा कार्यान्वयन गरिनेछ ।, सुशासन कायम गर्नको लागि हेल्प डेस्क, डिजीटल नोटिस वोर्ड, अनुगमन तथा मुल्याङकन कार्यलाई प्रभावकारी रुपले संचालन तथा कार्यान्वय गरिने छ ।, सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शि र प्रतिस्पर्धि बनाउन विधुतीय खरिद प्रणालीलाई अनिवार्य गर्दै लगिनेछ ।, कानूनको शासन, पारदर्शिता, वस्तुनिष्ठा, जवाफदेहिता, तथा इमान्दारिता, आर्थिक अनुशासन, जनसहभागिता, गरिबी निवारण, सामाजिक न्याय, महिला सशक्तिकरणको लागि आवश्यक पहल गरिने अध्यक्ष बर्माले बताउनुभयो ।
उक्त वार्षिक योजना तर्जुमा तथा वडा भेलामा करीब ५ सय बढी वडाबासीहरुको बाक्लो उपस्थिति रहेको थियो भने वडाका सम्पूर्ण कर्मचारी, स्वास्थ्य शाखा कर्मचारी, स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस