
नेपालगन्ज, २३ असार – राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले सोमवार १८ जना किसानलाई मिनी टिलर वितरण गरेको छ ।
वडा कार्यालयको आर्थिक वर्ष २०८१र०८२ को सिलिंग बजेटमार्फत पावर टिलर किसानलाई वितरण गरिएको वड़ा अध्यक्ष लवराज खरेलद्वारा जानकारी गराईएकाे छ ।
राप्ती सोनारी वडा नम्वर ६ को कार्यालय परिसर पनेरियामा एक औपचारिक कार्यक्रमका बीच वडाध्यक्ष लवराज खरेल सचिब प्रकाश भारती एवं वड़ा सदस्यहरुद्वारा संयुक्त रुपमा मिनी टिलर कृषकहरुलाई हस्तान्तरण गरिएकाे थियाे । मिनी टिलर हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष खरेलले कृषिमा प्रगती गर्नका लागी मानिसहरुलाई ईच्छा जागरुक गर्नका लागी र आजको प्रविधी युगमा जोत्न सहज होस भनेर ५० प्रतिशत अनुदानमा १८ वटा टोल विकासलाई एक एक वटा मिनी टिलर वितरण गरेको बताए ।
वडाको वार्षिक वजेटबाट ७ लाख विनियोजन गरि वितरण गरिएको उनले बताए । साथै वडाध्यक्ष खरेलले गाउँपालिकाको कृषि शाखाबाट मोटर र दुईजना किसानलाई वोरिङ समेत वितरण गरिएको बताए ।
हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष खरेल, वडा सचिब प्रकाश भारती, पंजीकरण अधिकारी बर्मा वडा सदस्यहरु लक्ष्मी थारु, पतरी परियार, रामवहादुर थारु, नरवहादुर पुन स्थानीय कृषक कर्मचारी लगायतको सहभागिता रहेको थियो ।