सनातन ज्ञान केन्द्रका विद्यार्थीद्वारा मन्दिर सरसफाई
डुडुवा, १४ पौष – भोलि बुधबार आयोजना हुन लागेको श्रीराम मन्दिर उद्घाटन समारोहको पावन अवसरलाई लक्षित गर्दै गाउँमा धार्मिक उत्साह चरम सीमामा पुगेको छ ।
यसै सन्दर्भमा आज मंगलबार डुडुवा गाउ“पालिका वडा नः १ नया“बस्ती गाउँस्थित मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम संजय हिन्दूको नेतृत्वमा सम्पन्न गरिएको जनाईएको छ ।
सरसफाई अभियानमा संजय हिन्दूद्वारा सञ्चालित “सनातन ज्ञान केन्द्र ट्युसन” का विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । मन्दिर परिसर, प्राङ्गण तथा वरपरका क्षेत्रहरू व्यवस्थित रूपमा सरसफाई गरी मन्दिरलाई उद्घाटन समारोहका लागि स्वच्छ र सुन्दर बनाइएको छ । विद्यार्थीहरूले अनुशासन र श्रद्धाका साथ सेवा कार्य सम्पन्न गरेका छन् ।
कार्यक्रमका नेतृत्वकर्ता संजय हिन्दूले भने, “श्रीराम मन्दिर आस्था मात्र होइन, संस्कार र सेवा भावको प्रतीक हो । यस्ता कार...









