Wednesday, January 14सत्यम खबर
Shadow

गौरब शाहको जन्मोत्सवको अवसरमा १०१ जनाले गरे रक्तदान (फोटोफिचरसहित)

नेपालगन्ज, १४ पौष – “सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ गौरव स्मृति तथा वीयोर सेल्फ फाउण्डेशनको आयोजनामा आईतबार भएको रक्तदान कार्यक्रममा १२ महिला र ८९ पुरुष सहित १ सय १ जनाले रक्तदान गरेका छन् ।

फाउन्डेशनका उपाध्यक्ष करण शाहद्वारा सञ्चालित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष मधु शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्टले प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका वरिष्ठ प्राविधिक अधिकृत तथा प्रमुख उपेन्द्र रेग्मीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्ट, विशिष्ट अतिथि तथा फाउन्डेशनका जग्गादाता, समाजसेवी माधवराम वर्मा, बासका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका सभापति शिवकुमार वर्मा, समाजसेवी तथा फाउण्डेशनका शुभचिन्तक हरिश गुप्ता, प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, बचत तथा ऋण सहकारी संस्था बाँकेका अध्यक्ष प्रेम शाहलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा फाउन्डेशनका संरक्षक प्रदीप साहले स्वागत मन्तव्य व्यक्त गर्दै गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेशनका संस्थापक अध्यक्ष स्वर्गीय गौरव शाहको पौष १३ गते पर्न गएकोले जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन् । उहाँका अनुसार फाउण्डेशनले बाँके जिल्लामा सामाजिक तथा मानवीय सेवाका विविधि कार्यहरु गर्दै आएको छ । पछिल्लो चार वर्षदेखि नियमति रुपमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिंदै आएको बताएका छन् ।

संरक्षक प्रदीप शाहले रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गरिएको बताए । नेपालगन्जमा प्रायः समय रगतको अभाव रहने र विशेष गरी पहाडी जिल्लाबाट उपचारका लागि आउने बिरामीलाई थप समस्या हुने गरेकोले गर्दै त्यस्ता नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले रक्तदान गर्दै आएको बताएका छन् ।

आयोजित रक्तदान कार्यक्रममा फाउन्डेशनका अध्यक्ष मधु शाह, उपाध्यक्ष करण साहू, सदस्य शिवम् शाह, मधुर खबर डटकमका प्रकाशक÷सम्पादक मधु पौडेल, समसुतद्दीन खान, सैफलीहलवाई, चन्द्रप्रसाद जैसी, शंकर पासवान, अर्बिन पाल, सन्देश थापा, शुभम् शाहू, अनमोल बहेलिया, आदिल शेष, रुमा रेउली, सुजन सिटौला,पदम खरेल, रुबी नेपाली, दुर्गेश कनौजिया, अंकितगुप्ता, करन भण्डारी, नरेश बम, सुरज थापा, आरतीमिश्रा, पुनमबोहरा, अर्बिन लोध, अहसन सिद्दीकी, अर्बिन सुनार, रीना रेग्मीआचार्य, सञ्चारकर्मी प्रबिनपोरवाल, निखिलशाह, बिशालमानन्धर, भीम सोनी,पासाङ्ग शेर्पा, हृदयआचार्य, लादिनखान, बिक्कीगुप्ता, निरज कटेल, अंकुर सिंह, राजकुमार कश्यप, कोहिनूर सिंह, सुशान्तशाही, अभिशेष थापामगर, प्रकाश रोकाया, प्रिन्शगौतम, अंकितयादव, दिनेश हमाल, रबि मल्ल, सौगातआचार्य, राजथापा, सुमित्राशाही, दुजबलथापा, मोहम्मद सुवेब अन्सारी, आशीषचौधरी, प्रबिनसिजाल, पारस साह, सुशीलचौधरी, नवाजशाह, पाशकल बिष्ट, मो. इल्लियास कुरैशी, आस्थाहमाल, दिपेश गजमेर, दिपेन्द्र कुमार रावत, अनमोल जंगथापा, बरुण सिंह ठकुरी, अभिशेक हलवाई, अनिताजायसवाल, असलमखान, सुरज नेपाली, रामचन्दर कलवार, सञ्जय ठाकुर, तुसार प्रजापति, अशोक जायसवाल, राकेश पथिक, अयोध्याकोरी, निलु ओली, आलोक मिश्र, सुजितकुमार बैश्य, बिशालधामी, सन्देश खडका, जैद अन्सारी, सौरभ सिंह, क्रिस सुनार, समीर रसाइली, शिवम् गुप्ता, राज पाण्डेय, कुशग्राहबर्नवाल, बिवागं महाजु, नवराज त्रिपाठी, अनुपशाही, नविनगिरी, सिद्धार्थ श्रेष्ठ, रोहितकुमार काँदू, उमंगगुप्ता, अभिशेक गिरी, गुञ्जनश्रेष्ठ, आदिलइद्रिसी, लक्ष्मीपासवान, रजत सोनी, बिशालशाही, अजयकुमार गोडिया, टोपेन्द्र भिएस लगायतले रक्तदान गरेका छन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सुनिता कुमाई, पुनम राना, कविराज जैसी, प्रशान्त थारु, ओमप्रकाश गोडिया र बीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नु भएको थियो ।

कार्यक्रममा सत्यमखबर डटकमका चन्द्रेश्वरराज त्रिपाठी, साहु समाज बाँकेका अध्यक्ष हंसराम साहू, बृजलाल साह, शतक रक्तदाता पवन जायसवाल, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा, साहू समाज युवा समितिका अध्यक्ष रामकिसुन साहू, मोतीलाल साहू लगायतको सहभागिता रहेको थियो ।

यसरी फाउन्डेशनले नेपालगन्ज स्थित हडिया बाबाको आश्रममा लाग्ने गरेका मेलामा साधु सन्तहरुको आँखा तथा कान जाँच गरिनुका साथै निशुल्क अप्रेशन, गर्मीको समयमा पानी बितरण, सरसफाई, रक्तदान कार्यक्रम लगायत बिभिन्न किसिमका चेतनामूलक कार्यक्रम पनि गर्दै आई रहेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *