
नेपालगन्ज (पौष) – दुर्गा प्रसाईले नेतृत्व गरेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको बाँके जिल्लामा जिल्ला कार्यसमिति आईतबार बिस्तार गरिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महा अभियान नेपाल, बाँके जिल्ला अध्यक्षमा लालबहादुर शाह, वरिष्ठ उपाध्यक्ष श्रीमति गीता सिंह, उपाध्यक्षद्वय गयाप्रसाद यादव, राजकुमार लामिछाने, कोषाध्यक्षमा श्रीमति नैता बमलाई चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा क्रमशः श्रीमति सीता चौधरी, कल्पना आले, धर्मेन्द्र लखेर, श्रीमति बिन्दु पोखरेल, श्रीमति दुर्गा परियार, श्रीमति सीता थापामगर, श्रीमतिा गैता चौधरी, श्रीमति पवित्रा थापा, जहिर अहमद दर्जी, राजु चन्द, श्रीमति सीताकुमार थारु, श्रीमति माला थापा, श्रीमति सुमन श्रेष्ठ, श्रीमति सरस्वति बर्मालाई चयन गरिएको उपाध्यक्ष गयाप्रसाद यादवले जनाएका छन् ।
