अनेमसंघले तिज मनायो
नेपालगन्ज, १ भाद्र - अखिल नेपाल महिला संघ बाँकेले आयोजना गरेको हरितालिका तिज मिलन कार्यक्रममा महिलाहरु तिजको गितमा छमछमी नाचेका थिए ।
अखिल नेपाल महिला संघ बाँकेका केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलले पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा महिलाहरु चेतनामुलक सन्देश दिने गितमा छमछमी नाचेका हुन । प्रमुख अथितिको आसनबाट बोल्दै पोखेलले तिजको गितको भाकामा चेतनामुलक सन्देश दिने गित यसरी सुनाइन : आमा भनि बोलाउँदा होइ भन्यो ढोकाले, भाउजु रहिछन घरबारे मरे भोकले भन्दै माइती आमा हुँदा र भाउजु बुहारी हुँदा हुने फरक चेलीले भोगेको भोगाइ गीतको भाकामा सुनाइन ।
यसैगरी पढ्न नपाएका महिलाको पीडालाइ गिताको भाकामा : १२कक्षासम्म पढाइ दिनुस् बाबाले दाइजो मागने छैन बरीलै । यसैगरी माइत जान नपाएका चेलीले गरेको विलौना बर्ष दिनको तिजलाइ बाबा आए लिनलाइ पठाइदिनुस बजैले दुवइदिनलाई जस्ता गीत...









