सार्वजनिक सञ्जालमार्फत नै पुरानो इतिहास मेटाउन पाईन्न, जुँगे महादेवको मुर्ति स्थापित परी प्राण प्रतिष्ठा गराउन मेयर बिष्टसँग माग
नेपालगन्ज, ३१ असार – हिन्दु सनातनी धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको बागेश्वरी मन्दिर प्रा·ण भित्र शिवालयमा स्थापना हुन गईरहेको भगवान शिवको मुर्ति ।
करीब २ वर्ष अगाडी सो शिवालयलाई जिर्णोद्वारा गरिने भनी नेपालगन्ज उपमहानगरपालिकाले पहलकदमी गरेको थियो । सो पहलकदमी पछि उक्त शिवालयको सम्पूर्ण संरचनाहरु हटाई नयाँ स्वरुप प्रदान गरिएको छ भने सो मन्दिरमा अवस्थित रहेका भगवान शिवको जूँगे स्वारुपलाई नै कायम राख्ने भनी पटक पटक स्थानीयहरुको चाहना अनुसार नै गरिने भनी सार्वजनिक प्रतिबद्धता समेत जनाईएको थियो ।
सोही मुर्ति स्थापित गर्ने विषयमा केही समय अगाडी मात्र अर्को मुर्ति स्थापित हुँदा विवाद उत्पन्न भई नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्टद्वारा अष्टधातुको मुर्ति वा इतिहास बोकेको जुँगे महादेवको पुरानो मुर्ति नै विधिवत प्राण प्रतिष्ठा गरिने भनिएको थियो ।
तर पुनः अष्टधातु...









