Monday, May 4सत्यम खबर
Shadow

धार्मिक

‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन

‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन

आस्था, कला/साहित्य, धार्मिक, विदेश, समाचार
काठमाडौं, २० असोज - पौराणिक कार्यक्रम ‘रामायण’ मा रावणको भूमिका निभाएका अरविन्द त्रिवेदीको गए राति निधन भएको छ ।सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको लोकप्रिय धारावहिक ‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको मंगलबार राती निधन भएको हो । लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित ८३ वर्षीय त्रिवेदीको आफ्नै घरमा निधन भएको हो । ‘रामायण’ मा रावणको भूमिका निभाउनुका साथै त्रिवेदीले धारावाहिक ‘विक्रम और बेताल’ मा पनि महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसका साथै उनी गुजराती सिनेमा जगतमा पनि परिचित थिए ।यही वर्षको मे महिनामा पनि उनको मृत्युलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलिएको थियो । त्यस समय ‘रामायण’ मा लक्ष्मणको भूमिका निभाउने सुनील लहरीले त्यो अफवाहलाई खारेज गर्दै अरविन्द त्रिवेदी जीवित रहेको बताएका थिए ।...
आजदेखि सोह्रश्राद्ध सकिँदै

आजदेखि सोह्रश्राद्ध सकिँदै

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० असोज – पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज बुधबार सकिँदै छ । भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो ।सोह्र श्राद्धमा घर वा तिर्थस्थलमा पितृहरूको श्राद्धकर्म गरी पितृको सम्झना गर्ने धार्मिक परम्परा रही आएको छ । जोतिष शास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात् पिण्डदान गर्ने गरिन्छ ।पितृ पक्षको अन्तिम दिन आज बुधबार आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारण सोह्रश्राद्धको अरु तिथिमा श्राद्ध गरिएन भने पनि औँसी तिथिमा गर्न सकिने कर्मकाण्डीय व्यवस्था रहेको छ । कूर्म पुराणको अनुसार सोह्र श्राद्धको औंसीको दिन पितृहरू वायुको रूपमा मत्र्यलोक आउने र त्यसदिनको साँझसम्म आफ्ना कुलका वंसजहरूले श्राद्ध गरे नगरेको हेर्ने गर्दछन् । पि...
चीनमा बसोबास गर्ने अल्पसंख्यक उईगर मुस्लिमहरुको लागि शान्तिको सन्देश बाँकेबाट ‘या अल्लाह उईगर मुस्लिमहरु माथी रहम फर्मा’

चीनमा बसोबास गर्ने अल्पसंख्यक उईगर मुस्लिमहरुको लागि शान्तिको सन्देश बाँकेबाट ‘या अल्लाह उईगर मुस्लिमहरु माथी रहम फर्मा’

CoVid19, अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ असोज – ईस्लाम धर्मावलम्बीहरुको ताजिया, मोहरम पर्वको चालीस दिनपछि मनाउने चलिसवा (चहेल्लुम) छुट्टाछुट्टै स्थान र मितिमा मनाउने परम्परा रही आएको छ । बाँकेको नेपालगन्जमा यस पटक फरक सन्देशका साथ धुमधाम बाजागाजासहित मनाएका छन् ।बाँकेमा मनाईएको चहेल्लुम पर्वमा यस पटक सचेतना र शान्तिको सन्देश विश्व माझ दिंदै वर्तमान अवस्थामा चीनमा बासोबास गरिहेका मुस्लिम अल्पसंख्यक माथी अन्यायको बारे मौन बसेका युवाहरूलाई सचेत हुन जरुरी रहेको बताएका छन् । बाँकेको जैसपुर, बाबुगाउँमा चहेल्लुम पर्व बाजागाजासहित जुलुस निकाली सम्पन्न भएको छ । तर हरेक बर्ष जस्तो मनाउने चलिसवा पर्व यस पटक केही फरक देखिएको छ । नेपाली मुस्लिमहरुले बिश्वमा रहेका ईस्लामिक धर्म मान्नेहरुलाई शान्तिको कामना समेत गरेका छ्न । बाँकेको नेपालगन्जमा विभिन्न स्थानमा ब्यानर लगाएर शुभकामना सन्देश दिएका छन् । बाँकेको जयसपुर, बाबुगाउँ, ...
कोरोना संक्रमणको जोखिमले गर्दा यस वर्ष १५४औं रामलीला नाटक मञ्चन नहुने

कोरोना संक्रमणको जोखिमले गर्दा यस वर्ष १५४औं रामलीला नाटक मञ्चन नहुने

CoVid19, अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
- रमेश चन्द्र कुमालनेपालगन्ज, १८ असोज – कोरोना संक्रमणको जोखिमले गर्दा यस वर्ष १५४औं रामलीला नाटकको मञ्चन नहुने कुरा जानकारीमा आएको छ ।नेपालगन्जमा एक शताब्दीभन्दा बढीदेखि बडादशैंमा रामलीला नाटकको मञ्चन हुने गरेको छ । बडादशैं तथा विजया दशमीमा केही वर्षदेखि १३ नं. वडा बाँकी बगिया मैदानमा निर्माण भएको नाट्य मञ्चमा रामलीला नाटक कार्यक्रमको आयोजन हुँदै आएको छ । यसअघि ८ न. वडाको सेतु बाबुको हातामा लामो समयसम्म कार्यक्रमको आयोजना भयो सो पछि केही वर्षसम्म नाकाटोलको टण्डन राइस मिलमा आयोजन हुँदै आएको थियो । सबै भन्दा पहिले नेपालगन्ज टाँगास्टैण्ड नजिक सो रामलीला नाटकको मञ्चन गर्ने शुरुवात स्व. विशेश्वरनाथ सरजुप्रसाद टण्डनबाट आयोजन हुने गरेको इतिहास छ ।यसरी नेपालगन्जमा १५२ वर्षदेखि रामलीला नाटकको मञ्चन हुने गरेको पाइन्छ । २०७५ चैत्र ११ गतेमा कोरोना संक्रमणको कारण लकडाउन गरिएको थियो जसको कारण २०७७ मा १...
हिन्दु शम्शान भूमिमा काठको अभाव भएपछि अन्तिम संस्कार गर्न कठिनाई

हिन्दु शम्शान भूमिमा काठको अभाव भएपछि अन्तिम संस्कार गर्न कठिनाई

CoVid19, अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, १८ असोज – नेपालगन्ज उमनपा ८ नं. वडा बुलबुलिया गाउँ नजीक रहेको हिन्दु शम्शान भूमिमा काठको अभाव भएपछि त्यहाँ दिवंगतहरुको अन्तिम संस्कार गर्न कठिनाई परेको छ । नेगउमनपा ८ वडा समिति कार्यालयले हिन्दु शम्शान भूमिमा अन्तिम संस्कार कार्य गराउन आवश्यक रहेको काठ सर्वसुलभ ढंगले उपलब्ध गराउन शैलेन्द्र जोशी पण्डालाई नियुक्त गरेको थियो । अहिलेसम्म शम्शान भूमिमा काठ न्यूनतम मूल्यमा उपलब्ध गराउने कार्य भई रहेको थियो । तर भाद्र महिनादेखि त्यहाँ काठको अभाव भएको छ जसको कारण दिवंगत भएका परिवार सदस्य मृतकको अन्तिम संस्कार गर्न बाहिरबाट चर्काे मूल्यमा काठ खरीद गर्न बाध्य बनेका छन् । शम्शान भूमिमा अहिलेसम्म रु. १ हजारमा ५ क्विन्टल काठ उपलब्ध गराउने कार्य भइ रहेको थियो तर अब काठको अभाव भएपछि बाहिरबाट खरीद गर्दा १२ सय रु. प्रति क्विन्टलमा काठ खरीद गर्नु पर्ने बाध्यता छ । काठ अभावक...
मुस्लिम कब्रिस्तानको विवाद चरममा

मुस्लिम कब्रिस्तानको विवाद चरममा

CoVid19, अपराध, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ असोज – नेगउमनपा ४ नं. वडा सल्यानीबाग नजीक रहेको मुस्लिम कब्रिस्तानको विवाद अहिले चरममा पुगेको छ । केही दिन अगाडी देखि यो विवाद बाहिर आएको हो, केही महिनाअघि मुस्लिम कब्रिस्तानको उत्तरतर्फको पर्खाल अग्लो पारी त्यस कब्रिस्तानको पछाडि रहेको जमिन प्लटिंग गरिएको थियो । कब्रिस्तान पछाडि रहेको जमिन प्लटिंग गर्ने क्रममा कब्रिस्तानको पर्खाल जुन कि एक प्रकारले एल आकारको थियो त्यसलाई भत्काई नयाँ पर्खाल खडा गर्दा ३ मीटर जति कब्रिस्तानको जमिन हराएको थियो । यसै कारणले यहाँ अहिले मुस्लिम कब्रिस्तानको विवाद चरममा पुगेको छ ।कब्रिस्तानको दक्षिणतर्फ राप्ती पथ जाने मूल सडकको उत्तरपट्टी विगत समय करीब ५४ वटा पसल निर्माण गरिएको थियो । यो पसल निर्माण गराउने उद्देश्य एउटा मात्र थियो कि पसलबाट उठेको भाडा रकम गरीब निर्धन मुस्लिमलाई सहयोग गर्दै कुनै गरीब परिवारको मुस्लिमको छोरा छोरीको बिहे हुँदा त्यसमा र...
चलिसवा पर्वमा म पनि उईगर भन्दै शान्तिको अपिल

चलिसवा पर्वमा म पनि उईगर भन्दै शान्तिको अपिल

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ असाेज - नेपालगन्जमा मुस्लिम समुदायको मोहरम पछि मनाउईने चालिसवा पर्व विहिबार धुमधामका साथ सप्पन्न गरिएकाे छ । नेपालगन्ज विभिन्न मुस्लिम समुदायले कर्बलामा पुगि फातिया प्राथना गर्ने गर्छन र आफ्नो हसैन हुसैनको सहिदिका रूपमा मोहरम र चालिसवा मनाउने परम्परा रहेको छ । हरेक बर्ष जस्तै यश बर्स स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार घर आगनमा स्थापना गरेको ताजिया बिसर्जन गर्ने हुन । यसै बिच बिश्वमा रहेका सम्पुर्ण मुस्लिम समुदायलाई शान्तिका साथ रहन रहम गर भन्दै नेपालगन्जका युवाहरुले म पनि उईगर मुस्लिम भन्ने टि शर्त लगाएर जुलुसमा हिंड्ने गरेको छन् । चिनको सिन्ज्याङ प्रान्तमा बसोबास गर्ने उईगर मुस्लिम समुदायलाई समेत शान्तिका साथ बाच्ने अधिकार हुनुपर्छ भन्दै सांकेतिक भाषामा सबैको ध्यानाकर्षण गराएका थिए । उईगर मुस्लिम हु भन्दै विभिन्न वडाका युवाहरू मोटरसाईकिल र्‍यालीमा सहभागी भएका थिए । ...
हिन्दूहरुको एकमात्र शमशान भूमिमा काठको अभाव, सर्वसाधारणलाई सास्ती

हिन्दूहरुको एकमात्र शमशान भूमिमा काठको अभाव, सर्वसाधारणलाई सास्ती

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
शुभम शर्मानेपालगन्ज, १३ असोज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ भित्र हिन्दूहरुले आफ्न्त जलाउन बनाईएको एक मात्र हिन्दू शमशान भूमिमा विगत २ महिनादेखि काठ (दाउरा) को व्यवस्था नहुँदा उपमहानगरबासी आम सर्वसाधारणहरुलाई समस्या हुने भएको छ । कोरोनाकालमा दैनिक १२–१४ जना दिनकै लास जलाउने गरिएको भएपनि हाल हिन्दूहरुको एक मात्र शमशाम भूमिमा दाउराको व्यवस्था नहुँदा सम्बन्धित सरोकारवाला निकाय मौन हुनु हिन्दू समाज कै लागि बिडम्बना भएको स्थानीयहरु बताउँछन् ।नेपालगन्ज उपमहानगरपालिका भित्र जनप्रतिनिधिहरु आएदेखि विभिन्न स्थानको विकास नभएको पक्कै होईन तर व्यक्तिको अन्तिम यात्रा भएको शमशाम भूमिसम्म हुन्छ र त्यहाँ पुगेपछि उसलाई जलाउन प्रयोग हुने दाउरा नै नभएको अवस्थामा बाध्य भएर बाहिरबाट १२ सय क्वीन्टलको दरमा खरिद गरि लास जलाउने गरेको शमशाम भूमिमा खटिएका एकजना महिलाले बताईन् । यस विषयमा वडा नं. ८...
आश्विन शुक्ल प्रतिपदामा पितृ विसर्जन हुने

आश्विन शुक्ल प्रतिपदामा पितृ विसर्जन हुने

CoVid19, अवधी, आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मिति २०७८ असोज ११ गते– रोहित मिश्राआश्विन शुक्ल प्रतिपदाको दिन पितृ विसर्जन हुने भएको छ । प्रत्येक आश्विन कृष्ण प्रतिपदादेखि पितृ पक्ष (१६ श्राद्ध) शुरु हुने गर्छ र आश्विन शुक्ल प्रतिपदासम्म रहन्छ । १६ वटा तिथिमा दिवंगत भएको पितृलाई सम्मानका साथ बिहान जल वैदिक मन्त्रोच्चारणका साथ तर्पण गर्ने कुरा प्रचलनमा रहेको छ ।यस कारण यो पक्षलाई पितृ पक्ष भन्ने गरिन्छ । यस पक्षलाई केहीहरु प्रेत पक्ष पनि भन्छन् । व्यक्ति दिवंगत भएपछि विभिन्न योनीमा रहन्छ यसै योनीलाई प्रेत योनी भनिएको हो । पितृ पक्षको पहिलो दिन प्रतिपदा तिथिमा श्राद्ध गर्ने प्रथा रहेको छ । व्यक्ति जुन तिथिमा दिवंगत हुन्छ त्यही तिथिमा श्राद्ध कर्म गर्ने गरिन्छ । यसमा पुरुष दिवंगत भए पुरुष ब्राम्हणहरुलाई विधि विधानले भोज खुवाइन्छ जुन तिथिमा महिला दिवंगत हुन्छिन् त्यही तिथिमा महिला ब्राम्हिणीहरुलाई विधि विधान र श्रद्धाले भोज खुवाई यथाशक्य द...
भक्तिभावपूर्वक विश्वकर्मा जयन्ती मनाइयो

भक्तिभावपूर्वक विश्वकर्मा जयन्ती मनाइयो

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– सन्दीप कुमार अग्रवालनेपालगन्ज, ३ असोज – देउताहरुको शिल्पकार भगवान विश्वकर्मा जयन्ती शुक्रवार दिन भक्तिभाव ढंगले सम्पन्न भएको छ ।पौराणिक ग्रन्थहरुमा उल्लेख रहे अनुसार भगवान र देउताहरुको नगर र भवनहरु भगवान विश्वकर्माबाट निर्माण हुने गथ्र्याे । उनीको यो कार्य द्वापर युगसम्म चलेको उल्लेख पाइन्छ ।द्वापर युगमा जरासन्धबाट योगीराज कृष्णको युद्ध भएको उल्लेख रहेको समेत पाइन्छ । सो समय जरासंधको उत्पात देखी भगवान श्रीकृष्ण गोकुल, मथुरा, वृन्दावन लगायत आफ्नो स्थान छाड्ने निर्णय गर्दै कुनै अर्काे स्थानमा नगरी बसाउने फैसला गरे । यसको लागि भगवान श्रीकृष्णलाई ठूलो भूमि चाहिएको थियो । भव्य नगर निर्माण गर्ने जिम्मा उहाँले भगवान विश्वकर्मालाई दिनु भएको थियो । यस समय भगवान विश्वकर्माले समुन्द्र राजसँग यो शर्तमा जमिन मागे कि जबसम्म श्रीकृष्ण रहन्छन् त्यस समयका लागि सो नगरी रहन्छ । त्यसपछि आफ्नो भूमि फि...