Sunday, April 26सत्यम खबर
Shadow

चीनले नाकामा लत्ताकपडा रोकेकोले दशैंमा महँगियो भाउ

नेपालगन्ज, २२ असोज – विजयादशमीको बेलामा बाँकेको नेपालगन्जमा हाल जुन गतिले चहलपहल हुनुपर्ने हो त्यस अनुसार नभएको नेपालगन्जबासीहरुको भनाई रहेको छ ।
नेपालगन्जबासीका अनुसार यसपटक विजयदशमीमा कपडा खरिद बिक्रीमा समेत ग्रहकहरुको अभाव खट्किएको पाईन्छ । गत वर्ष यस बेला दशैंमा ग्रहकको भिडलाई थेक्ने नसक्ने अवस्था भएपनि यस पटक त्यस्तो नभएको बताएका छन् ।


यसैगरी, दसैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा राम्रो व्यापार हुन नसकेको व्यापारीहरूको भनाइ छ । तर मूल्यचाहिँ गत बर्षको भन्दा २० प्रतिशत भन्दा धेरैले बढेको उनीहरुले बताए ।
खासगरी नेपालगन्जको त्रिभुवन चौक, घरवारीटोल, न्यूरोड क्षेत्रमा भिडभाड हुने गरेको थियो भने काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरी लगायतका क्षेत्रमा आउने ग्राहकहरुले पनि लत्ताकपडा, जुत्ता लगायतका सबै सामानको भाउ निकै महङ्गो रहेको बताएका छन् । यस्तै, उनीहरुले बजारमा नयाँ सामानहरु देखिएको पनि बताएका छन् ।
व्यापारीहरुले दसैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको भन्सार नाका मै लामो समयसम्म रोकिँदा बजारमा अभाव भएको तथा भन्सारको मूल्याङकन पनि बढेको कारण महँगी बढेको बताएका छन् । उनीहरुले दशैं सुरु भएसँगै व्यस्त हुनुपर्ने बेला मोवाइल खेलाएर दिन काट्न बाध्य हुनुपरेको पनि गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *