मुस्लिम समुदायको जश्ने ईद मिलादुन्नबी हर्षोल्लासका साथ सम्पन्न
ताहिर शेष राई (साहिल)नेपालगन्ज – २, कार्तिक – ईस्लाम धर्मावलम्बीको अन्तिम प्रवक्ता अर्थात पैगम्बर हजरत मोहम्मद (स.अ.) को शुभ जन्म ज्यन्तीको अवसरमा हर्षोल्लासका साथ नेपालगन्जमा जश्ने ईद मिलादुन्नबी सम्पन्न भएको छ ।
मंगलबार बिहान करीब जामा मस्जिदबाट निस्केको जुलुसे मोहम्मदी नगर परिक्रमा गरि गौसिया मस्जिद पुगि समापन गरिएको थियो ।इस्लामिक पात्रो अनुसार तेस्रो महिना रविउल्ल अवलको १२ तारिखका दिन नेपाली मुस्लिम सहित विश्वका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएका छन ।
इस्लाम धर्मका अन्तिम प्रवक्ता अर्थात पैगम्बर ‘हजरत मोहम्मद’ साहवको जन्म साउदी अरबको मक्का शरीफमा बिबी आमिनाको कोखबाट भएको थियो ।...









