Monday, April 20सत्यम खबर
Shadow

हिन्दूहरुको एकमात्र शमशान भूमिमा काठको अभाव, सर्वसाधारणलाई सास्ती

शुभम शर्मा
नेपालगन्ज, १३ असोज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ भित्र हिन्दूहरुले आफ्न्त जलाउन बनाईएको एक मात्र हिन्दू शमशान भूमिमा विगत २ महिनादेखि काठ (दाउरा) को व्यवस्था नहुँदा उपमहानगरबासी आम सर्वसाधारणहरुलाई समस्या हुने भएको छ ।


कोरोनाकालमा दैनिक १२–१४ जना दिनकै लास जलाउने गरिएको भएपनि हाल हिन्दूहरुको एक मात्र शमशाम भूमिमा दाउराको व्यवस्था नहुँदा सम्बन्धित सरोकारवाला निकाय मौन हुनु हिन्दू समाज कै लागि बिडम्बना भएको स्थानीयहरु बताउँछन् ।
नेपालगन्ज उपमहानगरपालिका भित्र जनप्रतिनिधिहरु आएदेखि विभिन्न स्थानको विकास नभएको पक्कै होईन तर व्यक्तिको अन्तिम यात्रा भएको शमशाम भूमिसम्म हुन्छ र त्यहाँ पुगेपछि उसलाई जलाउन प्रयोग हुने दाउरा नै नभएको अवस्थामा बाध्य भएर बाहिरबाट १२ सय क्वीन्टलको दरमा खरिद गरि लास जलाउने गरेको शमशाम भूमिमा खटिएका एकजना महिलाले बताईन् ।


यस विषयमा वडा नं. ८ का वडाअध्यक्ष सुरेन्द्र गुप्ताको भनाई अनुसार हामी आएदेखि शमसान भूमिको बृहत विकास गरेका छौं, त्यहाँ गार्डेन लगाउने, शमशाम भूमिमा अन्तिम यात्रा गरी पुगेका मलामीहरुको लागि बस्न सिमेन्टको कुर्सी, लास जलाई सकेपछि क्रिया राख्ने स्थान, नुहाउनको लागि पानी लगायतको व्यवस्था गरेको बताउँछन् । उनले भने– ‘हामीले वडा मार्फत छुट्टाएको बजेट कोभिड–१९ कोरोना कालमा धेरै संख्यामा लास जलाईएको हुँदा खरिद गरिएको दाउरा त्यसमा खतम भएको तथा हाल पनि वडामार्फत ३ लाख बजेट छुट्टाईएका छौं, तर वन कार्यालयको ढिलासुस्तीले गर्दा दाउराको समस्या भएको जानकारी गराउँदै अब ३–४ दिन भित्र समस्या समाधान हुने प्रतिबद्धता गर्नुभयो ।’


आजको सामना साप्ताहिका प्रकाशक अजयकुमार गुप्ताले भने– ‘हालपनि शमशाम भूमिमा धेरै कार्य गर्नुपर्ने देखिन्छ, वडाद्वारा नामको लागि मात्र कार्यहरु देखावटी रुपमा अगाडी गरिएको छ । जबकी त्यस भित्र धेरै स्थान खाली रहेको पाईन्छ, जसमा धेरै कार्यहरु गर्न सकिन्छ’ उनले बताए ।
शमशाम भूमिमा जे जति सजावटका कार्य गरिएपनि काठ नहुँदा लास लगाउन उक्त सजावटका सामान प्रयोग गर्न नमिल्ने तर्क राख्दै छिटोभन्दा छिटो काठको व्यवस्थापन गर्न सम्बन्धित सरोवालाहरुको ध्यान केन्द्रित हुनुपर्ने स्थानीयहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *