
नेपालगन्ज, २६ असोज – हिन्दूहरुको महान पर्व विजयदशमीको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि नेपाल शिवसेनाद्वारा प्रसाद वितरण (भण्डारा)को लागि खाद्यान्न सहयोग गरिएको छ ।
नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारका अनुसार डुडुवा गाउँपालिकामा प्रत्येक वर्ष झै यस वर्ष पनि नेपाल शिवसेनाद्वारा प्रसाद वितरणका लागि १५० के.जी. चिनी, १५० के.जी सुजी, ३ बोरा आलु, ५ कार्टुन खानेतेल मुर्ती राखिएको स्थानमा वितरण गरिएको बताउनुभयो ।
नेपाल शिवसेनाका कोषाध्यक्ष मदनराज शर्माका अनुसार यस वर्ष डुडुवाका गाउँपालिका भित्र भब्य र सब्य भण्डारा कार्यक्रमको आयोजना हुने भएकोले स्थानीयहरुले यस वर्षपनि प्रसाद वितरणको लागि नेपाल शिवसेनाबाट सहयोग माग गरेअनुसार खाद्यान्न उपलब्ध गराई सहयोग गरिएको बताउनुभयो ।



