
नेपालगन्ज, २७ असोज –काेभिड-१९ काेराेना भाईरसले विगतमा बाँकेलाई त्रासदीपुर्ण अवस्थाबाट गुज्रिएकाे सम्झेर अब उप्रान्त त्यस्ताे नहाेस भनी युवाहरूले सचेतना अभियानकाे थालनी गरेका छन् ।
बि योर सेल्फद्वारा आयाेजना गरिएकाे सचेतना अभियानमा आम सर्वसाधारणहरूलाई माक्स बितरण, स्वास्थ मापदण्डकाे पुर्ण पालना, सरसफाई बारे विभिन्न प्ले कार्डसहितकाे र्याली नगर परिक्रमा गराईएकाे थियाे ।
नागरिक सचेतना अभियानकाे शुभारम्भ फुल्टेक्राकाे फत्तेबाल आँखा अस्पतालबाट गरिएकाे थियाे । सचेतना र्याली सल्यानी बंगला, त्रिभुवन चाैक, बागेश्वरी टाेल, घरवारी टाेल, सेतुबिका चाैक, धम्बाेझीलगायत स्थानमा परिक्रमा गरि बडा दशैँ र तिहारमा जथाभावि फोहोर नफालौं, घर आँगनकाे सरसफाई गरि स्वाच्छ र सफा वातावरण रखौ, चाडपर्वमा काेभिड-१९ बाट सावधान रहौ, मास्क लगाई २ मिटरको दुरि कायम रखौ जस्ताे प्लेकार्ड र ब्यानरसहित सचेतना अभियान कार्यक्रम सम्पन्न गरिनुका साथै मास्क समेत वितरण गरिएकाे बि याेर सेल्फका शिवम शाहले बताउनु भयाे ।
शाहका अनुसार अभियानलाई जारी राख्दै धार्मिक एवम् पर्यटकीय स्थल स्थानिय बागेश्वरी मन्दिरमा भाेलि (बिहिबार) दिउँसाे ३ बजे मन्दिर प्राङ्गण सरसफाई गर्ने कार्यक्रम राखिएकाे हुँदा अभियानमा सहभागी हुन चाहने सबैमा सहभागिताकाे लागि अग्राह गरेका छन् ।
कार्यक्रममा शिवम् शाह, सत्यम बर्मा, सुप्रिया शाह, सुमिन याेगी, सुदिपसिंह चाैधरी, साेहन श्रेष्ठ, शेखर जाेशी, दिनिता शाही ठकुरी, विजय काेरी, अमित काैशल, सुनिल भण्डारी, केतन नाग, रबिन्द पाेरवाल, अरबिन्द माैर्या, दिवांस माैर्या, अमन फारूकी, रबिन आचार्य, राजिब अधिकारी, श्रृष गुप्ता, अंकित गुप्ता, राेशे श्रेष्ठलगायतकाे सहभागिता रहेकाे थियाे ।
