Thursday, April 23सत्यम खबर
Shadow

मुस्लिम समुदायको जश्ने ईद मिलादुन्नबी हर्षोल्लासका साथ सम्पन्न

ताहिर शेष राई (साहिल)
नेपालगन्ज – २, कार्तिक – ईस्लाम धर्मावलम्बीको अन्तिम प्रवक्ता अर्थात पैगम्बर हजरत मोहम्मद (स.अ.) को शुभ जन्म ज्यन्तीको अवसरमा हर्षोल्लासका साथ नेपालगन्जमा जश्ने ईद मिलादुन्नबी सम्पन्न भएको छ ।


मंगलबार बिहान करीब जामा मस्जिदबाट निस्केको जुलुसे मोहम्मदी नगर परिक्रमा गरि गौसिया मस्जिद पुगि समापन गरिएको थियो ।
इस्लामिक पात्रो अनुसार तेस्रो महिना रविउल्ल अवलको १२ तारिखका दिन नेपाली मुस्लिम सहित विश्वका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएका छन ।


इस्लाम धर्मका अन्तिम प्रवक्ता अर्थात पैगम्बर ‘हजरत मोहम्मद’ साहवको जन्म साउदी अरबको मक्का शरीफमा बिबी आमिनाको कोखबाट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *