Thursday, April 23सत्यम खबर
Shadow

मोहम्मद डेकाे तयारी पुरा, सरकारले दियो सर्वजनिक बिदा

ताहिर शेष राई
नेपालगन्ज – १, कार्तिक – ईस्लाम धर्मावलम्बीको अन्तिम पैगम्बर हजरत मोहम्मद (स.अ.)को शुभ जन्मज्यन्तीको अवसर पारेर नेपालगन्जमा हर्षोल्लासका साथ जुलुसे मोहम्मदी निकालिने तयारी पुरा भएको छ ।

मंगलबार बिहान ७ बजे जामा मस्जिददेखि मोहम्मदी जुलुस शुरु भइ फुल्टेक्रा, डी.एस पी. रोड, एम.पिस स्कुल, त्रिभुवन चौक, बिपि चौक, धम्बोझी चौक, घरबारी टोल र त्रिबेणीमोड हुँदै गौसिया मस्जिद अगाडी समापन गरिने जामा मस्जिद ईदगाह सञ्चालक समितिले जानकारी गराएकाे छ ।

आज मुस्लिम समुदायले ईस्लामिक परम्परा अनुसार दीप प्रजव्वलन र गाउँटोल झिलिमिली गरि रात्रभरि जागरण गरि घर-घरमा मिलाद पढ्ने, नमाज पढिने र सामुहिक रूपमा धार्मिक कार्यक्रमहरु समेत गरिने धार्मिक अगुवाहरू बताउँछन् ।

इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिम सहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताएका छन् ।

“हजरत मोहम्मदको जन्म साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो” सोमबार बसेको मन्त्रि परिषद्को बैठकले भोलि मंगलबार मुस्लिम समुदायको मोहम्मद जन्म जयन्तीको अवसर पारेर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *