Tuesday, October 22सत्यम खबर
Shadow

धार्मिक

आज ताजिया बिर्सजन गरिने

आज ताजिया बिर्सजन गरिने

धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १४ भाद्र – मोहर्रम पर्वमा शनिबार रातभरी जागरण गरि दुरुद फातिहा लगायत धार्मिक परम्परा अनुसार मनाईएको छ । विश्वभर कोभिड–१९ को महामारी फैलिएको अवस्थामा समेत धार्मिक सद्भावलाई मध्यनजर गरी मोहरर्म पर्वलाई स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई मनाएका छन् । नेपालगन्ज सहित जिल्लाको विभिन्न स्थानमा कोरोना भाइरसको जोखिम उच्च देखेपछि मोहरर्म पर्वलाई घर मै मनाउन संयुक्त मोहरर्म समितिले पर्व अगावै पत्रकार भेटघाटमा जानकारी गराईसकेको थियो ।अरबी पात्रो अनुसार १४४२ हिजरी अर्थात इस्लाम धर्मवलम्बीहरुको नयाँ वर्ष एवं मोहरर्मको ९ तारीख अर्थात भाद्र १३ गते विभिन्न स्थान र घरघरमा मुस्लिम परम्परा अनुसार ताजिया राखिने तथा भाद्र १४ गते स्थानीय कर्बलामा बिसर्जन गरिएको छ । प्रत्येक वर्ष झै यस वर्ष पर्वमा भब्यता नभएपनि स्थानीय प्रशासनको सहयोगमा मोहर्रम पर्व मनाउन पाउनु नै ठूलो कुरा भएको जिकिर गर्दै...
नरैनापुरमा आज सार्वजनिक बिदा

नरैनापुरमा आज सार्वजनिक बिदा

धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नरैनापुर, १४ भाद्र – बाँकेको नरैनापुर गाउँपालिकाले मोहर्रम पर्वमा आज आईतबार सार्वजनिक बिदा दिएको छ ।मुस्लिम धर्मावलम्बीहरुको पर्व मोहर्रममा आज आईतबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबले बताउनुभयो । कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दुरी कायम गरेर भिडभाड नगरी पर्व मनाउन उपाध्यक्ष श्रीवास्तबले आग्रह गर्नुभएको छ ।उच्च स्वास्थ्य सतर्कताका अपनाउँदै घर मै बसी आ–आफ्नो परिवारमा हर्षोल्लासका साथ मोहर्रम पर्व मनाउन गाउँपालिकाबासीलाई अनुरोध गरिएको छ ।...
श्री श्री श्री १००८ हिरामान हरि गिरी (नागाबाबा) को अन्तिम बिदाई ११ः५५ बजे

श्री श्री श्री १००८ हिरामान हरि गिरी (नागाबाबा) को अन्तिम बिदाई ११ः५५ बजे

धार्मिक, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० भाद्र – श्री श्री श्री १००८ हिरामान हरि गिरी (हरि शंकर नागा बाबा) को ८७ वर्षको उमेरमा देहअवसान भएको छ । मंगलबार दिउँसो १ बजेर १५ मिनेटमा नेपालगन्जस्थित हनुमत गौशालामा आप्mनो पाँच तत्वको शरीर मंगलबार त्याग गरी ब्रह्मलिन हुनुभएको थियो ।आज बुधबार उहाँको पार्थिव शरीरलाई भक्तजनहरुले हनुमानगढी परिक्रमा गराई अन्तिम बिदाई दिने श्रद्धालु मदनराज शर्माले बताउनुभयो । श्री श्री श्री १००८ हिरामान हरि गिरी (नागाबाबा) को अन्तिम बिदाईको तयारीमा खटिकाएका श्रद्धालु भक्तजनहरु । तस्वीर: सत्यमखबर श्रद्धालु शर्माका अनुसार बुधबार बिहान १०ः४५ मा हनुमन गौशालाबाट हनुमानगढी मन्दिरसम्म परिक्रममा गराई पुनः हनुमन गौशालामा ११ बजेर ५५ मिनेटमा उहाँलाई धार्मिक विधिविधान अनुसार अन्तिम बिदाई गरिने बताउनुभयो ।श्री श्री श्री १००८ नागा बाबा गत जेष्ठ १५ गते ब्रेन ह्यामरेज भएपछि हालसम्म उपचार कै क्रममा हुनुहुन्...
मोहर्रम पर्व घर मै बसी मनाउन अनुरोध

मोहर्रम पर्व घर मै बसी मनाउन अनुरोध

धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र – विश्वमा कोभिड–१९ को महामारी फैलिएको बेला बाँकेका मुस्लिम धर्मावलम्बीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी यसपटकको मोहर्रम पर्व घर मै बसी मनाउने निर्णय सार्वजनिक गरेका छन् ।मंगलबार पत्रकार सम्मेलनमार्फत सबैलाई जानकारी हुने गरी बाँके जिल्लामा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई नेपाल सरकारको गाईड लाईन अनुसार यसपटकको मोहर्रम पर्व घर मै बसी मनाउन अनुरोध गरेका छन् । नेपाल मोहर्रम तथा संरक्षण समितिका प्रवक्ता एवम् नेकपा (एमाले)का नेता मोहम्मद हारुनले यो महिना हजरत हसन र हजरत हुसैनले सत्यको लागि आफ्नो सम्पूर्ण परिवार सहित सहादत दिएका कारणले यो यादगारे हुसैन महिनाको रुपमा मनाउँदै आएका छौं । यस महिनामा हाम्रो समुदायको तर्फबाट हुने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगित गरिएको सबैमा जानकारीको लागि अनुरोध गरेका छन् ।पत्रकार सम्मेलनमा नेता हारुनले आज श्री श्री १००...
सुरक्षित भएर घर मै मोहरर्म मनाउन अनुरोध

सुरक्षित भएर घर मै मोहरर्म मनाउन अनुरोध

धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ भाद्र – केन्द्रिय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समिति केन्द्रिय कार्यालय नेपालगन्जका अध्यक्ष गुलाम हुसेन हलुवाइ “वारसी” फिरोजले समुदायलाई यसपटकको मोहर्रम पर्वलाई सुरक्षित भएर घर मै मनाउन अनुरोध गरेका छ्न । कोभिड–१९ को महामारीका कारण विगत ६ महिनादेखि सबै धार्मिक कार्यहरु घरमै गर्नु परिरहेको छ । मुस्लिम समुदायको मोहर्रम पर्वलाई पनि घरमै मनाउनुकालागि आग्रह गरेका छ्न ।यसैगरी राति गरिने कुनै पनि कार्यक्रमहरु, भेला नगर्न वा ताजिया सेलाउन पालैपालो भिडभाड नगरी सुरक्षित तवरले कर्बला जान अध्यक्षले समुदायलाई अनुरोध गरेका छ्न ।...
भन्सार सीमा नाकामा दैनिक भण्डारा जारी

भन्सार सीमा नाकामा दैनिक भण्डारा जारी

धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ भाद्र – विश्व कोभिड–१९ को महामारीमा पीडित रहेको बेला सबै ठाउँमा सहयोगी मनहरुले सहयोग गर्ने गरेको उदाहरणहरु प्रसस्त पाईन्छ । त्यही सहयोगी मनहरुमा नेपालगन्ज भन्सार कार्यालय प्रा·णमा करीब एक महिनादेखि निरन्तर रुपमा सीमा नाकाबाट आवत–जावत गर्नेहरुलाई खाना (भण्डारा) खुवाउने कार्य गरिरहेको सहयोगी ध्रुब शर्माले बताउनुभयो ।सहयोगी शर्माका अनुसार रुपईडिहा सीमासँग जोडिएको सीमा नजिक रहेको भन्सार कार्यालय नेपालगन्जको प्रा·णमा जय गुरुदेव बाबाका भक्तहरुद्वारा एक महिनादेखि दैनिक रुपमा भण्डारा आयोजना हुँदै आईरहेको जनाउनुभयो । ढोढे गाँव बस्ने राजेश सोनीको भनाई अनुसार शुद्ध मन र भक्तीभावद्वारा सहयोग (दान) स्वीकार गरिएको छ । हामीले कसैलाई केही सहयोग गर्नुपर्छ भनी आजसम्म नभनेको र आउने दिनमा समेत कसैलाई भनिने छैन् ।सहयोगी सोनीका अनुसार हामीले कुनै सरकारी, गैरसरकारी, संघ, संस्था वा कार्यालयबाट...
तिजको अवसरमा पूर्वमन्त्री राईदेखि प्रशासन प्रमुखसम्मले के–के लेखे स्टाटसमा….

तिजको अवसरमा पूर्वमन्त्री राईदेखि प्रशासन प्रमुखसम्मले के–के लेखे स्टाटसमा….

धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – बाँके जिल्ला लगायत देशभरमा आज हरितालिका तीजको रौनक नभएपनि सार्वजनिक सञ्जाल फेसबुक, ट्युटर, इमो लगायतमा शुभ–कामना आदान प्रदान गर्नुका साथै कोभिड–१९ को संक्रमणबाट जोगिन घरमा बसी तिज मनाऔं भनी स्टाटसहरु देख्न पाई्रन्छ ।सोही सार्वजनिक सञ्जालको प्रयोग बाँकेका जनप्रतिनिधिहरुदेखि लिएर प्रशासन प्रमुखहरुले समेत गरी विभिन्न सन्देशहरु शुक्रबार प्रवाह गरेका छन् । सोही क्रममा पूर्व मन्त्री एवम् बाँके क्षेत्र नं. २ का सांसद मोहम्मद ईस्तियाक राईले ईस्लामिक नयाँ वर्ष १४४२ हिजरी तथा हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिज–२०७७ को सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजु–भाई तथा दिदी–बहिनीहरुमा शुभकामना व्यक्ति गरिनुका साथै तीज र मोहर्रम जस्ता महान चाड पर्वहरुमा गरिने सबै प्रकारका जमघट, भेला, धार्मिक कार्यक्रम तथा साँस्कृतिक कार्यक्रमहरु आ–आफ्नो घर भित्रै सुरक्षित भएर गरिदिनु हुन...
नाचौ, तीज आठौँ सिजनमा कृष्णसार एफएमको डिजिटल प्रतियोगिता

नाचौ, तीज आठौँ सिजनमा कृष्णसार एफएमको डिजिटल प्रतियोगिता

आर्थिक, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – हरेक बर्ष तीज गीत प्रतियोगिता गर्दै आएको कृष्णसार एफएमले कोरोनाका कारण यसबर्षको प्रतियोगिताको स्वरुप परिवर्तन गरेको छ । बाँके र बर्दियाका साना–ठूला सहरमा पुगेर प्रतियोगी छनोट गर्दै आएको उक्त एफएमले यसबर्ष डिजिटल प्रतियोगिताको अवधारणा अघि सारेको छ । प्रतियोगीले आफूलाई मन परेको गीतमा नाचेर एफएमलाई पठाएको प्रतियोगिताका संयोजक माधव अधिकारीले बताए । उनले प्रतियोगीले तीज गीतमा नाचेको भिडियो २ भाद्रमा एफएमको पेसबुक पेजमा अपलोड गरेको बताए । प्रतियोगीले खेत, बारी, सडकमा नाचेको भिडियो एफएमलाई पठाएको उनको भनाई छ । ‘प्रतियोगीको भिडियोमा आएको लाइक र भ्यूजको आधारमा छनोट गरिने छ,’ उनले बताउनुभयो ।नाचौ, तीज आठौँ सिजन डिजिटल प्रतियोगिता नाम दिइएको उक्त प्रतियोगिताका लागि ५० जनाले भिडियो पठाएको उनले जानकारी दिए । ति मध्ये पहिलो चरणमा २५ जना प्रतियोगीको भिडियो छनोटमा परेको उनले बत...
हरितालिका तीज आज, के हो तीज ? किन बसिन्छ व्रत ?

हरितालिका तीज आज, के हो तीज ? किन बसिन्छ व्रत ?

धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज शुक्रबार तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरून्धत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । तस्वीर : फेसबुकबाट तस्वीर : फेसबुकबाट सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको बाँकेको बागेश्वरी र्मिन्दरमा रहेका जुँगे महादेव, त्रिभुवन चोक शिवमन्दिर, फुल्टेक्राका शिवमन्दिर, काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङ्को हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य शिव मन्दिरमा आज शुक्रबार बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लाग्ने गर्थियो तर यस बर्ष कोरोना संक्रमणका कारण सरकारले सामुहिक नाच गानमा रोक लगाएको हुँदा घर मै बसी मनाउने गरिएको छ ।हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएको भन्दै राम्रो र चिताएको पति पाउन अविवाहित कन्याल...
आज श्रीकृष्ण जन्माष्टमी, देशभर मनाउँदै

आज श्रीकृष्ण जन्माष्टमी, देशभर मनाउँदै

धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २७ श्रावण– वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।यसदिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्...