बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले धन्वन्तरी दिवश मनायो
नेपालगन्ज, १६ कार्तिक - “आयुर्वेद विकासको आधार, जनशक्ति विकास र पुर्वाधार” भन्ने मुल नाराका साथ बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले धन्वन्तरी दिवशको अवसरमा धन्वन्तरी देविको पुजागरी मनाएको छ । साथै सोहि दिवशको अवसरमा सुुशील कोइराला क्यान्सर अस्पतालमा पुगेर विरामीहरुलाइ फलफुल पनि वितरण गरिएको थियो ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.अनिलकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्वन्तरी दिवशको महत्व, इतिहास र उत्पत्तिका विषयमा जानकारी गराउँदै धन्वन्तरी देविको पुजा गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले आयुर्वेदको विकासको लागि आफुले सक्दो सहयोग गर्ने बताउँदै यसमा रहेका कमि कमजोरीलाई हटाउन पनि अनुगमन गरिने बताउनुभयो ।
किरण खनालद्धारा सञ्चालन गरिएको कार्यक्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डा...









