Monday, April 27सत्यम खबर
Shadow

हरित काफ्लेद्वारा दशैंकाे उपहारमा कल्पबृक्ष

नेपालगन्ज, २५ असाेज – धार्मिक महत्वले अति नै महत्वपुर्ण मानिने कल्पबृक्षकाे बिरुवा हरित अभियन्ता हेमन्तराज काफ्लेले उपहार दिएकाे छन् ।

सल्यानकाे छायाक्षेत्र शक्तिपिठका महन्त उमेश गिरि महाराजलाई हरित हेमन्तले कल्पवृक्षकाे बिरुवा उपहार दिएकाे बताउनुभएकाे छ । उक्त कल्पवृक्षकाे बिरुवा सल्यानको छाया क्षेत्र शक्ति पिठमा आज साेमबार नै लगाईयो हरित हेमन्तले बताउनुभयाे ।

वैदिक धर्म अनुसार हिन्दु धर्मावलम्बीहरूकाे वेद र पुराणमा कल्पवृक्षकाे बिरुवा बारे विस्तृत उल्लेख गरिएको पाईन्छ ।
कल्पवृक्ष स्वर्गको विशेष रूख उल्लेख गरिएकाे छ । पौराणिक धर्मशास्त्र र हिन्दू मान्यता अनुसार कल्पबृक्ष बिरूवाको मुनि बसेर ध्यान गरेको व्यक्तिले चाहे अनुसारको वर प्राप्ती गर्ने विश्वास रहेकाे छ ।

हरित अभियन्ता काफ्लेका अनुसार नेपाल मै पहिलो कल्प वृक्ष हो, जुन जर्मनीबाट साधना अधिकारी रानाले पठाउनु भएको बीउ हो, यस अघि हनुमान गढी, जिल्ला बन कार्यालय, श्री भगवती मन्दिर, श्री माँ बि बन्जारे गाउँ, कोहलपुर र धनगढीमा कल्प वृक्षकाे पुजा पाठ गरि विधि पुर्बक लगाईएको बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *