Tuesday, April 21सत्यम खबर
Shadow

बंगलादेशमा हिन्दुहरूमाथि भएकाे दमनको विरोधमा पुतला दहन

रवि प्रकाश कसौधन
कृष्णनगर, ४ असोज – कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघर चोकमा बंगलादेशकी प्रधानमन्त्रीकाे पुतला दहन गरिएकाे छ ।

केही दिन अगाडी बंगलादेशमा भएको हिन्दू धर्मावलम्बी माथी दमन र मठ मन्दिर तोड फोड भएको बिरोधमा हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटीद्वारा आज गोलघर चोकमा व्यापक बिरोध प्रदर्शन गर्नुका साथै बंगलादेशकी प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ ।

बंगलादेशमा हिन्दू अल्पसंख्यक माथी गरिएको दमनको बिरोधमा प्रदर्शनकारीहरूले विरोधका पोष्टरहरू हातमा बोकी मोमबत्ती बाली बिरोध प्रदर्शन गरेका थिए l

हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी अध्यक्ष विकासकुमार चतुर्वेदीले प्रत्येक धर्मावलंबीहरू आ-आफ्नो धर्मको संरक्षण सम्बर्धन गर्ने अधिकार रहेको, हिन्दू धर्मावलम्बी माथी पटकपटक विभिन्न देशमा गरिएको दमन निन्दनीय रहेको बताउँदै हिन्दू धर्मावलम्बी माथी हुने दमन कदापि सहन नसक्ने बताए l प्रदर्शनकारीहरू हिन्दू धर्म माथी भएको दमनको बिरोधमा चर्को नाराबाजीका साथ बिरोध प्रदर्शन गरेका थिए l

राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तु सचिव प्रेमशंकर शुक्ल, हिंदू युवा शक्ति कपिलवस्तु जिल्ला सदस्य अस्तिक पाण्डेय, हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी सचिव हिमांशु श्रीवास्तव, शिवसेना नेपाल लगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *