Wednesday, April 22सत्यम खबर
Shadow

नेपाल संवत ११४२ भव्यताले मनाइयो

– सन्दीप कुमार अग्रवाल
नेपालगन्ज, २२ कार्तिक – नयाँ वर्ष नेपाल संवत ११४२ शुक्रवारका दिन देशभर भव्यताले मनाइएको छ । न्हुँदया भिन्तुनाले यो नयाँ वर्ष ११४२ देशभर नै मनाएको हो ।
राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (ई.स. ८०२)मा गरी जनताको ऋण मोचन गरी नेपाल संवतको प्रारम्भ गराएका थिए । नेपालसंवतले बडामहाराजाधिराज स्व. श्री ५ पृथ्वीनारायण शाह सरकारको शासनकालमा नै राष्ट्रिय संवतको मान्यता पाएको उल्लेख पाइन्छ ।


वि.सं. २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्टिय मान्यता दिलाउन अभियान चलाइएको थियो । नेपाल संवतको प्रचलन सम्बन्धमा एउटा किम्वदन्ती प्रसिद्ध छ । भक्तपुरका राजालाई ज्योतिषीहरुले काठमाडौंको लखुतीर्थ टेकुदोभानबाट साईत हेरेर बालुवा ल्याए सुन बन्छ भनि सुनाएपछि भक्तपुरमा कामदार पठाइएका थिए ।
कामदारले बालुवा लैजान लागेको देखी साख्वाले बालुवाको दोब्बर पैसा दिन्छु राजाकहाँ भक्तपुरकै खोलाको अर्काे बालुवा राजाकहाँ लगिदेऊ भनेपछि बालुवा साख्वाकै घरमा छाडेर गए । बालुवा सबै सुन भएकोले सुन बेचेर गरीब सबैको ऋण तिरी लिई राजालाई अनुरोध गरेर नेपाल संवत शुरु गरे ।
गरीब जनताको ऋण मोचन गर्राइ सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत समेत चलाएको कार्यको मूल्यांकन गर्दै २०५६ साल मंसिर २ गते तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *