Wednesday, September 16सत्यम खबर
Shadow

धार्मिक

सात दिवसीय श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ सम्पन्न

सात दिवसीय श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ सम्पन्न

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ फागुन - बाँकेको नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१९ सुर्जीगाउँमा माघ २४ गतेदेखि सात दिवसीय श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.– ६ स्थित श्री हडिया बाबा आश्रमका पुजारी रामनरेश बाबाको व्यवस्थापनमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ बाँके जिल्लाको नरैनापुर गाउँपालिका वार्ड नंं.–६ सोनवर्षा निवासी रामानन्द मिश्रले श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञमा प्रमुख कथा वाचक रहनु भएको थियो । श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञमा यज्ञाचार्यको रुपमा सदानन्द मिश्र, प्रेमीदास जी महाराज, सो भागवत पूजामा निरञ्जन सरस्वती, प्रेमनाथ पाण्डेय संगीतकारमा सहयोग गरिरहनु भएको थियो । सुर्जीगाउँका निवासी स्व.गंगाराम जायसवालका धर्म पत्नी, रामनरेश बाबाका माता श्रीमती अवधरानी जायसवाल श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञमा जजमानको रुपमा रहनु भएको थियो । माघ २४ गते ...
नेपाल शिवसेनाबाट मधेश मिडिया मिसन नेपाललाई विभिन्न सर–सामान सहयोग

नेपाल शिवसेनाबाट मधेश मिडिया मिसन नेपाललाई विभिन्न सर–सामान सहयोग

अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ माघ – नेपाल शिवसेना केन्द्रीय समितिले मधेश मिडिया मिसन नेपाललाई विभिन्न सर–सामान सहयोग गरेको छ ।शनिबार धम्बोझी कारका“दो स्थित आफ्नो कार्यालयमा नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रौनियारले एक कार्यक्रम बीच मधेश मिडिया मिसन नेपाल बाँके शाखाका अध्यक्ष चन्द्रेश्वर राज त्रिपाठीलाई १ थान टेबुल र ५ थान प्लाष्टिकको कुर्ची हस्तान्तरण गरेका छन् ।सरसामान हस्तान्तरण गर्दै शिवसेना नेता राजकुमारले ‘मधेश मिडिया मिसन नेपाल विगत लामो समयदेखि मधेशको धर्म संस्कृति, भाषा, सभ्यताको संरक्षण गर्ने कार्य गर्दै आएकोले यो मधेशको हक हितमा कार्य गर्ने एक मात्र संस्था रहेको बुझेर हामीले केही सानो सर–सामान अहिले सहयोग गरेका छौं, यस्तो सहयोग अगामी दिनमा थप गर्दै जाने भन्नुभयो ।’ त्यस्तै शिवसेना नेता मदनराज शर्माले– ‘मधेश मिडिया मिसन विशेषकर अवधी भाषाको विकासको लागि उल्लेखनीय कार्य गरेको छ । ...
मधेशी नारीले तिलवा ‘सकट’ पर्व मनाए

मधेशी नारीले तिलवा ‘सकट’ पर्व मनाए

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– सन्दीप कुमार अग्रवालनेपालगन्ज, ९ माघ – मधेशी नारीले आफ्नो पुत्रको दिर्घायु र सम्पन्नताका लागि तिलवा (सकट) व्रत मनाएका छन् । तिलवा (सकट) व्रतमा व्रतालुहरु दिनभरी उपवास राखी राती चन्द्रमाको दर्शन गरेर व्रत तोड्ने गर्छन् । यस व्रतमा कालो तिल, सक्खरखण्ड ुगञ्जीु लगायतको प्रसाद चढाउँछन् र सिंगो भेलीलाई भेडाको प्रतिक मानी त्यसलाई काट्ने गर्छन् । यसलाई भेडा काट्ने भनिन्छ । तिलवा सकट पर्व परापूर्वकालदेखि हिन्दु नारी आफ्नो पुत्रको दिर्घायु र सम्पन्नताका लागि व्रत राख्दै आएकी छिन् । नयाँ भेरियन्टको डेल्टा र ओमिक्रोनको जोखिम बढ्दै करीब २ वर्षदेखि सम्पूर्ण विश्वलाई पीडित पार्दै आएको कोरोना भाइरसले आफ्नो रुप फेरी एक पटक परिवर्तन गरेको छ । फोटोः गुगल नयाँ भेरियन्टको कोरोना अब डेल्टा र ओमिक्रोनको रुपमा देशभरी नै फैलिन थालेको छ जसको कारण यहाँ फेरी लकडाउन लगाउने स्थिति बन्न थालेको छ नयाँ भेरियन्टको ...
कोरोना संक्रमण फैलिन थालेपछि सन्त मनजीत सिंह खालसाबाट निर्माण भएको गुरुद्वारा र स्कूलको उद्घाटन कार्य रुक्यो

कोरोना संक्रमण फैलिन थालेपछि सन्त मनजीत सिंह खालसाबाट निर्माण भएको गुरुद्वारा र स्कूलको उद्घाटन कार्य रुक्यो

अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, ९ माघ – विगत २ वर्षदेखि फैलिएको कोरोना संक्रमण अब तेस्रो पटक डेल्टा र ओमिक्रोन भेरियन्टको कोरोना फैलिन थालेपछि बाँकेको सिक्खनपुर्वामा अमेरिका बस्ने प्रख्यात सन्त मनजीत सिंहले निर्माण गराउनु भएको गुरुद्वारा र स्कूलको उद्घाटन कार्य केही महिनाको लागि रुकेको छ ।बाँकेको सिक्खनपुर्वामा अमेरिकाको क्यालिफोर्निया राज्य बस्ने सिख समुदायका सन्त बाबा मनजीत सिंह खालसाले करोडौं लागतमा गुरुद्वारा र स्कूल निर्माण गराउनु भएको छ । निर्माण भएको स्कूल हाइस्कूलसम्मको लागि निर्माण भएको छ तर केही महिनापछि ५ कक्षासम्मको स्कूल सञ्चालन हुनेछ यो स्कूल महाराजा रणजीत सिंहकी कान्छी श्रीमति महारानी जिन्द कौरको नाममा निर्माण गरिएको छ । महाराजा रणजीत सिंहको शासन वर्र्र्र्तमान पाकिस्तानको लाहौरसम्म थियो । उहाँले मुगलहरुसँग थुप्रै युद्ध गरी वैदिक सनातन धर्मको रक्षा गर्नु भएको थियो । भारतमा इष्ट इ...
सुरदास आश्रममा कल्पबृक्ष

सुरदास आश्रममा कल्पबृक्ष

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २ माघ - खजुरा गाउँपालिका वडा नं. ४ स्थित सुरदास आश्रम शिव पार्वती मन्दिर परिसरमा माघी पर्वको अवसर पारेर कल्पबृक्ष रोपिएको नेकपा (एमाले) बाँकेका नेता सतिश निरौलाले जानकारी दिनुभयो । नेता निरौलाको आग्रहमा खजुरा -४ स्थित शिवपार्वती मन्दिर परिसरमा रोप्नका लागि कल्पबृक्ष सहित खजुरा पुगेका हरित अभियन्ता हेमन्तराज काफ्लेले यो अत्यन्तै ठुलो धार्मिक महत्त्व बोकेको बिरुवाको ठुलो महत्त्व रहेको बताउनुभयो । धार्मिक विधि र अनुष्ठान पण्डित बोधराज प्याकुरेलबाट गराएर मन्दिर परिसरमा उक्त वृक्ष रोपिएको थियो । पुराणहरुमा समेत यो बिरुवाको बिषयमा उल्लेख भएको र समुन्द्र मन्थन गर्दा निस्किएका १४ रत्न मध्य एउटा महत्त्वपूर्ण रत्न कलप्बृक्ष भएको पण्डित प्याकुरेल ले बताउनुभयो । स्वर्गका राजा इन्द्रलाई यो रत्न प्राप्त भै स्वर्ग लिएर गएपछि एउटा बिरुवा हिमालय पर्वतको नजिकै रोपिएको वर्णनले पनि यो पौराणिक काल...
कोरोना र बाघ आतंकले भुँवर भवानी माघी मेला अन्यौल, जिल्ला प्रशासनले दिएन अनुमति

कोरोना र बाघ आतंकले भुँवर भवानी माघी मेला अन्यौल, जिल्ला प्रशासनले दिएन अनुमति

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ पाैष - बढ्दो कोरोना संक्रमण र बाघ आतंकको कारण राप्ती सोनारी ३ मा माघीको अवसरमा लाग्ने मेला अन्यौलमा परेको छ । नेपालगन्जमा शनिवार अहिलेसम्म कै धेरै कोरोना संक्रमित फेला परे, बढ्दो कोरोना संक्रमणलाई मध्य नजर गर्दै देश भरीका स्कुल बन्द गर्न भनिएको छ । राज्यले भिडभाड नगर्ने भनेको छ भने एकातिर राप्ती सोनारीमा बाघ आतंक मच्चिएको छ । बाघ आतंक र कोरोना कहरलाई बेवास्ता गर्दै भुँवर भवानी मेलाको तयारी जारी छ । बाघले विभिन्न स्थानमा गरी राप्ती सोनारी क्षेत्रमा मात्रै ४ जनाको ज्यान लिइसकेको छ । जंगलको बिचमा रहेको भुँवर भवानी मन्दिर परिसरमा राती लाग्ने मेलाले जन मानसमा त्रास पैदा गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले मेला बारे आफुलाई कुनै जानकारी नभएको र मेला बारे अनुमती दिन गाह्रो रहेको जानकारी गराएका छन् । पत्रकारसँगको कुराकानीमा उनले भने माथीबाट आदेश आउने व...
नेपालगन्जमा अन्तर्राष्ट्रिय बहुधार्मिक गोष्ठीको आयोजन

नेपालगन्जमा अन्तर्राष्ट्रिय बहुधार्मिक गोष्ठीको आयोजन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, २० पौष – सम्पूर्ण विश्वमा साम्प्रदायिक सौहार्द बढाउन मुस्लिम शिया समुदायले अभियान चलाएको छ । नेपालगन्जमा यसै अभियन अन्तर्गत अन्तर्राष्ट्रिय बहुधार्मिक गोष्ठीको आयोजना गरिएको छ ।शनिवार दिन इस्लामिक सेन्टर अफ द वल्र्ड फेडरेशन इन नेपाल र नेपाल मुस्लिम महिला समाज नेपालगन्ज बाँकेले आयोजना गरेको अन्तर्राष्ट्रिय बहुधार्मिक गोष्ठीले हजरत ए फातिमा रजि. ले देखाउनु भएको सम्पूर्ण मानवताको आदर्शको उपदेशमा हिँड्न प्रेरित गर्न यस गोष्ठीबाट प्रयास गरिएको छ । यस बहुधार्मिक गोष्ठी कार्यक्रममा बौद्ध धर्मका धर्मगुरु गुन बहादुर लामा, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी, इस्लामी विद्वान सैयद मेहँदी मुत्तवी, बागेश्वरी मन्दिरका मठाधीश चन्द्रनाथ योगी, इस्लामिक विद्वान मिर्जा याकूब अब्बास, इसाई धर्मगुरु डम्मर थापा, सिख धर्मगुरु ग्रन्थी सोहन जी प्रमुख अतिथि रहनु भएको थियो ...
भाेलि मंगलबारदेखि कालीमाई मन्दिरमा श्रीराम कथा बाचन शुरू हुने, सहभागी हुन सबैमा अनुराेध

भाेलि मंगलबारदेखि कालीमाई मन्दिरमा श्रीराम कथा बाचन शुरू हुने, सहभागी हुन सबैमा अनुराेध

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ पाैष - नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–८ एकलैनी स्थित कालीमाई मन्दिरमा पौष २० गतेदेखि पाैष २६ गतेसम्म श्रीरामकथा बाचन शुरू हुने भएको छ । आज साेमबार कसौंधन बैश्य समाज बाँके, युवा मञ्च, महिला मञ्च तथा हलचल फउण्डेशन नेपालगन्जको संयुक्त आयोजनामा पत्रकार सम्मेलन गरि पौष २० गतेदेखि २६ गते सम्म श्रीराम कथा हुने कसौंधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले जानकारी गराएका छन् । माता–पिताले आफ्ना छोरोछोरीहरूसित कस्ताे व्यवहार गर्ने, सासु–ससुराले बुहारीसित कस्ताे व्यवहार गर्ने, छोराले आफ्ना माता–पितासित गर्ने व्यवहार, माता सिताकाे जीवन लगायतको बारेमा श्रीराम कथाबाट सिक्न सकिन्छ र श्रीराम कथाले आ–आफ्ना कर्तव्य के हो, त्यसको सन्देश दिन्छ, साेही उद्देश्यका साथ श्रीराम कथाको आयोजना गरिएको अध्यक्ष वैश्यले बताउनुभयाे । पत्रकार सम्मेलनमा कसौंधन बैश्य समाजका महासचिव सत्य नारायण कसौंध...
तमु लोसारको उपलक्ष्यमा मोरिङ्गा लगाईयो

तमु लोसारको उपलक्ष्यमा मोरिङ्गा लगाईयो

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ पौष – विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ नेपाल)का निर्देशक डा. घनश्याम गुरुङ, डब्लुडब्लुएफ नेपाल कि गुडबिल एम्बेस्डर वरिष्ठ गायिका आनी छोईङ डोल्मा र आठ बिलियन टिरिजका हरित हेमन्तले संयुक्त रुपमा सितल चिनिको बिरुवा नेपालगन्जको सोल्टी होटल परिसरमा लगाएका छन् । सितल चिनिको बारेमा गायिका आनिले आफू अफ्रिका घुम्न गएको बेला थाहा पाएको र यो स्वास्थ्यका लागि निकै फाईदा जनक एक सुपर फुड भएको बताएकी थिईन ।त्यही मोरिङ्गाको बिरुवा आज लोसार जस्तो शुभ दिनमा लगाउन पाउँदा निकै खुसी भएको बताईन । डब्लुडब्लुएफका निर्देशक डा. घन सरले रुख नै जीवन हो, यो रुखले हामीलाई नेपालगन्ज स्मरण गराई रहने बताउनुभयो । संरक्षणका क्षेत्रमा हामीले सबैलाई चेतना दिन निकै जरुरी रहेको बिरुवा लगाउँदा गुरुङले बताएका थिए र बिरुवा लगाउन जुराएकोमा हरित हेमन्तलाई धन्यवाद दिएका थिए ।...
नेपालगन्जमा सिख समुदायको शहीदी सप्ताह

नेपालगन्जमा सिख समुदायको शहीदी सप्ताह

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– शुभम् शर्मानेपालगन्ज, १२ पौष – सिख समुदायले वीपी चोक सुर्खेतरोडस्थित श्री गुरुनानक देव सिंह सभा गुरुद्वारामा शहीदी सप्ताह मनाएका छन् ।मुगलकालमा आतंकी औरंगजेबले श्री गोविन्द सिंहजी महाराजका ४ जना शहजादे र पंच प्यारेको निर्मम ढंगले हत्या गरेका थिए । तर वैदिक सनातन धर्मको संरक्षणको लागि गुरु गोविन्द सिंहजी आजीवन उनी मुगलकालका तानाशाह विदेशी आतंकीसँग संघर्ष गर्दै रहे । सिख समुदाय र मुगलकोबीच विभिन्न समयमा भएको युद्धमा हजारौं हजार खालसा पन्थका सिखले आफ्नो शहादत दिएका थिए । औरंगजेबको कालमा क्रूरता यति थियो कि त्यसले वैदिक सनातनी धर्मावलम्बीले धारण गरेको सवा मन जनेउ शरीरबाट उतार्न लगाउँथ्यो जो व्यक्ति जनेउ उतार्न मान्दैनथ्यो त्यसको हत्या गराउँथ्यो अनि मात्र त्यसले खाना पानी खान्थ्यो । यस्तो अत्याचार त्यसले आफ्नो शासनकालमा गरेको थियो । सिख समुदायका तमाम व्यक्तिको शरीरमा कपास बेर्ने...