
– सन्दीप कुमार अग्रवाल
नेपालगन्ज, ९ माघ – मधेशी नारीले आफ्नो पुत्रको दिर्घायु र सम्पन्नताका लागि तिलवा (सकट) व्रत मनाएका छन् । तिलवा (सकट) व्रतमा व्रतालुहरु दिनभरी उपवास राखी राती चन्द्रमाको दर्शन गरेर व्रत तोड्ने गर्छन् । यस व्रतमा कालो तिल, सक्खरखण्ड ुगञ्जीु लगायतको प्रसाद चढाउँछन् र सिंगो भेलीलाई भेडाको प्रतिक मानी त्यसलाई काट्ने गर्छन् । यसलाई भेडा काट्ने भनिन्छ । तिलवा सकट पर्व परापूर्वकालदेखि हिन्दु नारी आफ्नो पुत्रको दिर्घायु र सम्पन्नताका लागि व्रत राख्दै आएकी छिन् । नयाँ भेरियन्टको डेल्टा र ओमिक्रोनको जोखिम बढ्दै करीब २ वर्षदेखि सम्पूर्ण विश्वलाई पीडित पार्दै आएको कोरोना भाइरसले आफ्नो रुप फेरी एक पटक परिवर्तन गरेको छ ।

नयाँ भेरियन्टको कोरोना अब डेल्टा र ओमिक्रोनको रुपमा देशभरी नै फैलिन थालेको छ जसको कारण यहाँ फेरी लकडाउन लगाउने स्थिति बन्न थालेको छ नयाँ भेरियन्टको कोरोना ओमिक्रोन तिव्र ढंगले फैलिने गर्छ तर यसलाई खतरनाक मानिएको छैन् बरु डेल्टा बढी खतरनाक रहेको स्वास्थ्य विज्ञहरुको भनाई रहेको छ ।
नयाँ भेरियन्टको संक्रमण बढ्न थालेपछि छिमेकी देश भारतमा यसको नियन्त्रणको लागि विभिन्न सतकर्ताहरु बढाइएको छ । कोरोनाको संक्रमण बढ्न थालेपछि नेपालगन्जको सीमा जमुनहामा पनि सतर्कता बढाइएको छ तर कोरोनाको आडमा प्रहरीले दलालहरुमार्फत भारतबाट आउने जानेहरुसँग रकम असुली गर्ने गरेको गुनासो समेत प्राप्त भइ रहेको छ । जमुनहा नाकाबाट नेपालगन्जमा भित्रिँदा मुखमा अनिवार्य मास्क लगाउन कर गरिएको छ तर पनि संक्रमण तिव्र ढंगले फैली रहेको छ ।
संक्रमण नफैलियोस् यसको लागि स्थानीय प्रशासनले भेला, सभा, धार्मिक कार्यक्रम जहाँ भीडभाड हुन्छ यस्तो कार्यलाई रोक्ने प्रयास गरेको छ । नेपालगन्ज र कोहलपुरमा कोरोनाको संक्रमण ह्वात्तै बढ्दा यो स्थान कोरोनाको हटस्पट नै बनेको छ । कोरोनाको संक्रमण बढ्न थालेपछि यसबाट यहाँका व्यापारी धेरै खुशी रहेको देखिन्छन् । कुरा के हो भने २ वर्षमा कोरोना संक्रमण रहँदा यहाँ कालोबजारी गर्ने व्यापारी सामान बिक्री गर्दा मनोमानी ढंगले रकम उनीहरुले उपभोक्तासँग असुली गरे ।
अहिले त्यस्तै प्रकारको मुनाफाखोरहरु फेरी बढी रकम असुली गर्न हौसिएका छन्। यसबाट बाँके जिल्लावासीहरुमा कालोबजारीप्रति डर त्रास बढेको छ देशको अन्य भाग झैं यहाँ बाँके जिल्लामा पनि कोरोनाको नयाँ भेरियन्ट डेल्टा र ओमिक्रोनको संक्रमण खुबै बढेको छ तर यसमाथि नियन्त्रण गर्ने तयारी मध्यम गतिमा रहेको देखिन्छ । नेपालगन्ज उमनपाको विभिन्न स्थानमा विगत जस्तै नै भीडभाड रहेको छ ।
यहाँ भेलाको आयोजन, जुलुस, सभा, धार्मिक कार्यक्रम निर्वाध ढंगले चली रहेको छ । सामाजिक दूरीको पालना कहिँ कतैबाट पालन गरिएको छैन । अधिकांशहरुले मुखमा मास्क लगाई हिँडेका छैनन् । अब सर्वसाधारणहरु एक आपसमा हात मिलाउन शुरु गरेका छन् जसको कारण कोरोनाको संक्रमण अझ तिव्र ढंगले फैलिने खतरा बढी रहेको छ ।
जुन प्रकार सम्पूर्ण विश्वले २ वर्षमा कोरोनाको सन्त्रास झेलेको छ । त्यसै प्रकारको सन्त्रास नेपालले अब फेरी झेल्ने अवस्था बन्न थालेको छ विगत समय यहाँ कोरोनाको संक्रमण फैलिँदा यहाँका जिल्ला वासीलाई अपूरणीय क्षति बेहोर्नु परेको थियो कोरोनाबाट हामीले आफ्नो तमाम इष्टमित्र परिवारजन गुमाएका थियौं यसकारण अब विगत जस्तो स्थिति उत्पन्न नहोस् यसको लागि सबै सचेत र सजग रहनु जरुरी छ ।
कोरोनाबाट बच्न सचेतना बढाउने कर्तव्य प्रशासनको हो तर यसप्रति नागरिकको पनि त्यत्ति नै जिम्मेवारी छ कि कसरी आफू र आफ्नो परिवार सदस्य छिमेकीलाई कोरोनाबाट जोगाउने यस कारण कोरोनाबाट सबैै सचेत र सजग बनौं अनि स्वतः कोरोनाको संक्रमण घट्दै जान्छ अहिलेको आवश्यकता कोरोनाबाट डराउने होइन बरु त्यसबाट लड्ने हो यसरी मनोबल बढाई सबै कोरोनालाई पराजित गर्नेतर्फ लागौं ।
