
नेपालगन्ज, २ फागुन – बाँकेको नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१९ सुर्जीगाउँमा माघ २४ गतेदेखि सात दिवसीय श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.– ६ स्थित श्री हडिया बाबा आश्रमका पुजारी रामनरेश बाबाको व्यवस्थापनमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ बाँके जिल्लाको नरैनापुर गाउँपालिका वार्ड नंं.–६ सोनवर्षा निवासी रामानन्द मिश्रले श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञमा प्रमुख कथा वाचक रहनु भएको थियो ।
श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञमा यज्ञाचार्यको रुपमा सदानन्द मिश्र, प्रेमीदास जी महाराज, सो भागवत पूजामा निरञ्जन सरस्वती, प्रेमनाथ पाण्डेय संगीतकारमा सहयोग गरिरहनु भएको थियो । सुर्जीगाउँका निवासी स्व.गंगाराम जायसवालका धर्म पत्नी, रामनरेश बाबाका माता श्रीमती अवधरानी जायसवाल श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञमा जजमानको रुपमा रहनु भएको थियो ।
माघ २४ गते शुभारम्भ भएको श्रीमद्भागवतमा पहिलो दिन क्लश यात्रा एवं सर्वौभद्र मण्डल आदि पूजन, भक्ति महत्ममा चर्चा, राजापरिक्षित श्राप, हनुमान पूजन, देविका पूजन एवं मनुद्वारा श्रृष्टि उत्पन्नको कथा, भक्त धु्रब, भक्त प्रहलाद, शती चरित्र, अजामिल कथा, समुन्द्र मन्थन कथा, भगवान श्रीकृष्णको जन्मोत्सव, भगवानको बाल्यलीला, रासलीला एवं कन्शाशुरको बध, भगवान ऐश्वर्य लीला एवं परिक्षित मोक्षका साथै कथा सम्पन्न भएको हो ।
भागवत पूजामा श्री हडिया बाबा आश्रमका पीठाधीश सोमनाथ गिरीको सहभागिता रहेको थियो । यज्ञको अन्तिम दिनको अवसरमा बिशाल जायसवालले केही समय अब देखि भगवानका लागी दिनु पर्छ भन्ने उद्देश्यले शुद्ध मन–वचन, कर्मबाट गुरुबाट गुरुमन्त्र लिएका छन् । फागुन २ गते सोमवार आयोजित भण्डारामा साधुसन्त, महन्त, श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको गौरव जायसवालले बताएका ।
