
– मनोज कुमार कौशल
नेपालगन्ज, ९ माघ – विगत २ वर्षदेखि फैलिएको कोरोना संक्रमण अब तेस्रो पटक डेल्टा र ओमिक्रोन भेरियन्टको कोरोना फैलिन थालेपछि बाँकेको सिक्खनपुर्वामा अमेरिका बस्ने प्रख्यात सन्त मनजीत सिंहले निर्माण गराउनु भएको गुरुद्वारा र स्कूलको उद्घाटन कार्य केही महिनाको लागि रुकेको छ ।
बाँकेको सिक्खनपुर्वामा अमेरिकाको क्यालिफोर्निया राज्य बस्ने सिख समुदायका सन्त बाबा मनजीत सिंह खालसाले करोडौं लागतमा गुरुद्वारा र स्कूल निर्माण गराउनु भएको छ । निर्माण भएको स्कूल हाइस्कूलसम्मको लागि निर्माण भएको छ तर केही महिनापछि ५ कक्षासम्मको स्कूल सञ्चालन हुनेछ यो स्कूल महाराजा रणजीत सिंहकी कान्छी श्रीमति महारानी जिन्द कौरको नाममा निर्माण गरिएको छ । महाराजा रणजीत सिंहको शासन वर्र्र्र्तमान पाकिस्तानको लाहौरसम्म थियो । उहाँले मुगलहरुसँग थुप्रै युद्ध गरी वैदिक सनातन धर्मको रक्षा गर्नु भएको थियो । भारतमा इष्ट इण्डिया कम्पनीको अंग्रेज सरकार आएपछि सिख समुदायले ति फिरंगी अंग्रेजहरुसँग कैयन पटक विद्रोह गरेको इतिहास पाइन्छ । महाराजा रणजीत सिंहको मृत्यु पछि फिरंगी अंग्रेजसँग मुकाबिला गरिन् महाराजा रणजीत सिंहकी कान्छी श्रीमति महारानी जिन्द कौरले उहाँले आफ्नो सम्पूर्ण जीवन अंग्रेजसँग संघर्ष गर्नु भएको थियो । महारानी जिन्द कौरको जन्म पंजाबको फिरोजपुरमा भएको थियो । अंग्रेज सरकारसँग लाहौरदेखि महाराष्टू, लाहौर, कलकत्ता, पंजाबसम्म उहाँले संघर्ष गर्नु भएको थियो ।

यस क्रममा अंग्रेज सरकारले उहाँलाई पक्राउ गरी सन् १८३५ तर्फ भारत उप्र स्थित चुनारगढ किलामा बन्दी बनाएको थियो । तर उहाँ बन्दी गृह भत्काएर भाग्नुभयो र नेपालमा शरण लिनुभयो । केही वर्षसम्म महारानी जिन्द कौर बाँकेको सिक्खनपुर्वामा आएर बस्नु भये । त्यसपछि सन् १८६६ देखि सन् १८७७ सम्म नेपालका प्रधानमन्त्री रहेका जंगबहादुर राणाको सहयोगमा काठमाडौंमा बस्नु भयो । पछि जंग बहादुर राणाले आदर सत्कार सहित उहाँलाई भारत फिर्ता पठाएका थिए । पछि सन् १८३५ तर्फ महारानी जिन्द कौरको महाराष्ट्रको नासिक नामक स्थानमा देहान्त भयो र उहाँको अन्तिम संस्कार नर्मदा नदीको किनारमा गरियो । पछि उहाँको अस्तु महाराज दुलीप सिंहले लाहौरमा लगी विसर्जन गर्नु भएको इतिहास छ । यसरी सिख समुदायको लागि बाँकेको सिक्खनपुर्वा एक पवित्र स्थल हो । यहाँ महारानी जिन्द कौरले लामो समयसम्म जीवन व्यतीत गर्नुभएकोले अहिले अमेरिकाको क्यालिफोर्निया बस्ने सिख समुदायका सन्त मनजीत सिंह खालसाले महारानी जिन्द कौरको सम्झनामा स्कूल र गुरुद्वाराको स्थापना गर्नु भएको छ ।
बाँके जिल्लामा त्यसै प्रकार उहाँले बेलभार इलाकामा रहेको बनकटवा गाउँमा विशाल गुरुद्वारा निर्माण गराई सञ्चालन पनि गरी सक्नु भएको छ । सिक्खनपुर्वाको स्कूलको सेवादार राजेन्द्र सिंह सिख रहेका छन् भने गुरुद्वाराको रेखदेख हरपाल सिंह सरदारले गरी रहेका छन् । त्यस्तै बनकटवाको गुरुद्वाराको अध्यक्ष भई बाबु सिंह सरदार कार्य गर्दै आउनु भएको छ । सन्त मनजीत सिंह खालसा नेपालगन्ज–७ मा रानी तलाउ परिक्षेत्रमा रहेको श्रीचन्द्र कठमहलको पनि जिर्णाेद्धार गर्ने लक्ष्य राख्नु भएको छ । राती तलाउस्थित कठमहल मन्दिरमा सिख समुदायका प्रथम गुरु श्री गुरुनानक देवजी महाराजको छोरा श्रीचन्द्र भगवानको मन्दिर छ । कथन अनुसार यस कठमहल मन्दिरमा श्री गुरुनानक देवजीको भ्रमण भएको थियो । यस मन्दिरमा आज पनि गुरुनानक देव महाराजको चरण पादुका सुरक्षित छ । सन्त मनजीत सिंह खालसा काठमाडौंमा गुरुनानक देवजी महाराजको नामले ३०० सैयाको अस्पताल निर्माण गर्ने तयारीमा रहनु भएको छ यसको लागि केही दिन अघि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग अस्पताल निर्माण सम्बन्धमा परामर्श गर्नु भएको छ । सन्त मनजीत सिंह खालसाको जन्म भारतको पंजाब राज्यमा भएको थियो ।

तर विगत लामो समयदेखि उहाँ अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आउनु भएको छ । उहाँको सेवा कार्य अमेरिका, भारत, कनाडा, नेपाल लगायत कैयन देशमा चली रहेको छ । १७ फरवरीको दिन उहाँको सिक्खनपुर्वाको स्कूल र गुरुद्वारा उद्घाटन गर्ने तयारी थियो तर कोरोना संक्रमणको कारण उहाँ आउन सक्नु भएन । शनिवार दिन यस पत्रिकाले सन्त मनजीत सिंहसँग भिडियो कन्फ्रेन्सिंग गरी स्कूल र गुरुद्वाराको संचालन र हिन्दु(सिख एकतामाथि विस्तृत कुराकानी गरेको थियो । यस क्रममा सन्त मनजीत सिंहले जानकारी गराउँदै भन्नुभयो, तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले महारानी जिन्द कौरको जुन प्रकारले सहयोग गर्नु भयो यसप्रति सम्पूर्ण सिख समुदाय नेपालप्रति कृतज्ञ छ । सो सहयोगलाई हामीहरु कहिल्यै बिर्सन सक्दैनौं । यही कारण हो हामी नेपालम विभिन्न सेवा कार्य गर्ने प्रयासमा लागेका छौं । काठमाडौंमा ३ सय सैयाको अस्पताल निर्माण गर्ने कुरामा सरकारसँग छलफल चली रहेको छ यो कार्य पनि अघि बढाउनेछौं त्यस्तै सिक्खनपुर्वाको गुरुद्वारा र स्कूल कोरोनाको संक्रमण घट्दै नै संचालनमा ल्याउनेछौं । वैशाख, जेष्ठ महिनामा यो संचालनमा आउने जानकारी गराउनुभयो । जानकारी गराउने क्रममा उहाँले नेपालगन्ज–७ रानीतलाउ स्थित श्री चन्द्र कठमहलमा पनिविभिन्न निर्माण कार्य गर्ने सोच राखेका छौं हिन्दु साधु सन्त महत्माहरुसँग परामर्श गरि यो कार्य पनि सम्पन्न गर्ने हाम्रो लक्ष्य रहेको बताउनुभयो ।
सिक्खनपुर्वामा गुरुद्वारा र स्कूल निर्माण कार्य करीब ७५ प्रतिशत पुरा भई सकेको छ यस स्कूलमा सबै धर्मावलम्बीका बालबालिका पढ्न पाउनेछन् सोको खर्च महारानी जिन्द कौर सेवा सोसाइटी अमेरिकाले वहन गर्ने समेत जानकारी यस पत्रिकालाई गराइएको छ तर गुरुद्वारा र स्कूल सञ्चालन हुन नपाउँदै त्यहाँ स्कूल र विद्यालयको व्यवस्थापन गर्ने कुराबीच आपसी तिव्र विवाद चलेको छ । यसको कारण छ केही राजनीतिक दलका कार्यकर्ता सन्त खालसा जीसँग नगद मोटो रकम असुली गर्न खोजेका छन् जसको कारण गुरुद्वारा र स्कूल संचालनमा बाधा अवरोध पैदा भएको छ ।


