Wednesday, September 16सत्यम खबर
Shadow

धार्मिक

नेपाल–भारतका पत्रकार बीच नेपालगन्जमा आयोजित ऐतिहासिक जमघटबाट सीमानाकामा विद्यमान समस्या माथि बृहत छलफल : अगामी कार्यक्रम बहराईचमा भई सबै समस्याको हल खोजिने

नेपाल–भारतका पत्रकार बीच नेपालगन्जमा आयोजित ऐतिहासिक जमघटबाट सीमानाकामा विद्यमान समस्या माथि बृहत छलफल : अगामी कार्यक्रम बहराईचमा भई सबै समस्याको हल खोजिने

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ चैत्र – नेपाल–भारतका पत्रकार बीच नेपालगन्जमा आयोजित ऐतिहासिक जमघटबाट सीमानाका लगायतको समस्या माथि बृहत छलफल भई अगामी कार्यक्रम भारतको बहराईच जिल्लामा हुने गरी सबै समस्याको हल खोजिने सहमति भएको छ । शनिबार मधेश मिडिया मिसन नेपाल बाँकेले आयोजना गरेको होली मिलन कार्यक्रम र सीमानाका सम्बन्धमा मिडियाकर्मीको भूमिका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै भारतीय पत्रकार अजय मिश्राले – नेपाल भारत बीचको सम्बन्ध धेरै नै प्राचीन छ । यसलाई अझ प्रगाढ बनाउनु जरुरी छ । नेपाल भारत बीच सीमा छ तर सम्बन्ध दुबै देशबीच अटुट छ । राजनीतिमा एकता नभए पनि जनतामा एकता छ । आफू नेपालको सौन्दर्यता अवलोकन गर्न सधंै यहाँ आउने गर्छु भने । त्यस्तै पत्रकार राजिब शर्माले –हाम्रो धर्म, संस्कृति र सभ्यता एक छ, यसको संरक्षण सम्बद्र्धन दुबै देशका जनताले मिलेर गर्नु जरुरी छ । उनले बादल वन के वरस...
निलसागर आश्रमले पितृमुक्तिका लागि महायज्ञ आयोजना गर्ने

निलसागर आश्रमले पितृमुक्तिका लागि महायज्ञ आयोजना गर्ने

CoVid19, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ चैत्र – मानव सेवामा समर्पित निलसागर आश्रमले कोभिड–१९ का बेला मृतकहरुको लागि पितृमुक्ति महायज्ञको आयोजना गर्ने भएको छ ।नेपालगन्जको रामलिला मैदानमा आयोजना गरिने उक्त महायज्ञ निलसागर सेवा आश्रमलाई सुविधा सम्पन्न कैलाश भवन निर्माण गर्ने उद्देश्यले धार्मिक महामहोत्सव एवम् कोभिड पितृमुक्ति, श्रीमद्भागवत, धनबृर्दि, ज्ञानविज्ञान महायज्ञको आयोजना हुने आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निलसागरद्वारा जनाईएको छ । नेपालगन्ज बुलबुलिया स्थिति निलसागर सेवा आश्रमको कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञ यही चैत २७ गतेदेखि २०७९ बैशाख ४ गतेसम्म विशेष समारोह आयोजना हुने ह“ुदा सम्पूर्णलाई सहभागी भई कथा श्रावण गरिदिनु हुन आश्रम संस्थापक सञ्चालक सरिता खनालले आग्रह गर्नुभयो । महायज्ञले विशेष गरी कोभिड–१९ बाट मृतकको परिवारका लागि पितृमुक्ति १ हजार ८ कोटि होवन गरी विशेष पुजा ग...
नेपाल–भारत मित्रताकाे प्रतिक : बनारसमा पशुपतिनाथ महादेव मन्दिर

नेपाल–भारत मित्रताकाे प्रतिक : बनारसमा पशुपतिनाथ महादेव मन्दिर

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १६ चैत्र –नेपाल र भारतबीच एकताको प्रतिक रहेको पवित्र शहर बनारसमा अवस्थित श्री साम्राज्येश्वर पशुपतिनाथ मन्दिरले हरेक वर्ष कैयौँ श्रद्धालू र पर्यटकलाई आकर्षित गर्दै आएको छ ।विश्वको सबैभन्दा पुराना शहरमध्ये एक बनारस हिन्दू धर्मावलम्बीका लागि अत्यन्त महत्वपूर्ण तीर्थस्थल पनि हो । काशी–विश्वनाथ मन्दिर परिसरमा निर्मित करिडोर गत डिसेम्बर महिनामा खुला गरिएको थियो । त्यसयता त्यहाँ पर्यटकको आगमन बढेको छ ।काशी विश्वनाथ परियोजनाको पहिलो चरण उद्घाटन भएसँगै अब त्यहाँ श्रद्धालू आउने संख्या पनि बढेको छ भने यस परिसर अझ व्यवस्थित भएको छ । यो परियोजनाले श्री साम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिरसहित धेरै धार्मिकस्थललाई फाइदा पुगेको छ । नेपाली मन्दिर र मिनी खजुरा हो भनेर चिनिने यो शिव मन्दिरको धेरै ठूलो धार्मिक महत्व छ । १९ औं शताब्दीमा नेपालका राजाद्वारा निर्मित यो मन्दिर काठमाडौँमा रहेको...
‘‘राजतिलकको गर तयारी आइ सकेका छन् भगवाधारी’’

‘‘राजतिलकको गर तयारी आइ सकेका छन् भगवाधारी’’

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ चैत्र - "राजतिलकको गर तयारी आई सकेका छन् भगवाधारी" नारा सहित ५८औं महामूर्ख सम्मेलन प्रसिद्ध हिन्दुवादी नेता दिवाकर खनालको अध्यक्षतामा सम्पन्न भएको छ । नेपालगन्जमा महामूर्ख सम्मेलनको आयोजन गर्ने परम्परा धेरै नै पुरानो छ । फागू पूर्णिमा होली पर्वको अवसरमा त्रिभुवन चोक पूर्व लाईन वडा नं. ८ मा यो महामूर्ख सम्मेलन कार्यक्रम हुँदै आएको छ । गत वर्ष २०७७ सालमा यसको अध्यक्षता नेपालगन्ज उद्योग वाणिज्य संघका नि. अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा सम्पन्न गरिएको थियो । यस वर्ष ५८औं महामूर्ख सम्मेलन आयोजन समितिको बसेको बैठकले छलफल गरि अध्यक्ष चयनको लागि पहिले नेगउवा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाको अध्यक्षतामा कार्यक्रमको आयोजन गर्ने निर्णय गरेको थियो तर मन्सुरीले यो सम्मान ग्रहण गर्न इच्छा नजनाएपछि संघका आदेशकुमार अग्रवालको नाम अघि सारिएको थियो । तर अग्रवालले पनि सम्मान ...
हाेलिमिलन तथा जेष्ठ नागरिक सम्मान सम्पन्न

हाेलिमिलन तथा जेष्ठ नागरिक सम्मान सम्पन्न

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ चैत्र - बाँके जिल्लाको सुर्जी गाउँमा रहेको जन कल्याण युवा क्लबको आयोजनामा चैत्र ५ गते शनिवार होलीमिलन समारोह तथा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१९ का वडाध्यक्ष परसराम कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको होली मिलन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा शिवसेना नेपालका केन्द्रिय अध्यक्ष राजकुमार रौनियार, नन्दकिशोर गुप्ता, ललितकुमार रौनियार, दिवाकर खनाल, रमारानी बैश्य, मनकामना ईट्टा उद्योगका विजयकुमार जायसवाल, राप्रपा १९ नं. बसुदेवपुरका अध्यक्ष धनराज काँदूलगायतले होलीको शुभकामना दिदैं होलीको महत्व बारेमा चर्चा गर्नुका साथै जन कल्याण युवा क्लबले गरेको कार्यको सह्राना गर्दै उत्तोरत्तर प्रगतिको कामना व्यक्त गरेका थिए । सो अवसरमा स्थानीय सुर्जीगाउँका २० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा श्याम मनोहर कलवार, प्य...
महिला अधिकार र उनको दायित्व राष्टव्यापी अभियान शुरू

महिला अधिकार र उनको दायित्व राष्टव्यापी अभियान शुरू

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईनेपालगन्ज, २१ फागुन - इस्लामी संघ नेपालले प्रेस काउन्सिल मार्फत महिला अधिकार र उनको दायित्व राष्ट्रब्यापी अभियान फागुन २० गतेदेखि २६ गतेसम्म चलाउने इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश सचिव बद्रे आलम खाले जानकारी गराउनु भएको छ । कार्यक्रममा जानकरी गराउँदै आलम खाले संस्थाको बारेमा ईस्लामी संघ नेपाल एउटा धार्मिक तथा सामाजिक संस्था हो, जसले विगत ३७ बर्षदेखि आफ्नो धार्मिक सचेतना तथा अन्तरधार्मिक सौहार्द र वातावरणका साथ मुसलमानहरूको धार्मिक, सामाजिक, शैक्षिक उन्नतिको लागि आफ्नो दायित्व निर्वाह गर्दै आएको छ । हाल इस्लामी संघ नेपालले मुस्लिम समुदायमा मात्र नभई देशका अन्य दाजुभाइलाई पनि महिलाको हक-अधिकार सम्बन्धी इस्लामको शिक्षाका बारेमा सचेत गराउनु पर्ने अवश्यकता महसुस गरेको छ । यी कुराहरुलाई ध्यानमा राखी यही मिति २०७८ साल फागुन २०-२६ गतेसम्म तदनुरूप २०२२ मार्च ४-१० सम्म देशव्यापी...
प्राचीन हिन्दु शम्शान भूमिमा महाकाल मन्दिर निर्माणका लागि सबै लागौं

प्राचीन हिन्दु शम्शान भूमिमा महाकाल मन्दिर निर्माणका लागि सबै लागौं

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ फागुन – २०७९ सालमा हुने स्थानीय निर्वाचनबाट विभिन्न पदका उम्मेदवार बन्ने इच्छुक उम्मेदवारले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ बुलबुलिया गाउँ नजिक स्थापित रहेको प्राचीन हिन्दु शम्शान भूमिमा दशकौं अघि महाकाल मन्दिर निर्माण गर्ने परियोजनका लागि हालिएको जगमा महाकाल मन्दिर बनाउन ईच्छुक कोही छ, जसले यहाँ आफू विजयी भए यहाँ महाकाल मन्दिर बनाई दिनेछु यो कुरा आफ्नो चुनावी घोषणा पत्रबाट सार्वजनिक गर्न सकोस । यस हिन्दु शम्शान भूमिको पूर्व–दक्षिण भागमा करिब ४० वर्ष अघि विजय बाल्मिकी नामका भंगी बाबाले महाकाल मन्दिर निर्माण गर्नका लागि नगरबाट चन्दा संकलन गरी जग हालेका थिए । तर हिन्दु शम्शान भूमि समितिको असक्षमताको कारण यो महाकाल मन्दिर आजसम्म निर्माण गर्न सकिएको छैन् । मन्दिर निर्माणका लागि पिलरसहितको बलियो जग छ । यसको माथि छाना हालेर भगवान महाकाल मन्दिर निर्माण गर्न सकिन्छ ।...
लागु पदार्थ दुव्र्यसन विरुद्ध केन्द्रीत महाशिवरात्री पर्व सम्पन्न

लागु पदार्थ दुव्र्यसन विरुद्ध केन्द्रीत महाशिवरात्री पर्व सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ फागुन – ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय नेपालगन्जद्वारा मंगलवार महाशिवरात्री शिवध्वजारोहण तथा स्नेह मिलन समारोहको आयोजना गरिएको छ ।ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्दका उपाध्यक्ष तथा क्षेत्रीय संयोजक ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षता पूर्व सूचना तथा सञ्चार मन्त्री शिवराज जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्षेत्रीय कार्यालय नेपालगन्जका ब्रह्माकुमार कुष्णाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय नेपालगन्जकी ब्रह्माकुमारी मुनाद्वारा सञ्चालित कार्यक्रममा विशिष्ट अतिथि पूर्व पर्यटन तथा सँस्कृति राज्यमन्त्री बल बहादुर महत, विशिष्ट अतिथि जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी, नेपालगन्ज उपमह...
महाशिवरात्री पर्व भोलि मंगलवार मनाइने

महाशिवरात्री पर्व भोलि मंगलवार मनाइने

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– रमेश चन्द्र कुमालनेपालगन्ज, १६ फागुन – हिन्दुहरुको महान पर्व महाशिवरात्री भोलि मंगलवार भगवान शिवको पूजाआराधना गरि मनाइने भएको छ । महाशिवरात्री अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिव र माता पार्वतीसँग सम्बन्धित प्रमुख पर्व हो ।शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपव...
विविध कार्यक्रमका साथ बाँकेमा ८६ औं महाशिवरात्री महोत्सव हुँदै

विविध कार्यक्रमका साथ बाँकेमा ८६ औं महाशिवरात्री महोत्सव हुँदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० फागुन - ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय नेपालगन्ज, बाँकेद्वारा फाल्गुन १० गते मंगलवार पत्रकार सम्मेलनको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा मूल्यनिष्ठ समाजको स्थापनार्थ आध्यात्मिक सेवामा समर्पित ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्दका १४८ भन्दा बढी राष्ट्रमा सञ्चालित करीब ८ हजार ५ सय सेवा केन्द्र, उप सेवाहरुले फाल्गुन १७ गते मंगलवार महाशिवरात्रीको पावन पर्वलाई विविध कार्यक्रमहरुद्वारा “परमात्मा शिव अवतरणको ८६ औं महाशिवरात्री महोत्सव” को रुपमा मनाउँदैछ । सो पर्वको अवसरमा नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जले सप्ताह व्यापी कार्यक्रमको आयोजना गरी मनाइरहेको छ । उनै विश्व कल्याणकारी, मुक्तिदाता, भव–भयहारी, संकटमोचन, दुःख निवारक, ज्योति स्वरुप परमपिता परमात्मा शिवको स्मृतिको पावन पर्वमा आयोज...