
खजुरा, २ माघ – खजुरा गाउँपालिका वडा नं. ४ स्थित सुरदास आश्रम शिव पार्वती मन्दिर परिसरमा माघी पर्वको अवसर पारेर कल्पबृक्ष रोपिएको नेकपा (एमाले) बाँकेका नेता सतिश निरौलाले जानकारी दिनुभयो ।
नेता निरौलाको आग्रहमा खजुरा -४ स्थित शिवपार्वती मन्दिर परिसरमा रोप्नका लागि कल्पबृक्ष सहित खजुरा पुगेका हरित अभियन्ता हेमन्तराज काफ्लेले यो अत्यन्तै ठुलो धार्मिक महत्त्व बोकेको बिरुवाको ठुलो महत्त्व रहेको बताउनुभयो । धार्मिक विधि र अनुष्ठान पण्डित बोधराज प्याकुरेलबाट गराएर मन्दिर परिसरमा उक्त वृक्ष रोपिएको थियो ।
पुराणहरुमा समेत यो बिरुवाको बिषयमा उल्लेख भएको र समुन्द्र मन्थन गर्दा निस्किएका १४ रत्न मध्य एउटा महत्त्वपूर्ण रत्न कलप्बृक्ष भएको पण्डित प्याकुरेल ले बताउनुभयो । स्वर्गका राजा इन्द्रलाई यो रत्न प्राप्त भै स्वर्ग लिएर गएपछि एउटा बिरुवा हिमालय पर्वतको नजिकै रोपिएको वर्णनले पनि यो पौराणिक कालमा नेपाल मै भएको हुनुपर्ने उहाँको भनाइ छ ।
यो बिरुवा आफुलाई जर्मनीबाट यसको बिउ उपहार प्राप्त भएपछि आफैंले उमारेर तयार गरेको र अहिलेसम्म स्वर्गद्वारी प्युठान, छायांक्षेत्र सल्यान, हनुमानगढी नेपालगन्ज लगायतका धार्मिक स्थलमा रोपिएको र आज २१ औं बिरुवा खजुरा स्थित सुरदास आश्रम मा रोपिएको हरित अभियन्ता हेमन्तराज काफ्लेले बताउनु भयो ।
जन्मदिन लगायतका अवसरमा बिशेष गरि सितलचिनी (मोरिङ्गा) विभिन्न ब्यक्ति हरु लाई उपहार दिंदै लामो समयदेखि हरित अभियानमा कृयासिल हेमन्तराज काफ्ले प्रकृति संरक्षणको अभियानमा नेपाल कै एक सक्रिय र चर्चित युवा अभितन्ता हुन् । जसले अहिलेसम्म पुर्वराजा ज्ञानेन्द्र शाह, रास्ट्रपति बिधादेवी भन्डारीदेखि सर्वसाधारण नागरिकहरुलाई हजारौं बिरुवा उपहार स्वरूप दिएका छन् ।
